संयुक्त राष्ट्र । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सुडानमा संयुक्त राष्ट्रको रसद केन्द्रमाथि गरिएको विस्फोटक आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । उक्त आक्रमणमा बङ्गलादेशका ६ जना शान्ति सैनिकको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए ।
शुक्रबार जारी गरिएको वक्तव्यमा सुरक्षा परिषद्का सदस्यहरूले दिवङ्गत शान्ति सैनिकका परिवारप्रति तथा बंगलादेश सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइते सैनिकहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ ।
गत शनिबार सुडानको दक्षिण कोर्डोफान प्रदेशअन्तर्गत काडुग्ली क्षेत्रमा उक्त आक्रमण भएको हो । परिषद्का सदस्यहरूले संयुक्त राष्ट्रको रसद केन्द्र र अबिएई क्षेत्रमा तैनाथ शान्ति सैनिकमाथि गरिएको योजनाबद्ध आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् । परिषद्को ठहरअनुसार यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ ।
सुरक्षा परिषद्ले शान्ति सैनिकलाई लक्षित गरी गरिएका सबै प्रकारका आक्रमण तथा उक्साहटको कडा भत्र्सना गर्दै दोषीलाई ढिलाइ नगरी कारबाही गर्न माग गरेको छ ।
परिषद्का सदस्यहरूले शान्ति सैनिकमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध मानिन सक्ने स्पष्ट पारेका छन् । साथै, घटनाको शीघ्र अनुसन्धान गर्न र सैनिक योगदान गर्ने देशलाई अनुसन्धानको प्रगतिबारे जानकारी गराउन संयुक्त राष्ट्रलाई आग्रह गरिएको छ ।
त्यसैगरी, परिषद्ले सुडान र दक्षिण सुडानका सम्बन्धित निकायलाई संयुक्त राष्ट्रका भवन, कर्मचारी तथा शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपाय अपनाउन आग्रह गरेको छ । विवादित अबिएई क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सुडान र दक्षिण सुडानबीच थप सहकार्य आवश्यक रहेकोमा परिषद्ले जोड दिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: