Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न र चिनियाँ स्वामित्वमा प्रतिबन्धको खतराबाट जोगिन मार्ग प्रशस्त गरेको छ ।

एएफपीले अध्ययन गरेको आन्तरिक मेमोअनुसार टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शौ च्यूले कर्मचारीहरूलाई जानकारी गराउँदै टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्स ओरेकल, सिल्भर लेक तथा अबु धाबीस्थित एमजीएक्सलाई प्रमुख लगानीकर्ताका रूपमा समेटेर नयाँ अमेरिकी एकाइ गठन गर्न सहमत भएको बताएका छन् । ओरेकलका कार्यकारी अध्यक्ष तथा संस्थापक ल्यारी एलिसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दीर्घकालीन सहयोगी मानिन्छन् ।

मेमोमा च्यूले स्पष्ट पार्दै भनेका छन्, “अमेरिकी संयुक्त उद्यम अमेरिकी प्रयोगकर्ताहरूको डाटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री मोडरेशन र सफ्टवेयर आश्वासनका लागि जिम्मेवार हुनेछ ।” उनका अनुसार यस नयाँ संरचनाले अमेरिकी प्रयोगकर्ताका लागि सामग्री, सफ्टवेयर र डाटा सुरक्षित रहेको सुनिश्चित गर्ने विशेष अधिकार पाउनेछ ।

सम्झौताअनुसार, नयाँ अमेरिकी उद्यमको करिब आधा हिस्सा ओरेकल, सिल्भर लेक र एमजीएक्ससहितका नयाँ लगानीकर्ताहरूको कन्सोर्टियमसँग रहनेछ, जसमा प्रत्येकको करिब १५ प्रतिशत स्वामित्व हुनेछ । बाइटडान्ससँग प्रत्यक्ष रूपमा २० प्रतिशत स्वामित्व मात्र रहनेछ, जुन अमेरिकी कानूनले चिनियाँ कम्पनीलाई अनुमति दिएको अधिकतम सीमा हो । बाँकी हिस्सा बाइटडान्सका विद्यमान लगानीकर्तासँग सम्बद्ध पक्षहरूको हातमा रहनेछ ।

मेमोमा उल्लेख गरिएअनुसार, टिकटक ग्लोबलका अमेरिकी एकाइहरूले विश्वव्यापी उत्पादन अन्तरक्रियाशीलता, ई–वाणिज्य, विज्ञापन तथा मार्केटिङजस्ता केही व्यावसायिक गतिविधिहरू पनि व्यवस्थापन गर्नेछन् । यद्यपि, सम्झौतालाई पूर्ण रूपमा अन्तिम रूप दिन जनवरी २२ अघि अझै केही प्रक्रिया पूरा गर्नुपर्ने च्यूले जानकारी गराएका छन् ।

यो सम्झौता पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा पारित गरिएको त्यस कानूनको प्रत्यक्ष परिणाम हो, जसले बाइटडान्सलाई टिकटकको अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्न बाध्य बनाएको थियो । अमेरिकी अधिकारीहरूले लामो समयदेखि चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न वा प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले यस विषयमा पटक–पटक कार्यकारी आदेशमार्फत समयसीमा सार्दै आएका थिए । सेप्टेम्बरमा ह्वाइट हाउसले चीनसँग संयुक्त उद्यममा सहमति भइसकेको र कानूनी आवश्यकताहरू पूरा हुने घोषणा गरेको थियो, जुन अहिलेको सम्झौताबाट धेरै हदसम्म पुष्टि भएको छ ।

बाइटडान्सले सम्झौतामा तत्काल प्रतिक्रिया नदिए पनि विश्लेषकहरूका अनुसार यो सम्झौताले कम्पनीलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण बजार गुम्नबाट जोगाएको छ । चिनियाँ प्रविधि परामर्शदाता ली चेङडोङले भने, “अमेरिकी सञ्चालन कायम रहनु नै बाइटडान्सका लागि ठूलो उपलब्धि हो ।”

विज्ञहरूका अनुसार यस समाधानले बाइटडान्सलाई आर्टिफिसियल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) जस्ता नयाँ परियोजनामा ध्यान केन्द्रित गर्न र सम्भावित आइपीओतर्फ अघि बढ्न सहयोग पु¥याउन सक्छ । तर, विश्लेषक झाङ यीले अमेरिकी नियामकहरूले भविष्यमा पनि टिकटकमाथि दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा

गाजा । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् ...

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

बोगोटा । कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा सात जना सैनिकको मृत्यु भएको छ भने ३० जना घ...

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को । रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष तालिमप्राप्त जनशक्तिको आवश्यकता रहेको रूसी उद्योग तथा व्यापार मन्त्रालयले जनाएको छ । मन्त्र...

सुडानमा संयुक्त राष्ट्रका शान्ति सैनिकमाथि भएको आक्रमणको सुरक्षा परिषद्द्वारा कडा निन्दा

संयुक्त राष्ट्र । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सुडानमा संयुक्त राष्ट्रको रसद केन्द्रमाथि गरिएको विस्फोटक आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । उक्त...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रति...

भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शन...

नेपालगञ्जका सात वडा कार्यालय भवनविहीन

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका सातवटा वडा कार्यालयहरू अझै पनि आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्न बाध्य छन्। उपमहानगरका वडा नम्बर ४, ५,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending