पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आयोगको बुटवलस्थित कार्यालयले अस्पतालको नाममा पत्राचार गरी अनियमिततासम्बन्धी विवरण माग गरेको हो ।
जिल्ला अस्पतालमा लामो समयदेखि पटक–पटक मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० भई प्रशासन चलाएका डा। नूरुल होदासहित तत्कालीन व्यवस्थापक र प्रशासनका कर्मचारीहरूको मिलोमतोमा विभिन्न क्षेत्रमा गैरकानुनी र अनियमितताका कार्य भएको आशङ्का गरिएको छ ।
अनियमितताको रहस्य बाहिरिँदै
गत कात्तिक महिनामा अस्पतालका अध्यक्ष जगदीश चौधरीले करोडौँ मूल्यका उपकरण, औजार र मेसिनरीहरूको लगत विवरण तयार पार्न जिम्मेवारी तोकेपछि अनियमितताका शृङ्खलाहरू बाहिर आउन थालेका हुन् । कर्मचारीहरूका अनुसार, यदि अख्तियारले विस्तृत छानबिन गरेमा धेरै व्यक्तिहरू तानिने सम्भावना रहेको छ ।
अस्पतालका निमित्त मेसु डा। प्रकाश ढकालले अख्तियारबाट लिफ्टलगायत भवन निर्माणबारे जवाफ माग गर्दै पत्र आएको पुष्टि गर्नुभयो । उहाँका अनुसार, उक्त भवन निर्माण कार्य भवन पूर्वाधार कार्यालयको जिम्मेवारीमा रहेकोले सोही कुरा उल्लेख गरी जवाफ पठाउने तयारी भइरहेको छ । ढकालले विगतमा भएको करोडभन्दा बढीको अनियमितताको आरोपबारे अस्पताल प्रशासनले आन्तरिक अनुसन्धान गरिरहेको समेत बताउनुभयो ।
१४ करोडको योजनामा लिफ्टका लागि दुई करोडभन्दा बढी रकम भुक्तानी भइसक्दा पनि लिफ्ट सञ्चालनमा छैन । बिरामीहरू दोस्रो र तेस्रो तल्लामा कठिनाईपूर्वक हिँड्न बाध्य छन् । मर्मत सम्भारको म्याद सकिँदै गर्दा यसको भार कसले बेहोर्ने भन्ने प्रश्न उठेको छ ।
६० लाख मूल्य बराबरको अत्याधुनिक एक्स–रे मेसिन खरिद गरी दाखिला गरिए पनि यो मेसिन सुरुदेखि नै सञ्चालनमा आएको छैन । स्रोतका अनुसार, मेसिन बनाउनै नसक्ने अवस्थाको भए पनि सप्लायर्सले लागत निकाल्ने योजनाअनुसार सरकारी अस्पतालमा थन्काएको आरोप छ ।
करोडौँ मूल्यका औजार र उपकरणहरू स्टोरमा त्यसै थन्किएका छन् । कतिपय सामग्रीको विल र आवश्यक कागजात नै भेटिएको छैन । प्रयोग नहुँदै सर्जिकल सामग्रीहरू खिया लागेर नष्ट हुने अवस्थामा पुगेका छन् ।
स्वास्थ्य बीमाको रकममध्ये ४१ लाख रुपियाँ माग नै नगरिएको र किन माग गरिएन भन्ने प्रश्न अनुत्तरित रहेको छ । अस्पतालका कनिष्ठ कर्मचारीहरूले अनियमिततामा व्यवस्थापन र प्रशासनका साथै मन्त्रालय तथा निर्देशनालयसम्मको पहुँचको भूमिका रहेको आशङ्का व्यक्त गरेका छन् । नागरिक समाजले यस्ता ठुला आर्थिक नोक्सानी हुने गरी भएको अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: