Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न र चिनियाँ स्वामित्वमा प्रतिबन्धको खतराबाट जोगिन मार्ग प्रशस्त गरेको छ ।

एएफपीले अध्ययन गरेको आन्तरिक मेमोअनुसार टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शौ च्यूले कर्मचारीहरूलाई जानकारी गराउँदै टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्स ओरेकल, सिल्भर लेक तथा अबु धाबीस्थित एमजीएक्सलाई प्रमुख लगानीकर्ताका रूपमा समेटेर नयाँ अमेरिकी एकाइ गठन गर्न सहमत भएको बताएका छन् । ओरेकलका कार्यकारी अध्यक्ष तथा संस्थापक ल्यारी एलिसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दीर्घकालीन सहयोगी मानिन्छन् ।

मेमोमा च्यूले स्पष्ट पार्दै भनेका छन्, “अमेरिकी संयुक्त उद्यम अमेरिकी प्रयोगकर्ताहरूको डाटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री मोडरेशन र सफ्टवेयर आश्वासनका लागि जिम्मेवार हुनेछ ।” उनका अनुसार यस नयाँ संरचनाले अमेरिकी प्रयोगकर्ताका लागि सामग्री, सफ्टवेयर र डाटा सुरक्षित रहेको सुनिश्चित गर्ने विशेष अधिकार पाउनेछ ।

सम्झौताअनुसार, नयाँ अमेरिकी उद्यमको करिब आधा हिस्सा ओरेकल, सिल्भर लेक र एमजीएक्ससहितका नयाँ लगानीकर्ताहरूको कन्सोर्टियमसँग रहनेछ, जसमा प्रत्येकको करिब १५ प्रतिशत स्वामित्व हुनेछ । बाइटडान्ससँग प्रत्यक्ष रूपमा २० प्रतिशत स्वामित्व मात्र रहनेछ, जुन अमेरिकी कानूनले चिनियाँ कम्पनीलाई अनुमति दिएको अधिकतम सीमा हो । बाँकी हिस्सा बाइटडान्सका विद्यमान लगानीकर्तासँग सम्बद्ध पक्षहरूको हातमा रहनेछ ।

मेमोमा उल्लेख गरिएअनुसार, टिकटक ग्लोबलका अमेरिकी एकाइहरूले विश्वव्यापी उत्पादन अन्तरक्रियाशीलता, ई–वाणिज्य, विज्ञापन तथा मार्केटिङजस्ता केही व्यावसायिक गतिविधिहरू पनि व्यवस्थापन गर्नेछन् । यद्यपि, सम्झौतालाई पूर्ण रूपमा अन्तिम रूप दिन जनवरी २२ अघि अझै केही प्रक्रिया पूरा गर्नुपर्ने च्यूले जानकारी गराएका छन् ।

यो सम्झौता पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा पारित गरिएको त्यस कानूनको प्रत्यक्ष परिणाम हो, जसले बाइटडान्सलाई टिकटकको अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्न बाध्य बनाएको थियो । अमेरिकी अधिकारीहरूले लामो समयदेखि चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न वा प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले यस विषयमा पटक–पटक कार्यकारी आदेशमार्फत समयसीमा सार्दै आएका थिए । सेप्टेम्बरमा ह्वाइट हाउसले चीनसँग संयुक्त उद्यममा सहमति भइसकेको र कानूनी आवश्यकताहरू पूरा हुने घोषणा गरेको थियो, जुन अहिलेको सम्झौताबाट धेरै हदसम्म पुष्टि भएको छ ।

बाइटडान्सले सम्झौतामा तत्काल प्रतिक्रिया नदिए पनि विश्लेषकहरूका अनुसार यो सम्झौताले कम्पनीलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण बजार गुम्नबाट जोगाएको छ । चिनियाँ प्रविधि परामर्शदाता ली चेङडोङले भने, “अमेरिकी सञ्चालन कायम रहनु नै बाइटडान्सका लागि ठूलो उपलब्धि हो ।”

विज्ञहरूका अनुसार यस समाधानले बाइटडान्सलाई आर्टिफिसियल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) जस्ता नयाँ परियोजनामा ध्यान केन्द्रित गर्न र सम्भावित आइपीओतर्फ अघि बढ्न सहयोग पु¥याउन सक्छ । तर, विश्लेषक झाङ यीले अमेरिकी नियामकहरूले भविष्यमा पनि टिकटकमाथि दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending