Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

खबरडबली संवाददाता

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।

शनिबार चितवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, देश कुनै व्यक्तिको कुटि होइन र जसले पनि खुल्न र ठप्प पार्न सक्छ। “आज मलाई उहाँहरूको राजनीतिक चेतना र समाजप्रतिको उत्तरदायित्वप्रति गम्भीर शंका लागिरहेको छ। अझ अचम्मको कुरा त के छ भने, उहाँ पुन: नेतृत्वमा आइसकेपछि कड्किएर भन्नुभएको छ कि जाँचबुझ आयोगमा जान्नँ, र हाम्रो नेतृत्वलाई प्रश्न गर्नुभयो भने हामी देश ठप्प पार्छौं। यो अभिव्यक्ति देशको लागि कति खतरनाक हो, सबैले बुझ्नुपर्छ,” उनले भनिन्।

विश्वकर्माले वर्तमान अन्तरिम सरकारले असंवैधानिक भएको एमालेको दाबीको आलोचना गर्दै प्रश्न उठाइन् कि संविधानको पालना नगर्ने व्यक्तिलाई के नेपाली नागरिक मान्ने कि नमान्ने। “जसले अहिलेको अन्तरिम सरकारलाई असंवैधानिक भन्छन् र संविधानको महिमाको कुरा गर्छन्, तर आफैं संविधानको पालना गर्दैनन् भने हामीले यस विषयमा गम्भीर हुनुपर्छ,” उनले भनिन्।

साथै उनले मानविय संवेदना नभएका व्यक्तिले समाज र देशलाई कहाँ पुर्‍याउन सक्छन् भन्ने प्रश्न पनि उठाइन्। “छोराछोरी र भाइबहिनी हाम्रा मात्र मरेका रैछन्। उनीहरूलाई केही फरक परेको छैन। जसमा लाज, घिन, शरम र मानविय संवेदना बाँकी छैन, उक्त व्यक्तिले गरेको नेतृत्वले हाम्रो समाज र देशलाई कहाँ पुर्‍याउँला ?” विश्वकर्माले प्रश्न गरिन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नौ महिनापछि उज्यालो बने हिमालीका अँध्यारा बस्ती

बाजुरा। विगत नौ महिनादेखि अन्धकारमा रहेका हिमाली गाउँपालिकाका दुर्गम बस्तीहरूमा पुन: बत्ती बलेपछि स्थानीयवासी खुसी भएका छन्। गत साउन २८ गते राति विच्छ...

मुग्लिन–पोखरा सडक विस्तारपछि यात्रा सहज बन्दै

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा) मा कालोपत्रको काम अन्तिम चरणमा पुगेसँगै यात्रुहरूको यात्रा ...

हुम्लामा खाना पकाउने ग्यास अभाव

हुम्ला। हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ। सातवटै गाउँपालिका केन्द्रमा पहिले पाउने ग्यास हाल उपलब्ध नहुँदा स्थानीयवासीलाई समस्...

भेटेरिनरी अस्पताल सत्र महिनादेखि चिकित्सकविहीन

बैतडी । पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १७ महिनादेखि चिकित्सकविहीन हुँदा स्थानीय पशुपालक किसानलाई मर्का परेको छ । केन्द्रका ...

प्रचण्डको बयान: जेन-जी आन्दोलनको भावनालाई समर्थन, हिंसामा संलग्न छैनौं

काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्। भदौ...

रविको बयान: भदौ २४ को घटनामा रास्वपा संलग्न छैन, म भागेको होइन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आफ्नो पार्टी स...

कार्की आयोगको सिफारिस: प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीमाथि कारबाही प्रस्ताव

काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर...

सार्वजनिक यातायातको भाडा बढाउन सिफारिस, कहाँ कति बढ्दैछ भाडा ?

काठमाडौं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेक...

बालेनको बयान: आन्दोलनमा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...

जाँचबुझ आयोगको प्रतिवेदन: ‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका नखेलेको निष्कर्ष

काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: