चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।
शनिबार चितवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, देश कुनै व्यक्तिको कुटि होइन र जसले पनि खुल्न र ठप्प पार्न सक्छ। “आज मलाई उहाँहरूको राजनीतिक चेतना र समाजप्रतिको उत्तरदायित्वप्रति गम्भीर शंका लागिरहेको छ। अझ अचम्मको कुरा त के छ भने, उहाँ पुन: नेतृत्वमा आइसकेपछि कड्किएर भन्नुभएको छ कि जाँचबुझ आयोगमा जान्नँ, र हाम्रो नेतृत्वलाई प्रश्न गर्नुभयो भने हामी देश ठप्प पार्छौं। यो अभिव्यक्ति देशको लागि कति खतरनाक हो, सबैले बुझ्नुपर्छ,” उनले भनिन्।
विश्वकर्माले वर्तमान अन्तरिम सरकारले असंवैधानिक भएको एमालेको दाबीको आलोचना गर्दै प्रश्न उठाइन् कि संविधानको पालना नगर्ने व्यक्तिलाई के नेपाली नागरिक मान्ने कि नमान्ने। “जसले अहिलेको अन्तरिम सरकारलाई असंवैधानिक भन्छन् र संविधानको महिमाको कुरा गर्छन्, तर आफैं संविधानको पालना गर्दैनन् भने हामीले यस विषयमा गम्भीर हुनुपर्छ,” उनले भनिन्।
साथै उनले मानविय संवेदना नभएका व्यक्तिले समाज र देशलाई कहाँ पुर्याउन सक्छन् भन्ने प्रश्न पनि उठाइन्। “छोराछोरी र भाइबहिनी हाम्रा मात्र मरेका रैछन्। उनीहरूलाई केही फरक परेको छैन। जसमा लाज, घिन, शरम र मानविय संवेदना बाँकी छैन, उक्त व्यक्तिले गरेको नेतृत्वले हाम्रो समाज र देशलाई कहाँ पुर्याउँला ?” विश्वकर्माले प्रश्न गरिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: