Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

अमेरिकाद्वारा भेनेजुएलाको तटमा फेरि तेल ट्याङ्कर जफत

खबरडबली संवाददाता

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’ को संज्ञा दिएको छ ।

दुई हप्ताभित्र दोस्रो पटक अमेरिकी सेनाले यस क्षेत्रमा तेल ट्याङ्कर रोकेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने ‘प्रतिबन्धित तेल जहाजहरू’ अवरुद्ध गर्ने घोषणा गरेपछि यो घटना भएको हो ।

अमेरिकी गृहमन्त्री क्रिस्टी नोमले एक्समार्फत जानकारी दिँदै डिसेम्बर २० को बिहान अमेरिकी तटरक्षकले रक्षा मन्त्रालयको सहयोगमा भेनेजुएलामा अन्तिम पटक डक गरिएको तेल ट्याङ्कर नियन्त्रणमा लिएको बताए । सो पोस्टसँगै सार्वजनिक गरिएको भिडियोमा हेलिकप्टर समुद्रमा रहेको ठूलो ट्याङ्करमाथि उडिरहेको दृश्य देखाइएको थियो ।

काराकासले यस घटनाको कडा निन्दा गर्दै यसलाई गम्भीर अन्तर्राष्ट्रिय अपराध भनेको छ र जिम्मेवार व्यक्तिहरूले न्याय र इतिहासको सामना गर्नुपर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयका अनुसार ‘सेन्चुरी’ नामक उक्त जहाजले अमेरिकी प्रतिबन्धअन्तर्गत पर्ने तेल बोकेको आशङ्का गरिएको छ । ट्याङ्करट्र्याकरका अनुसार यो चिनियाँ स्वामित्वको, पानामाको झण्डा बोकेको तेल ट्याङ्कर हो ।

उक्त ट्याङ्करले यस महिनाको सुरुमा भेनेजुएलाको बन्दरगाहबाट करिब १८ लाख ब्यारेल कच्चा तेल लोड गरी डिसेम्बर १८ मा विशेष आर्थिक क्षेत्रबाट बाहिरिएको बताइएको छ । यद्यपि एएफपीको समीक्षाअनुसार उक्त जहाज अमेरिकी अर्थ मन्त्रालयको स्वीकृत सूचीमा प्रत्यक्ष रूपमा समावेश देखिँदैन ।

ह्वाइट हाउसकी उप प्रवक्ता अन्ना केलीले ट्याङ्करमा भेनेजुएलाको राज्य तेल कम्पनी पिडिभिएसएको स्वीकृत तेल रहेको दाबी गर्दै यसलाई ‘स्याडो फ्लीट’ अन्तर्गत झुटो झण्डा प्रयोग गरी सञ्चालन गरिएको जहाज बताएको छ ।

यसअघि डिसेम्बर १० मा पनि अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै अर्को ठूलो ट्याङ्कर जफत गरेको थियो । उक्त ट्याङ्कर भेनेजुएलाबाट इरानतर्फ प्रतिबन्धित तेल ढुवानीमा संलग्न रहेको बताइएको थियो ।

संयुक्त राज्य अमेरिकाले लागुऔषध तस्करी नियन्त्रणका नाममा क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी बढाउँदै आएको छ तर भेनेजुएलाले यसलाई विशेष रूपमा आफूलाई लक्षित अभियानको रूपमा हेरेको छ । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले राज्य टेलिभिजनमार्फत ‘हामी झूट, हेरफेर, हस्तक्षेप र सैन्य धम्कीविरुद्ध लडिरहेका छौँ, यसले हामीलाई डराउने छैन’ भन्दै प्रतिवाद गरेको छ ।

विदेशमन्त्री यवन गिलले इरानले अमेरिकी ‘समुद्री डकैती र अन्तर्राष्ट्रिय आतङ्कवाद’ विरुद्ध भेनेजुएलालाई सबै क्षेत्रमा समर्थन गर्न तयार रहेको जानकारी दिएको छ । हाल क्यारिबियन क्षेत्रमा ११ अमेरिकी युद्धपोत तैनाथ छन्, जसमा विश्वकै ठूलो विमानवाहक जहाजसमेत समावेश छ ।

काराकासले यस अभियानलाई राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने र भेनेजुएलाको तेल ‘चोर्ने’ प्रयासको रूपमा व्याख्या गरेको छ । यसैबीच, दक्षिण अमेरिकी मर्कोसुर शिखर सम्मेलनका क्रममा पनि भेनेजुएला मुद्दाले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक बहसलाई थप चर्काएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending