Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताए । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।

वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो । पाम्यारा युनेस्को सूचीमा सूचीकृत प्राचीन भग्नावशेषको लागि प्रसिद्ध छ र पहिले जिहादी लडाकूहरूको नियन्त्रणमा रहेको थियो । उक्त आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

यसको जवाफमा, अमेरिकी सेनाले ‘सिरियाका विभिन्न स्थानमा युद्धपोत, आक्रमण हेलिकोप्टर र तोपखानाको प्रयोग गरी ७० भन्दा बढी लक्ष्यमा हमला गरेको’ सेन्ट्रल कमाण्डले जनाएको छ । सेन्ट्रल कमाण्डका अनुसार, ‘सञ्चालनमा सयभन्दा बढी सटीक हतियार प्रयोग गरेर आतङ्कवादी पूर्वाधार र हतियार भण्डारमा लक्षित गरिएको’ थियो ।

राष्ट्रपतिले आफ्नै सामाजिक सञ्जालमा लेखे, “अमेरिका जिम्मेवार आतङ्ककारीहरूमा गम्भीर प्रतिशोध गरिरहेको छ ।”
सेन्ट्रल कमाण्डले पाम्यारा आक्रमणपछि अमेरिकी र साझेदार सेनाले सिरिया र इराकमा १० वटा अभियान सञ्चालन गरेका छन्, जसमा २३ आतङ्ककारी मारिएका वा पक्राउ परेका छन् ।

सिरियाको विदेश मन्त्रालयले शुक्रबारको आक्रमणमा सिधा टिप्पणी नगरे पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेको छ,“देश आतङ्कवादी समूहसँग लड्न प्रतिबद्ध छ र ‘सिरियामा कुनै सुरक्षित ठाँउ नहोस् भनेर अभियान जारी राख्नेछ ।”

पाम्यारा आक्रमणमा मारिएका अमेरिकीहरू आइओवा राज्यको राष्ट्रिय गार्डका सर्जन्ट विलियम होवार्ड र एडगर टोरेस टोवार र मिशिगनका नागरिक अयाद मन्सूर साकात हुन् । उहाँ अनुवादकको रूपमा कार्यरत थिए ।

यो आक्रमण लामो समयदेखि सत्तामा रहेका बशर अल–असदको पदच्युत पछि पहिलो घटना हो । गृह मन्त्रालयका प्रवक्ता नुरुद्दिन अल–बाबा अनुसार, आक्रमण गर्ने व्यक्ति सुरक्षा बलको सदस्य थियो र आफ्नो चरम इस्लामवादी विचारका कारण हटाइने तयारीमा थियो ।

आईएससँग लड्न अमेरिकी सेनाका कर्मचारीहरूले ‘आतङ्कवादी विरोध अभियान’ मा सहयोग गरिरहेका थिए । सन् २०१४ मा आईएसले सिरिया र इराकमा ठूलो भू–भाग कब्जा गरेको थियो ।

जिहादीहरू अन्ततः स्थानीय भूमि सेनाले अन्तर्राष्ट्रिय हवाई आक्रमणको सहयोगमा पराजित भए पनि आईएस अझै सिरियामा सक्रिय छ । हाल अमेरिकी सेनाहरू सिरियाको कुर्द नियन्त्रण क्षेत्रमा र जॉर्डन सिमानामा रहेका अल–तान्फमा तैनाथ छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending