Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

खबरडबली संवाददाता

बैङ्कक । अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सुरु गरिएको छ । विशेष गरी दक्षिणपूर्व एसियामा आधारित आपराधिक सञ्जालहरूले विश्वभरका पीडितहरूबाट हरेक वर्ष अर्बौं डलर ठगी गरिरहेको पृष्ठभूमिमा यो कदमलाई महत्त्वपूर्ण मानिएको छ ।

थाइल्यान्डको विदेश मामिला मन्त्रालय र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडिसी) को संयुक्त आयोजनामा बुधबार र बिहीबार बैङ्ककमा सम्पन्न दुई दिने सम्मेलनको अन्त्यमा ‘अनलाइन घोटालाविरुद्ध ग्लोबल पार्टनरसिप’ नामक नयाँ पहल घोषणा गरिएको हो । सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, नेपाल, पेरु र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिहरू सहभागी थिए ।

थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले उद्घाटन सम्बोधनमा अनलाइन घोटालाले ‘गहिरो र साझा कमजोरी उजागर गरेको’ उल्लेख गर्दै भने, “यो यस्तो समस्या हो, जुन कुनै पनि देशले एक्लै समाधान गर्न सक्दैन ।” उनका अनुसार यसविरुद्ध सामूहिक प्रतिबद्धता र सीमापार सहकार्य अपरिहार्य छ ।

सम्मेलनका क्रममा सहभागी राष्ट्रहरूले राजनीतिक प्रतिबद्धता, कानून प्रवर्तन संयन्त्र सुदृढीकरण, पीडितको संरक्षण, जनचेतना अभिवृद्धि तथा सीमापार सहयोगलाई समेट्ने साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस पहलमा निजी क्षेत्रको पनि उल्लेखनीय सहभागिता देखिएको छ । इन्टरनेट कम्पनीहरू मेटा र टिकटकले सम्मेलनलाई सहयोग गरेका थिए ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले अनलाइन घोटाला रोक्न प्रयोग भइरहेका स्क्याम नेटवर्क पहिचान प्रणाली र कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रोटोकलहरूको विवरण समेटिएको धम्की मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरेको थियो । यसले सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रणमा प्रविधिको बढ्दो प्रयोगलाई देखाएको छ ।

छोटो भिडियोमा केन्द्रित विश्वका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक टिकटकले सम्मेलनको समापन वक्तव्यमा हस्ताक्षर गर्दै साझेदारीको पहिलो निजी क्षेत्रका सदस्यहरूमध्ये एक बनेको छ । टिकटकले यही साता अमेरिकामा नयाँ संयुक्त उद्यम गठन गर्न प्रमुख लगानीकर्ताहरूसँग सम्झौतामा हस्ताक्षर गरेको जानकारी पनि दिएको छ । यद्यपि, चिनियाँ स्वामित्वका कारण टिकटकले अमेरिका, युरोपेली सङ्घ (इयु) र क्यानाडाजस्ता देशहरूमा पारदर्शिता, डाटा सुरक्षा र बाल संरक्षणसम्बन्धी चुनौतीहरू भोग्दै आएको छ ।

नक्कली लगानी योजना र झुटा प्रेम सम्बन्धको प्रयोग गरी पैसा ठग्ने स्क्याम सेन्टरहरू दक्षिणपूर्व एसियाका विभिन्न देशमा फैलिएका छन् । युएनओडिसीको अनुमानअनुसार सन् २०२३ मा मात्र अनलाइन घोटालाका पीडितहरूले १८ अर्बदेखि ३७ अर्ब अमेरिकी डलरसम्म गुमाएका थिए ।

बैङ्कक सम्मेलनमा करिब ६० देशका ३०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए । छलफलका क्रममा सरकारी संयन्त्रसँगै निजी क्षेत्रको साझेदारी अत्यन्तै महत्त्वपूर्ण रहेकोमा जोड दिइयो । हालै टिकटकमा आबद्ध भएका ग्लोबल एन्टी–स्क्याम एलायन्सका एसिया–प्यासिफिक निर्देशक ब्रायन हान्लीले भने, “सबै प्रमुख सरोकारवाला एउटै टेबलमा नआएसम्म आपराधिक सञ्जालसँग प्रभावकारी रूपमा लड्न सकिँदैन ।”

उनका अनुसार घोटालाहरूले अन्तर्राष्ट्रिय सीमामात्र नभई, बैंक, दूरसञ्चार कम्पनी र सामाजिक सञ्जालजस्ता विभिन्न प्लेटफर्मबीचका कमजोरी पनि दुरुपयोग गरिरहेका छन् । उनले आशा व्यक्त गर्दै भने, “आज टिकटक सहभागी भएको छ, भोलि अरू सबै पनि सामेल हुनेछन् भन्ने अपेक्षा छ, किनकि यसले उपभोक्ताको विश्वास र व्यवसाय दुवैलाई असर गरिरहेको छ ।”

हालै म्यान्मामा घोटाला केन्द्रहरूमा गरिएको छापा, थाइल्यान्डमा पीडितहरूको उद्धार तथा कम्बोडियामा जबर्जस्ती घोटाला काममा लगाइएका एक दक्षिण कोरियाली विद्यार्थीको मृत्युजस्ता घटनाले क्षेत्रीय स्तरमा कडा कदम चाल्नुपर्ने दबाब बढाएको छ । कम्बोडिया घोटाला कम्पाउन्डको केन्द्र मानिए पनि हाल दुई देशबीचको तनावका कारण सो देश सम्मेलनमा सहभागी थिएन ।

यसअघि पनि दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) का सदस्यहरूले अनलाइन घोटालाविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाइसकेका छन् । साथै, साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिमा अक्टोबरमा भियतनाममा ७० भन्दा बढी देशले हस्ताक्षर गरेका थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उक्त महासन्धिलाई ‘कुनै पनि देश साइबर अपराधविरुद्ध असहाय नहुने प्रतिबद्धता’ का रूपमा वर्णन गरेका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE