काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्।
भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयानमा दाहालले पार्टीसँग सम्बन्धित कोही व्यक्ति हिंसामा संलग्न रहेको प्रमाणित भए कानुनअनुसार कारबाही गर्न तयार रहेको उल्लेख गरेका छन्।
उनले भदौ २४ गते सिंहदरबार, शीतल निवास, संसद भवन, सर्वोच्च अदालत लगायत विभिन्न सरकारी तथा निजी संरचनामा भएको तोडफोड, आगजनी र लुटपाट केवल सरकारविरुद्धको आक्रोश मात्र नभई व्यवस्था माथि नै प्रहार गर्ने नियोजित प्रयास भएको धारणा व्यक्त गरेका छन्।
दाहालका अनुसार उनले भदौ २३ गते भएको दमनको भर्त्सना गर्दै सहादत प्राप्त प्रदर्शनकारीलाई सहिद घोषणा गर्न र अवस्था साम्य बनाउन सार्वजनिक अपिल गरेका थिए। साथै, भोलिपल्ट सर्वदलीय बैठक आह्वान गरिएको र आफू भदौ २४ गते बिहान सिंहदरबारमा आयोजित उक्त बैठकमा सहभागी भएको बताएका छन्।
उनले परिस्थिती जटिल बन्दै गएपछि अपराह्नदेखि सुरक्षा निकायको संरक्षणमा बसेको जानकारी दिएका छन्। दाहालका अनुसार आन्दोलनको पृष्ठभूमि सरकारको कार्यशैलीप्रति बढ्दो जनअसन्तुष्टि र आक्रोश हो, जसमा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध तत्कालीन कारण बनेको देखिन्छ।
उनले बयानमा भदौ २३ गते आन्दोलन युवाहरूको आक्रोशका रूपमा देखिएको र २४ गते त्यसको स्वरूप परिवर्तन भई गलत तत्त्वहरूले उपयोग गरेको उल्लेख गरेका छन्।
दाहालले भदौ २४ गते काठमाडौंस्थित आफू बस्दै आएको भाडाको निवास तथा चितवनस्थित घरमा तोडफोड, आगजनी र लुटपाट भएको पनि बताएका छन्।
साथै, छोरी गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार रहेको स्पष्ट पार्दै उनले भनेका छन्, “न त त्यस्तो नगद भेटिएको छ, न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौं।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १७:१९
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...
श्रावण २७ गते, २०८३ - १७:१०
सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...
श्रावण २७ गते, २०८३ - १७:०७
मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...
श्रावण २७ गते, २०८३ - १६:५९
काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...
श्रावण २७ गते, २०८३ - १६:४८
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...
श्रावण २७ गते, २०८३ - १६:३९
काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...
श्रावण २७ गते, २०८३ - १६:२३
काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...
श्रावण २७ गते, २०८३ - १५:४६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...
श्रावण २७ गते, २०८३ - १५:३१
काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...
श्रावण २७ गते, २०८३ - १५:२८
सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...



प्रतिकृया लेख्नुहोस्: