Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

अमेरिकाद्वारा भेनेजुएलाको तटमा फेरि तेल ट्याङ्कर जफत

खबरडबली संवाददाता

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’ को संज्ञा दिएको छ ।

दुई हप्ताभित्र दोस्रो पटक अमेरिकी सेनाले यस क्षेत्रमा तेल ट्याङ्कर रोकेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने ‘प्रतिबन्धित तेल जहाजहरू’ अवरुद्ध गर्ने घोषणा गरेपछि यो घटना भएको हो ।

अमेरिकी गृहमन्त्री क्रिस्टी नोमले एक्समार्फत जानकारी दिँदै डिसेम्बर २० को बिहान अमेरिकी तटरक्षकले रक्षा मन्त्रालयको सहयोगमा भेनेजुएलामा अन्तिम पटक डक गरिएको तेल ट्याङ्कर नियन्त्रणमा लिएको बताए । सो पोस्टसँगै सार्वजनिक गरिएको भिडियोमा हेलिकप्टर समुद्रमा रहेको ठूलो ट्याङ्करमाथि उडिरहेको दृश्य देखाइएको थियो ।

काराकासले यस घटनाको कडा निन्दा गर्दै यसलाई गम्भीर अन्तर्राष्ट्रिय अपराध भनेको छ र जिम्मेवार व्यक्तिहरूले न्याय र इतिहासको सामना गर्नुपर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयका अनुसार ‘सेन्चुरी’ नामक उक्त जहाजले अमेरिकी प्रतिबन्धअन्तर्गत पर्ने तेल बोकेको आशङ्का गरिएको छ । ट्याङ्करट्र्याकरका अनुसार यो चिनियाँ स्वामित्वको, पानामाको झण्डा बोकेको तेल ट्याङ्कर हो ।

उक्त ट्याङ्करले यस महिनाको सुरुमा भेनेजुएलाको बन्दरगाहबाट करिब १८ लाख ब्यारेल कच्चा तेल लोड गरी डिसेम्बर १८ मा विशेष आर्थिक क्षेत्रबाट बाहिरिएको बताइएको छ । यद्यपि एएफपीको समीक्षाअनुसार उक्त जहाज अमेरिकी अर्थ मन्त्रालयको स्वीकृत सूचीमा प्रत्यक्ष रूपमा समावेश देखिँदैन ।

ह्वाइट हाउसकी उप प्रवक्ता अन्ना केलीले ट्याङ्करमा भेनेजुएलाको राज्य तेल कम्पनी पिडिभिएसएको स्वीकृत तेल रहेको दाबी गर्दै यसलाई ‘स्याडो फ्लीट’ अन्तर्गत झुटो झण्डा प्रयोग गरी सञ्चालन गरिएको जहाज बताएको छ ।

यसअघि डिसेम्बर १० मा पनि अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै अर्को ठूलो ट्याङ्कर जफत गरेको थियो । उक्त ट्याङ्कर भेनेजुएलाबाट इरानतर्फ प्रतिबन्धित तेल ढुवानीमा संलग्न रहेको बताइएको थियो ।

संयुक्त राज्य अमेरिकाले लागुऔषध तस्करी नियन्त्रणका नाममा क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी बढाउँदै आएको छ तर भेनेजुएलाले यसलाई विशेष रूपमा आफूलाई लक्षित अभियानको रूपमा हेरेको छ । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले राज्य टेलिभिजनमार्फत ‘हामी झूट, हेरफेर, हस्तक्षेप र सैन्य धम्कीविरुद्ध लडिरहेका छौँ, यसले हामीलाई डराउने छैन’ भन्दै प्रतिवाद गरेको छ ।

विदेशमन्त्री यवन गिलले इरानले अमेरिकी ‘समुद्री डकैती र अन्तर्राष्ट्रिय आतङ्कवाद’ विरुद्ध भेनेजुएलालाई सबै क्षेत्रमा समर्थन गर्न तयार रहेको जानकारी दिएको छ । हाल क्यारिबियन क्षेत्रमा ११ अमेरिकी युद्धपोत तैनाथ छन्, जसमा विश्वकै ठूलो विमानवाहक जहाजसमेत समावेश छ ।

काराकासले यस अभियानलाई राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने र भेनेजुएलाको तेल ‘चोर्ने’ प्रयासको रूपमा व्याख्या गरेको छ । यसैबीच, दक्षिण अमेरिकी मर्कोसुर शिखर सम्मेलनका क्रममा पनि भेनेजुएला मुद्दाले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक बहसलाई थप चर्काएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE