Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

खबरडबली संवाददाता

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आयोगको बुटवलस्थित कार्यालयले अस्पतालको नाममा पत्राचार गरी अनियमिततासम्बन्धी विवरण माग गरेको हो ।

जिल्ला अस्पतालमा लामो समयदेखि पटक–पटक मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० भई प्रशासन चलाएका डा। नूरुल होदासहित तत्कालीन व्यवस्थापक र प्रशासनका कर्मचारीहरूको मिलोमतोमा विभिन्न क्षेत्रमा गैरकानुनी र अनियमितताका कार्य भएको आशङ्का गरिएको छ ।

अनियमितताको रहस्य बाहिरिँदै
गत कात्तिक महिनामा अस्पतालका अध्यक्ष जगदीश चौधरीले करोडौँ मूल्यका उपकरण, औजार र मेसिनरीहरूको लगत विवरण तयार पार्न जिम्मेवारी तोकेपछि अनियमितताका शृङ्खलाहरू बाहिर आउन थालेका हुन् । कर्मचारीहरूका अनुसार, यदि अख्तियारले विस्तृत छानबिन गरेमा धेरै व्यक्तिहरू तानिने सम्भावना रहेको छ ।

अस्पतालका निमित्त मेसु डा। प्रकाश ढकालले अख्तियारबाट लिफ्टलगायत भवन निर्माणबारे जवाफ माग गर्दै पत्र आएको पुष्टि गर्नुभयो । उहाँका अनुसार, उक्त भवन निर्माण कार्य भवन पूर्वाधार कार्यालयको जिम्मेवारीमा रहेकोले सोही कुरा उल्लेख गरी जवाफ पठाउने तयारी भइरहेको छ । ढकालले विगतमा भएको करोडभन्दा बढीको अनियमितताको आरोपबारे अस्पताल प्रशासनले आन्तरिक अनुसन्धान गरिरहेको समेत बताउनुभयो ।

१४ करोडको योजनामा लिफ्टका लागि दुई करोडभन्दा बढी रकम भुक्तानी भइसक्दा पनि लिफ्ट सञ्चालनमा छैन । बिरामीहरू दोस्रो र तेस्रो तल्लामा कठिनाईपूर्वक हिँड्न बाध्य छन् । मर्मत सम्भारको म्याद सकिँदै गर्दा यसको भार कसले बेहोर्ने भन्ने प्रश्न उठेको छ ।

६० लाख मूल्य बराबरको अत्याधुनिक एक्स–रे मेसिन खरिद गरी दाखिला गरिए पनि यो मेसिन सुरुदेखि नै सञ्चालनमा आएको छैन । स्रोतका अनुसार, मेसिन बनाउनै नसक्ने अवस्थाको भए पनि सप्लायर्सले लागत निकाल्ने योजनाअनुसार सरकारी अस्पतालमा थन्काएको आरोप छ ।

करोडौँ मूल्यका औजार र उपकरणहरू स्टोरमा त्यसै थन्किएका छन् । कतिपय सामग्रीको विल र आवश्यक कागजात नै भेटिएको छैन । प्रयोग नहुँदै सर्जिकल सामग्रीहरू खिया लागेर नष्ट हुने अवस्थामा पुगेका छन् ।

स्वास्थ्य बीमाको रकममध्ये ४१ लाख रुपियाँ माग नै नगरिएको र किन माग गरिएन भन्ने प्रश्न अनुत्तरित रहेको छ । अस्पतालका कनिष्ठ कर्मचारीहरूले अनियमिततामा व्यवस्थापन र प्रशासनका साथै मन्त्रालय तथा निर्देशनालयसम्मको पहुँचको भूमिका रहेको आशङ्का व्यक्त गरेका छन् । नागरिक समाजले यस्ता ठुला आर्थिक नोक्सानी हुने गरी भएको अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन तहका सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेका कामको समीक्षा हुन्छ: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचन...

चुनावी परिणाम र पार्टीको वर्तमान अवस्थाबारे आत्मसमीक्षा अपरिहार्य: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालको अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै चुनावी पराजयका कारणहरूको निर्मम मूल्यांकन ...

राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा चोर्ने पाँच जना पक्राउ

काठमाडौं । अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री–वितरण तथा सञ्चय गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनु...

सप्तरीमा गर्मीको कहर, अस्पतालमा बिरामीको चाप बढ्यो

सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ ।  सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...

वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिन नसक्दा राष्ट्रियसभाको भूमिका स्वत: समाप्त

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...

नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...

एक महिनादेखि सम्पर्कविहीन सशस्त्रका असई र युवती झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...

समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending