Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

खबरडबली संवाददाता

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन् । यद्यपि, कोष जुटाउन फ्रिज गरिएको रुसी सम्पत्तिहरू प्रयोग गर्ने योजनामा बेल्जियमसँगको मतभेद समाधान हुन सकेको छैन ।

लगभग चार वर्षदेखि जारी युद्धका कारण युक्रेनको अर्थतन्त्र अत्यन्तै दबाबमा रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२६ र २०२७ मा युक्रेनलाई करिब एक खर्ब ३७ अर्ब युरो (एक खर्ब ६१ अर्ब अमेरिकी डलर) आवश्यक पर्ने अनुमान सार्वजनिक गरिसकेको छ । किएभ सरकार टाट पल्टिने सङ्घारमा पुगेको बताइँदै आएको छ र वसन्तसम्म नगद अभाव झेल्नुपर्ने अवस्था रहेको छ ।

युरोपमा प्रायः बेल्जियममा अवस्थित करिब दुई खर्ब १० अर्ब युरो (दुई खर्ब ४६ अर्ब डलर) बराबरका रुसी सम्पत्तिहरू फ्रिज अवस्थामा रहेका छन् । तीमध्ये केही सम्पत्ति प्रयोग गरी युक्रेनलाई सहयोग गर्ने प्रस्ताव अघि सारिएको थियो । तर, बेल्जियमले यसलाई कानूनी रूपमा जोखिमपूर्ण भन्दै आपत्ति जनाएपछि सहमति जुट्न सकेन ।

इयुका नेताहरूले बिहीबार रातिसम्म बेल्जियमलाई ‘क्षतिपूर्ति ऋण’ योजनामा समर्थन गरेमा सम्भावित रुसी प्रतिशोधबाट जोगाउने आश्वासन दिन गहन प्रयास गरेका थिए । तर अन्ततः उक्त विकल्प प्रयोग नगर्ने निर्णय भयो । वार्ता अवरुद्ध भएपछि नेताहरूले पूँजी बजारबाट ऋण उठाएर युक्रेनलाई सहयोग गर्ने बाटो रोजे ।

युरोपेली आयोगका अध्यक्ष एन्टोनियो कोस्टाले सामाजिक सञ्जालमार्फत भने, “हामीसँग सम्झौता भएको छ । सन् २०२६–२७ का लागि युक्रेनलाई ९० अर्ब युरो सहयोग गर्ने निर्णय स्वीकृत भएको छ । हामीले प्रतिबद्धता जनायौँ र हामीले त्यसलाई पूरा गर्‍यौँ ।”

सबै सदस्य राष्ट्रले भने यो ऋण प्याकेजमा पूर्ण समर्थन जनाएनन् । हङ्गेरी, स्लोभाकिया र चेक गणतन्त्रले युक्रेनलाई समर्थन गर्न असहमति जनाउँदै विरोध जनाए । तर अन्ततः यस्तो समझदारी कायम भयो, जसअनुसार ती देशहरूले प्याकेज अवरुद्ध नगर्ने र कुनै पनि सम्भावित वित्तीय जोखिमबाट सुरक्षा दिने वाचा गरियो ।

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले भने, “म युरोपेली सङ्घ युद्धमा तानिन चाहँदिनँ ।” उनका अनुसार, ‘पैसा दिनु भनेको युद्धमा संलग्न हुनु हो ।’ साथै, उनले फ्रिज गरिएका रुसी सम्पत्तिहरू प्रयोग गर्ने असफल योजनालाई ‘मृत अन्त्य’ को संज्ञा दिए । ओर्बन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका युरोपमा सबैभन्दा नजिकका सहयोगीका रूपमा चिनिन्छन् र आफूलाई शान्ति निर्माता मान्छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने युक्रेन र यसको युद्ध प्रयासहरूलाई सहयोग गर्न पूँजी बजारबाट ऋण लिनु ‘सबैभन्दा यथार्थवादी र व्यावहारिक उपाय’ भएको बताउँदै यस सम्झौतालाई ठूलो प्रगति भएको टिप्पणी गरे ।

जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि यो निर्णयको स्वागत गरे । “युक्रेनका लागि वित्तीय प्याकेजलाई अन्तिम रूप दिइएको छ”, मेर्जले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “युक्रेनलाई शून्य ब्याज ऋण प्रदान गरिएको छ ।”

उनका अनुसार यी कोषहरू आउँदो दुई वर्षका लागि युक्रेनको सैन्य तथा बजेटीय आवश्यकताहरू पूरा गर्न पर्याप्त हुनेछन् । रुसले युद्ध क्षतिपूर्ति नदिएसम्म फ्रिज गरिएका सम्पत्तिहरू अवरुद्ध नै रहने उनले स्पष्ट पारे ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार युद्धको कुल लागत छ खर्ब युरो (सात खर्ब डलर) भन्दा बढी पुग्नेछ ।

मेर्जले भने, “यदि रुसले क्षतिपूर्ति भुक्तानी गरेन भने हामी अन्तर्राष्ट्रिय कानूनअनुसार रुसी अचल सम्पत्तिहरू ऋण फिर्ता गर्न प्रयोग गर्नेछौँ ।”

पाँच दक्षिण अमेरिकी राष्ट्रहरूसँग प्रस्तावित व्यापार सम्झौताविरुद्ध आक्रोशित किसानहरूको उग्र विरोध भइरहेका बेला आयोजित शिखर सम्मेलनमा सहभागी हुन ब्रसेल्स पुगेका राष्ट्रपति जेलेन्स्कीले नयाँ वर्षसम्म युक्रेनलाई स्थिर राख्न छिटो निर्णय गर्न अपिल गरेका थिए ।

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बिहीबार बिहान युक्रेनलाई सहयोग गर्न ढिलाइ भए ‘आज पैसा नपठाए भोलि रगत बग्न सक्छ’ भन्ने चेतावनी दिए ।

बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले भने फ्रिज गरिएका रुसी सम्पत्तिहरू प्रयोग गर्ने योजना कानूनी रूपमा जोखिमपूर्ण भएको बताउँदै अस्वीकार गरे । उनले यसले ब्रसेल्सस्थित वित्तीय समाशोधन संस्था यूरोक्लियरको व्यवसायमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिए, जहाँ करिब एक खर्ब ९३ अर्ब युरो (दुई खर्ब २६ अर्ब डलर) बराबरको सम्पत्ति फ्रिज भएको छ ।

बेल्जियम हालै रुसी केन्द्रीय बैंकले यूरोक्लियरविरुद्ध मुद्दा दायर गरेपछि थप दबाबमा परेको छ । सन् २०२२ मा पूर्ण–स्तरको युद्ध सुरु भएपछि इयु प्रतिबन्धअन्तर्गत ती सम्पत्तिहरू फ्रिज गरिएका थिए ।

“मेरो विचारमा क्षतिपूर्ति ऋण राम्रो उपाय थिएन”, डि वेभरले बैठकपछि पत्रकारहरूसँग भने, “पाठलाई फेरि व्याख्या गर्दा धेरै प्रश्नहरू देखा परे । धेरै ढिला अन्त्यहरू थिए र यदि तपाईंले तीमध्ये कुनै एउटा तान्नुभयो भने सम्पूर्ण संरचना भत्किन सक्छ ।”

उनले भने, “हामीले विश्वव्यापी कानूनी निश्चिततालाई कमजोर पार्ने जोखिमबाट आफूलाई जोगायौँ । कठिन अवस्थामा पनि, दबाबका बीच पनि, हामीले युरोप कानूनको सम्मान गर्छ भन्ने सिद्धान्तको रक्षा गर्‍यौँ । यसले इयुले बलियो राजनीतिक सन्देश दिएको छ—युरोप युक्रेनको पछाडि दृढतापूर्वक उभिएको छ ।”

यद्यपि, अध्यक्ष कोस्टाले स्पष्ट पार्दै भने, “इयुले यो ऋण चुक्ता गर्न भविष्यमा अचल सम्पत्तिहरू प्रयोग गर्ने आफ्नो अधिकार सुरक्षित राखेको छ ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending