Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि तातोपानी नाकाको कोदारी सडकखण्ड सञ्चालनमा आएको छ।

भोटेकोशी गाउँपालिका–२ अन्तर्गत १० किलो, कोप्लाङ, घट्टेखोला र कोदारीस्थित इको पहिरो क्षेत्रका स्थानीय बासिन्दाले मङ्सिर २० गतेदेखि पहिरो दीर्घकालीन रूपमा नियन्त्रण र बस्ती संरक्षणको माग गर्दै तातोपानी नाका सडक अवरुद्ध गरेका थिए। लिपिङलगायत क्षेत्रका पहिरोपीडितले सरकारको ध्यानाकर्षण गराउन बाध्य भएर सडक बन्द गर्नुपरेको बताएका थिए।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा पहिरोपीडित स्थानीयले सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारी तथा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलासँग बिहीबार र शुक्रबार वार्ता गरेका थिए। वार्तामा सरकारले दुई महिनाभित्र इको पहिरो दीर्घकालीन रूपमा नियन्त्रण गर्ने र पहिरोमाथि तथा आसपासका बस्ती संरक्षणका काम थाल्ने सहमति गरेपछि सडक खोलिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कोदारी सडकखण्डको इको पहिरो हरेक वर्ष बर्खायाममा सक्रिय हुने र डोजर तथा स्काभेटर प्रयोग गरेर अस्थायी रूपमा पन्छाउँदा पहिरोमाथि र आसपासका बस्ती झनै जोखिममा पर्ने अवस्था सिर्जना हुँदै आएको थियो। यस कारण हिउँद याममै दीर्घकालीन समाधान खोज्न स्थानीयले पटक–पटक सरकारलाई आग्रह गर्दै आएका थिए। तर सम्बन्धित निकायबाट सुनुवाइ नभएपछि उनीहरूले सडक अवरुद्ध गर्नुपरेको स्थानीयको भनाइ छ।

यसअघि असोज २ गते वडाध्यक्ष श्रेष्ठको रोहबरमा सडक विभागका महानिर्देशक विजय जैसी, प्रमुख जिल्ला अधिकारी बाँस्तोला र पहिरोपीडितबीच कात्तिक मसान्तसम्म ठेक्का आह्वान गरी काम सुरु गर्ने सहमति भएको थियो। तर सोअनुसार ठेक्का आह्वान नभएपछि पीडितले पुनः सडक बन्द गरेका थिए।

हाल सरकारले इको पहिरो दीर्घकालीन नियन्त्रणका लागि ४८ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरी ठेक्का आह्वान गरेपछि पीडितहरू सडक खुलाउन सहमत भएका हुन्। समयमै ठेक्का सम्झौता भई पहिरो नियन्त्रण तथा बस्ती संरक्षणको काम अघि बढ्ने विश्वाससहित सडक खुला गरिएको स्थानीयले बताएका छन्।

इको पहिरोमाथि चौकीडाँडा, लालवीरचोक, मिलनबजार, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तृङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बालगायत क्षेत्रमा करिब चार सय घरधुरीसँगै धार्मिक तथा पर्यटकीय संरचना रहेका छन्।

सरकारी पक्ष र पीडितबीच सहमति जुटेसँगै तिब्बतको खासा, रमितेलगायत स्थानमा रोकिएका मालबस्तु बोकेका कन्टेनर तातोपानी नाका हुँदै भन्सार जाँचपासका लागि आउन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending