Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

खबरडबली संवाददाता

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गरी तिमीलाई रिहा गरिएको हो ।

उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले विभिन्न सर्तसहित रविलाई रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार तिमीले जिल्ला अदालतले माग गरेको बिगोबापत दुई करोड ७४ लाख ८४ हजार र एक करोड धरौटीसहित कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ प्रभु बैंकमा जमानत बुझाएका छौ ।

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालतको आदेश तत्काल कार्यान्वयन गर्नुपर्ने भएकाले आज साँझसम्म अदालत खुला राखी प्रक्रिया पूरा गरिएको हो । खराब मौसमका कारण भैरहवामा उडान हुन नसकेपछि तिमीलाई भरतपुरसम्म हवाईमार्ग र त्यसपछि सडकमार्ग हुँदै साँझ साढे पाँच बजे जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

रिहा हुँदै रवि लामिछानेले भने, “न्याय अझै पाउन बाँकी नै छ। म आशा गर्छु देशले चाँडै न्याय पाउनेछ। बोल्ने समय आउँदै छ, केही समय धैर्य गर्नुहोला ।”

यसअघि रुपन्देही जिल्ला अदालतले विसं २०८१ माघ १३ गते एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर सो आदेशविरुद्ध दुवै पक्ष उच्च अदालत पुगेपछि उच्च अदालतले चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसपछि तिमी भैरहवा कारागार चलान भएका थियौ। पछि निवेदनका आधारमा साउन ३१ गते तिमीलाई काठमाडौँ कारागार सरुवा गरिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने, छवि लामिछाने र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ । यसमध्ये रवि, छवि र जीबीसहित चार जनाले १० करोड ९९ लाख ३६ हजार रुपैयाँ छुट्टै अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ ।

तिमीले आफूलाई भाग लाग्ने बिगो रकमको जमानत बुझाएर रिहा गर्न माग गरेका थियौ, जसलाई उच्च अदालतले स्वीकार गरेको हो । पछि अन्तिम फैसला हुँदा धरौटी तथा जमानत रकमभन्दा बढी सजाय तोकिएमा स्वीकार गर्नुपर्ने सर्त समेत आदेशमा उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending