काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको विशेष संयन्त्र निर्माणको तयारी भइरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले ठगीमा संलग्नहरूलाई कानुनी कठघरामा ल्याउन सीआईबी, अपराध महाशाखा र चेलीबेटी बेचबिखन विरुद्धका टोलीहरूलाई सक्रिय बनाउन लागिएको जानकारी दिए। सुशासनको सुरुवात गर्न वैदेशिक रोजगार क्षेत्रको बेथिति अन्त्य गर्नु अनिवार्य रहेको उनको भनाइ छ।
कार्यक्रममा श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा तयार पारिएको ‘नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२४’ सार्वजनिक गरिएको छ। मन्त्री भण्डारीले आप्रवासी जनशक्तिको सम्मान गर्दै उनीहरूको सीप र अनुभवलाई मुलुकको आत्मनिर्भरतामा जोड्न आवश्यक रहेको उल्लेख गरे। उनले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन आफू प्रतिबद्ध रहेको र यसका लागि दिनरात नभनी काम गरिरहेको स्पष्ट पारे।
आईएलओका देशीय निर्देशक नुमान ओज्कानले आप्रवासीहरूको सुरक्षा र हकहितका लागि अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वमा जोड दिएका छन्। मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले आप्रवासनलाई रोक्न सम्भव नभएकाले यसको सही व्यवस्थापनका लागि प्रभावकारी रणनीति बनाउनु पर्ने धारणा राखे। मन्त्रालयले यस वर्ष सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: