Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन्। देश बन्नु नै सबैभन्दा ठूलो कुरा भएको उल्लेख गर्दै उनले देशका लागि आवश्यक परे व्यक्तिगत रूपमा सबै कुरा त्याग्न पनि आफू तयार रहेको दाबी गरे।

हिजोमात्रै कारागारबाट रिहा भएका तथा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले मिल्नुपर्ने शक्तिहरू अन्तिम समयमा मिलेर अघि बढ्ने विश्वास व्यक्त गरे।

भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले शनिबार चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफूले पार्टी वा पदका लागि कुनै लोभ नराखेको स्पष्ट पारे।

“म कारागारमा रहँदा पनि भनेको थिएँ, म जे त्याग गर्न पनि तयार छु,” उनले भने, “पार्टीले जे निर्णय गर्छ, त्यही मान्य छ। कसैलाई चुनाव चिह्न चाहियो भने लैजानुस्, झण्डा चाहियो भने लैजानुस्, पार्टी कार्यालय चाहियो भने पनि लैजानुस्। सभापति–उपसभापतिसहित सिंगो पार्टी चाहिन्छ भने पनि लैजानुस्। देश बन्नुपर्‍यो, व्यक्ति ठूलो कुरा होइन।”

उनले मिल्नुपर्ने राजनीतिक शक्तिहरूबीच संवाद जारी रहेको जानकारी दिँदै अन्तत: सहकार्य हुने दाबी गरे।“मिल्ने भन्ने कुरा जबर्जस्ती होइन,” उनले भने, “अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं। सबै साथीहरू संवादमै हुनुहुन्छ।”

लामिछानेले आफू एउटा चुनावका लागि मात्रै राजनीतिमा नआएको पनि स्पष्ट पारे।
“म एउटा चुनावका लागि राजनीतिमा आएको होइन,” उनले भने, “म एउटा पुस्ताका लागि राजनीतिमा आएको हुँ।”

उनले सरकारले जसरी पनि निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
“२४ गते जनआन्दोलन भएको हो,” उनले भने, “देश निर्वाचनतर्फ जानुपर्छ। जेनजीको रगतबाट बनेको यो सरकारले जेनजीका सपना पूरा गर्ने आँट देखाओस्।”

रास्वपा सरकारसँग मिलेर सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने विषयमा दृढ रूपमा उभिने उनले बताए। “सरकार डराउनुपर्ने केही छैन,” लामिछानेले भने, “जनताको साथ सरकारसँग छ। जेनजीका माग र सुशासनका मुद्दामा सिधै अघि बढे हुन्छ। रास्वपा सरकारको साथमा छ।”

अन्त्यमा उनले आफू जेनजीकै साथमा रहेको उल्लेख गर्दै निराश नहुन आग्रह गरे।
“देशका संरचना जले, हाम्रा सपना झन् धेरै जलेका छन्,” उनले भने, “सिंहदरबार र न्यायालय फेरि बनाउँला, तर खरानी भएका सपनाहरू हामी आफैंले ब्युँताउनुपर्छ। जेनजी भाइबहिनी हो, रवि दाइ तपाईंहरूको साथमै छन्।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending