काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा मतदाता नामावली नरहेका कारण आफैँलाई भोट हाल्न नपाउने भएका छन्।
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक दाहाल यस पटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। तर उनले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन्। चितवन–३ मा उनकी छोरी रेनु दाहाल उम्मेदवार छिन्।
२. गगन थापा
नेपाली कांग्रेसका सभापति थापा यस पटक सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका उनी हाल सर्लाहीमा चुनावी मैदानमा छन्। तर उनले काठमाडौंको मैतीदेवीस्थित मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नेछन्, जसका कारण आफैँलाई मत दिन पाउने छैनन्।
३.केपी शर्मा ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओली झापा–५ बाट निरन्तर विजयी हुँदै आएका छन्। तर उनले यस पटक भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन्।
४. रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवन–२ बाट उम्मेदवार बनेका छन्। तर उनी काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
५. बालेन शाह
रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका वरिष्ठ नेता शाह झापा–५ बाट चुनावी प्रतिस्पर्धामा छन्। तर उनको मतदान स्थल भने काठमाडौं महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रमा तोकिएको छ। त्यसैले उनले पनि आफ्नै पक्षमा मत हाल्न पाउने छैनन्।
यसरी शीर्ष नेताहरू फरक–फरक जिल्लाबाट उम्मेदवार बनेका कारण मतदाता नामावली रहेको स्थान र उम्मेदवारी दिएको क्षेत्र फरक परेपछि उनीहरू आफैँलाई मत दिनबाट वञ्चित हुने भएका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: