सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार, “प्रहरीले आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ। सो प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेष गरिएको हो। अब सरकारी वकिल कार्यालयले नै मुद्दा अघि बढाउनेछ।” उनले अनुसन्धान प्रतिवेदनको निष्कर्षबारे विस्तृत जानकारी भने सार्वजनिक गरेका छैनन्।
डिएसपी बुढथापाका अनुसार, घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेका छन् र केही बाँकी छन्। “अब दुईवटा रिपोर्ट आउन बाँकी छ। बाँकी रिपोर्टहरू अदालतमा मुद्दा चल्दा पनि पेस गर्न सकिने भएकाले प्रतिवेदन पेष गरिएको हो।”
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी०को टोलीले पनि घटनाको छानबिन गरी आइतबार काठमाडौं फर्किएको छ।
इनिसा विक, जो गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी र हाल वीरेन्द्रनगर–१ बस्दै आएकी थिइन्, फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। उनी सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४, सहिद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्। प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
सोही दिन प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय युवकलाई नियन्त्रणमा लिएको थियो। उनका बयानका आधारमा थप तीन जनालाई २४ गते नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो। पीडित परिवारले चारै जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या गरेको दाबी गर्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको मुद्दामा किटानी जाहेरी दिएका थिए।
प्रहरी प्रतिवेदनले चारै जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धानमा २४ गते पक्राउ परेका तीन युवक घटना स्थलमा साथीलाई सहयोग गर्न पुगेको तर घटनामा प्रत्यक्ष संलग्न नभएको देखिएको छ। तथापि, उनीहरूले प्रहरीलाई समयमै खबर नगरेको र अन्यलाई ढिला जानकारी दिएको पाइएपछि लापरबाहीको आधारमा उनीहरूविरुद्ध पनि मुद्दा चलाइनेछ।
घटना भएको १९ दिनसम्म इनिसाको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ। पीडित परिवारले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: