Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

खबरडबली संवाददाता

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गर्दै बिहीबार गम्भीर चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार सन् २०२३ देखि सुडानको नियमित सेनासँग लडाइँमा संलग्न आरएसएफले गरेको उक्त आक्रमण अत्यन्तै क्रूर र अमानवीय रहेको छ । कार्यालयले आक्रमणका क्रममा व्यापक हत्या, यौन हिंसा, यातना तथा अपहरणका घटनाहरू भएको विस्तृत रूपमा दस्तावेज गरेको जनाएको छ ।

अप्रिल ११ देखि १३ तारिखको बीचमा भएको उक्त आक्रमणमा ‘कम्तीमा एक हजार १३ जना सर्वसाधारणको हत्या भएको पुष्टि गरिएको’ संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ । यसका साथै ‘कम्तीमा ३१९ जनालाई संक्षिप्त रूपमा मृत्युदण्ड दिइएको’ तथ्यसमेत प्रमाणित भएको बताइएको छ ।

मानव अधिकार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केही व्यक्तिलाई आरएसएफले घर–घरमा खोजी गर्दै उनीहरूकै घरभित्र हत्या गरियो भने अरूलाई मुख्य बजार, विद्यालय, स्वास्थ्य केन्द्र तथा मस्जिदजस्ता सार्वजनिक स्थलहरूमा मारियो ।” यसले आक्रमणको भयावहता र योजनाबद्ध प्रकृतिलाई उजागर गरेको छ ।

आक्रमणका कारण जामजाम आइडिपी शिविरका चार लाखभन्दा बढी बासिन्दा पुनः विस्थापित हुन बाध्य भएका छन् । पहिले नै द्वन्द्वका कारण विस्थापनको पीडा भोगिरहेका नागरिकहरू फेरि घरबारविहीन बन्नुपरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

यो आक्रमण पश्चिमी डार्फर क्षेत्रमा रहेको सुडानी सेनाको अन्तिम गढ मानिने एल–फासेर सहर कब्जा गर्न अर्धसैनिक बलले बढाएको दबाबको एक अंश थियो । आरएसएफले उक्त सहर अक्टोबरको अन्त्यतिर नियन्त्रणमा लिएको थियो, जसका क्रममा थप सामूहिक हत्या, यौन हिंसा, अपहरण र लुटपाटका घटनाहरू भएको रिपोर्ट गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा भनेका छन्, “नागरिक वा लडाइँ बाहिर रहेका व्यक्तिहरूको यसरी जानाजानी हत्या गर्नु हत्यासम्बन्धी युद्ध अपराध हुन सक्छ ।” उनले जामजाम आइडिपी शिविरमा भएको आक्रमणको निष्पक्ष, गहन र प्रभावकारी अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

टर्कले भने, “अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घनमा संलग्न व्यक्तिहरूलाई निष्पक्ष कानूनी प्रक्रियाभित्र ल्याई जिम्मेवार ठहर गरिनुपर्छ र सजाय दिनुपर्छ ।” उनले पीडितहरूका लागि न्याय सुनिश्चित गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व भएको उल्लेख गरे ।

यो प्रतिवेदन येल विश्वविद्यालयले सार्वजनिक गरेको एक अध्ययनको दुई दिनपछि आएको हो, जसमा आरएसएफले एल–फासेरमाथि नियन्त्रण लिएपछि उनीहरूले गरेको सामूहिक हत्याका प्रमाणहरू नष्ट र लुकाउने प्रयास गरेको पाइएको थियो । उक्त अध्ययनले यौन हिंसाको सुनियोजित ढाँचासमेत उजागर गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार अप्रिल ११ देखि मे २० को बीचमा कम्तीमा १०४ जना पीडितमाथि यौन आक्रमण भएको पुष्टि गरिएको छ । तीमध्ये ७५ जना महिला, २६ जना किशोरी र तीन जना किशोर रहेका छन् । उनीहरू प्रायः जाघावा जातीय समुदायका थिए ।

कार्यालयका अनुसार ती पीडितहरू बलात्कार, सामूहिक बलात्कार तथा यौन दासत्वजस्ता भीषण यौन हिंसाको सिकार बनेका थिए । यी घटनाहरू शिविरमाथि आक्रमण भइरहँदा मात्र नभई, सुरक्षित स्थानतर्फ भाग्ने क्रममा प्रयोग गरिएका बाहिरिने मार्गहरूमा पनि भएका थिए ।

टर्कले भने , “यस प्रतिवेदनका निष्कर्षहरूले सुडानमा चलिरहेको अत्याचार र हिंसाको चक्र अन्त्य गर्न द्रुत र निर्णायक कारबाही आवश्यक रहेको कुरा फेरि एकपटक स्पष्ट रूपमा सम्झाएका छन् ।” उनले अन्तर्राष्ट्रिय समुदायको उदासीनताप्रति चिन्ता व्यक्त गरे ।

उनले भने , “संसारले पछाडि बसेर सुडानमा यस्ता क्रुरता दिनप्रतिदिन सामान्य घटनाजस्तै हुँदै गएको दृश्य हेरेर बस्न मिल्दैन ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending