Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

स्वकीय सचिवको पद खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न एमाले सांसदको माग

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेकी छन्।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा बोल्दै सांसद बिसीले उक्त आग्रह गरेकी हुन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो।

सांसद बिसीले स्वकीय सचिवको पद खारेजको सन्दर्भमा अर्थ मन्त्रालयले कानुन मन्त्रालयलाई र कानुन मन्त्रालयले अर्थ मन्त्रालयलाई दोष देखाउने गरेको बताइन्। एकअर्कालाई देखाउन छाडेर सांसदका स्वकीय सचिवको पद यथावत् राख्ने निर्णय गर्न उनले सरकारसँग आग्रह गरिन्।

उनले भनिन्, “विकसित देशको जस्तो नभए पनि हाम्रो देशले धान्ने र धान्दै आएको व्यवस्था हो। सांसदले पाएको एउटा स्वकीय सचिवको सुविधा कटौती गरेर के उपलब्धि भयो ? एकले अर्कोलाई देखाउने होइन। हाम्रो आवश्यकताअनुसार पुन: निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ।”

जेनजी आन्दोलनपछि गठन भएको वर्तमान अन्तरिम सरकारले संघीय संसद् तथा सातै प्रदेश सभाका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको हो। खर्च कटौतीको नाममा गरिएको उक्त निर्णयप्रति सांसदहरू सुरुदेखि नै असन्तुष्ट देखिँदै आएका छन्।

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा रहेका छन्। राष्ट्रिय सभामा ५९ र प्रतिनिधि सभामा २७५ सदस्य छन्। दुवै सभाका गरी ३३४ संघीय सांसद छन्। त्यसैगरी सातै प्रदेश सभामा गरी ५५० सांसद रहेका छन्।

यसरी संघ र प्रदेश गरी कुल ८८४ सांसद छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नौ महिनापछि उज्यालो बने हिमालीका अँध्यारा बस्ती

बाजुरा। विगत नौ महिनादेखि अन्धकारमा रहेका हिमाली गाउँपालिकाका दुर्गम बस्तीहरूमा पुन: बत्ती बलेपछि स्थानीयवासी खुसी भएका छन्। गत साउन २८ गते राति विच्छ...

मुग्लिन–पोखरा सडक विस्तारपछि यात्रा सहज बन्दै

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा) मा कालोपत्रको काम अन्तिम चरणमा पुगेसँगै यात्रुहरूको यात्रा ...

हुम्लामा खाना पकाउने ग्यास अभाव

हुम्ला। हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ। सातवटै गाउँपालिका केन्द्रमा पहिले पाउने ग्यास हाल उपलब्ध नहुँदा स्थानीयवासीलाई समस्...

भेटेरिनरी अस्पताल सत्र महिनादेखि चिकित्सकविहीन

बैतडी । पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १७ महिनादेखि चिकित्सकविहीन हुँदा स्थानीय पशुपालक किसानलाई मर्का परेको छ । केन्द्रका ...

प्रचण्डको बयान: जेन-जी आन्दोलनको भावनालाई समर्थन, हिंसामा संलग्न छैनौं

काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्। भदौ...

रविको बयान: भदौ २४ को घटनामा रास्वपा संलग्न छैन, म भागेको होइन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आफ्नो पार्टी स...

कार्की आयोगको सिफारिस: प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीमाथि कारबाही प्रस्ताव

काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर...

सार्वजनिक यातायातको भाडा बढाउन सिफारिस, कहाँ कति बढ्दैछ भाडा ?

काठमाडौं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेक...

बालेनको बयान: आन्दोलनमा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...

जाँचबुझ आयोगको प्रतिवेदन: ‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका नखेलेको निष्कर्ष

काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: