काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेकी छन्।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा बोल्दै सांसद बिसीले उक्त आग्रह गरेकी हुन्।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो।
सांसद बिसीले स्वकीय सचिवको पद खारेजको सन्दर्भमा अर्थ मन्त्रालयले कानुन मन्त्रालयलाई र कानुन मन्त्रालयले अर्थ मन्त्रालयलाई दोष देखाउने गरेको बताइन्। एकअर्कालाई देखाउन छाडेर सांसदका स्वकीय सचिवको पद यथावत् राख्ने निर्णय गर्न उनले सरकारसँग आग्रह गरिन्।
उनले भनिन्, “विकसित देशको जस्तो नभए पनि हाम्रो देशले धान्ने र धान्दै आएको व्यवस्था हो। सांसदले पाएको एउटा स्वकीय सचिवको सुविधा कटौती गरेर के उपलब्धि भयो ? एकले अर्कोलाई देखाउने होइन। हाम्रो आवश्यकताअनुसार पुन: निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ।”
जेनजी आन्दोलनपछि गठन भएको वर्तमान अन्तरिम सरकारले संघीय संसद् तथा सातै प्रदेश सभाका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको हो। खर्च कटौतीको नाममा गरिएको उक्त निर्णयप्रति सांसदहरू सुरुदेखि नै असन्तुष्ट देखिँदै आएका छन्।
संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा रहेका छन्। राष्ट्रिय सभामा ५९ र प्रतिनिधि सभामा २७५ सदस्य छन्। दुवै सभाका गरी ३३४ संघीय सांसद छन्। त्यसैगरी सातै प्रदेश सभामा गरी ५५० सांसद रहेका छन्।
यसरी संघ र प्रदेश गरी कुल ८८४ सांसद छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: