Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि तातोपानी नाकाको कोदारी सडकखण्ड सञ्चालनमा आएको छ।

भोटेकोशी गाउँपालिका–२ अन्तर्गत १० किलो, कोप्लाङ, घट्टेखोला र कोदारीस्थित इको पहिरो क्षेत्रका स्थानीय बासिन्दाले मङ्सिर २० गतेदेखि पहिरो दीर्घकालीन रूपमा नियन्त्रण र बस्ती संरक्षणको माग गर्दै तातोपानी नाका सडक अवरुद्ध गरेका थिए। लिपिङलगायत क्षेत्रका पहिरोपीडितले सरकारको ध्यानाकर्षण गराउन बाध्य भएर सडक बन्द गर्नुपरेको बताएका थिए।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा पहिरोपीडित स्थानीयले सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारी तथा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलासँग बिहीबार र शुक्रबार वार्ता गरेका थिए। वार्तामा सरकारले दुई महिनाभित्र इको पहिरो दीर्घकालीन रूपमा नियन्त्रण गर्ने र पहिरोमाथि तथा आसपासका बस्ती संरक्षणका काम थाल्ने सहमति गरेपछि सडक खोलिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कोदारी सडकखण्डको इको पहिरो हरेक वर्ष बर्खायाममा सक्रिय हुने र डोजर तथा स्काभेटर प्रयोग गरेर अस्थायी रूपमा पन्छाउँदा पहिरोमाथि र आसपासका बस्ती झनै जोखिममा पर्ने अवस्था सिर्जना हुँदै आएको थियो। यस कारण हिउँद याममै दीर्घकालीन समाधान खोज्न स्थानीयले पटक–पटक सरकारलाई आग्रह गर्दै आएका थिए। तर सम्बन्धित निकायबाट सुनुवाइ नभएपछि उनीहरूले सडक अवरुद्ध गर्नुपरेको स्थानीयको भनाइ छ।

यसअघि असोज २ गते वडाध्यक्ष श्रेष्ठको रोहबरमा सडक विभागका महानिर्देशक विजय जैसी, प्रमुख जिल्ला अधिकारी बाँस्तोला र पहिरोपीडितबीच कात्तिक मसान्तसम्म ठेक्का आह्वान गरी काम सुरु गर्ने सहमति भएको थियो। तर सोअनुसार ठेक्का आह्वान नभएपछि पीडितले पुनः सडक बन्द गरेका थिए।

हाल सरकारले इको पहिरो दीर्घकालीन नियन्त्रणका लागि ४८ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरी ठेक्का आह्वान गरेपछि पीडितहरू सडक खुलाउन सहमत भएका हुन्। समयमै ठेक्का सम्झौता भई पहिरो नियन्त्रण तथा बस्ती संरक्षणको काम अघि बढ्ने विश्वाससहित सडक खुला गरिएको स्थानीयले बताएका छन्।

इको पहिरोमाथि चौकीडाँडा, लालवीरचोक, मिलनबजार, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तृङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बालगायत क्षेत्रमा करिब चार सय घरधुरीसँगै धार्मिक तथा पर्यटकीय संरचना रहेका छन्।

सरकारी पक्ष र पीडितबीच सहमति जुटेसँगै तिब्बतको खासा, रमितेलगायत स्थानमा रोकिएका मालबस्तु बोकेका कन्टेनर तातोपानी नाका हुँदै भन्सार जाँचपासका लागि आउन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE