कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको शीतलहर पूर्व तयारी योजना अनुसार भीमदत्त नगरपालिकामा एक हजार ३५०, बेदकोट नगरपालिकामा एक हजार २५०, शुक्लाफाँटामा एक हजार ५५०, कृष्णपुर नगरपालिकामा नौ सय, बेलडाँडी गाउँपालिकामा आठ सय ८०, पुर्नवास नगरपालिकामा आठ सय ५०, दोधारा चाँदनी नगरपालिकामा आठ सय ५०, बेलौरी नगरपालिकामा पाँच सय र लालझाडी गाउँपालिकामा सात सय ४५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने अनुमान गरिएको उनले बताए ।
प्रतिकार्य योजनामा शितलहर प्रभावितलाई राहत उपलब्ध गराउने र विशेषगरी बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, सुत्केरी तथा गर्भवतीलाई प्राथमिकता दिइने, विपद्को समयमा स्थानीय तह, दातृ निकाय, सहयोगी संस्था तथा नागरिक समाजबीच समन्वय कायम गर्ने उक्त योजनामा उल्लेख छ ।
त्यसैगरी जाडोयाममा हुनसक्ने स्वास्थ्य सम्बन्धि समस्यालाई कम गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र स्वास्थ्यकर्मी तथा औषधी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्रजिअ ढकालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: