Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

सुडानमा संयुक्त राष्ट्रका शान्ति सैनिकमाथि भएको आक्रमणको सुरक्षा परिषद्द्वारा कडा निन्दा

खबरडबली संवाददाता

संयुक्त राष्ट्र । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सुडानमा संयुक्त राष्ट्रको रसद केन्द्रमाथि गरिएको विस्फोटक आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । उक्त आक्रमणमा बङ्गलादेशका ६ जना शान्ति सैनिकको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए ।

शुक्रबार जारी गरिएको वक्तव्यमा सुरक्षा परिषद्का सदस्यहरूले दिवङ्गत शान्ति सैनिकका परिवारप्रति तथा बंगलादेश सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइते सैनिकहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ ।

गत शनिबार सुडानको दक्षिण कोर्डोफान प्रदेशअन्तर्गत काडुग्ली क्षेत्रमा उक्त आक्रमण भएको हो । परिषद्का सदस्यहरूले संयुक्त राष्ट्रको रसद केन्द्र र अबिएई क्षेत्रमा तैनाथ शान्ति सैनिकमाथि गरिएको योजनाबद्ध आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् । परिषद्को ठहरअनुसार यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ ।

सुरक्षा परिषद्ले शान्ति सैनिकलाई लक्षित गरी गरिएका सबै प्रकारका आक्रमण तथा उक्साहटको कडा भत्र्सना गर्दै दोषीलाई ढिलाइ नगरी कारबाही गर्न माग गरेको छ ।

परिषद्का सदस्यहरूले शान्ति सैनिकमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध मानिन सक्ने स्पष्ट पारेका छन् । साथै, घटनाको शीघ्र अनुसन्धान गर्न र सैनिक योगदान गर्ने देशलाई अनुसन्धानको प्रगतिबारे जानकारी गराउन संयुक्त राष्ट्रलाई आग्रह गरिएको छ ।

त्यसैगरी, परिषद्ले सुडान र दक्षिण सुडानका सम्बन्धित निकायलाई संयुक्त राष्ट्रका भवन, कर्मचारी तथा शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपाय अपनाउन आग्रह गरेको छ । विवादित अबिएई क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सुडान र दक्षिण सुडानबीच थप सहकार्य आवश्यक रहेकोमा परिषद्ले जोड दिएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending