Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

खबरडबली संवाददाता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । बालविकासदेखि नै नयाँ विद्यार्थी भर्नाका लागि आउँदा कतिपय विद्यालयले शुल्क उठाउने गरेको भेटिएको हो ।

गाउँपालिकाभित्रका अधिकांश विद्यालयले कक्षा ६ देखि भने अभिभावक सेवा शुल्क भन्दै मासिक शुल्क उठाउने गरेका छन् । कक्षा ९ भन्दा माथिल्लो कक्षा सञ्चालन भएका सबै विद्यालयले शुल्क उठाइरहेका छन् ।

जानकी–९ मा रहेको हिमालय माध्यमिक विद्यालयले बालविकासमा नयाँ विद्यार्थी भर्ना हुँदा होस् वा अन्य कक्षामा भर्ना हुँदा पहिलोपटक शुल्क उठाउने गरेको प्रधानाध्यापक खगेन्द्रराज ओझाले बताए । “पहिलोपटक भर्ना हुँदा शुल्क लाग्छ । बाँकी कक्षा ६ बाट मासिक शुल्क विद्यालयले उठाउँदै आएको छ,” उनी भन्छन्, “गाउँपालिकाले दिएको अनुदानले शिक्षक व्यवस्थापन गर्न नसकेपछि थप स्रोत जुटाउन त्यसो गर्नुपरेको हो ।”

नेपालको संविधानमा ‘कक्षा ८ सम्म निःशुल्क तथा अनिवार्य शिक्षा’को व्यवस्था संविधानको धारा ३१ शिक्षासम्बन्धी हकमा उल्लेख गरिएको छ । उक्त व्यवस्थाअनुसार कक्षा ८ सम्म विद्यार्थीबाट कुनै पनि शुल्क लिन पाइँदैन । विद्यालयले गाउँपालिकाको सहयोगमा व्यवस्थापन गरिएका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन विद्यालय सेवा शुल्क भनेर विद्यार्थीबाट शुल्क लिने गरेको शिक्षकहरू बताउँछन् ।

कतिपय माध्यमिक तहसम्मको अध्यापन हुँदै आएको विद्यालयले भने कक्षा ९ र १० का विद्यार्थीबाट मात्र शुल्क उठाउने गरेका छन् भने आधारभूत तहको ६ देखि ८ कक्षासम्म अध्यापन गराउँदै आएका विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शुल्क उठाइरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयले विद्यार्थीबाट शुल्क उठाउने कुरा थाहा नभएको बताए । “गाउँपालिकालाई विद्यालयले विद्यार्थीबाट पैसा उठाउने विषय जानकारीमा छैन,” उनले भने, “कसैबाट गुनासो पनि आएको छैन, गुनासो आएपछि हामी त्यसलाई नियमन गर्छौँ ।”

गाउँपालिकामा ३३ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ४७ जना शिक्षक गाउँपालिकाको सीमित स्रोतमा व्यवस्थापन गरिएका छन् । जसमा प्रावि तहमा १७, निमाविमा २५ र मावि तहमा चार जना शिक्षक कार्यरत छन् । गाउँपालिकाले प्रावि तहका शिक्षकलाई रु नौ हजार, निमाविलाई रु ११ हजार र माविलाई रु १३ हजार मासिक रकम उपलब्ध गराउँदै आएको छ ।

“हामीले गाउँपालिका अनुदान भनेर शिक्षक व्यवस्थापन गरेका छैनौँ । सहयोग भनेर शिक्षक सङ्ख्याका आधारमा विद्यालयलाई भुक्तानी दिने गरेका छौँ ।” गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले भने, “विद्यालयले विद्यार्थीबाट शुल्क उठाउने कुरा मौखिक सुन्नमा आए पनि आधिकारिक जानकारीमा छैन ।”

कतिपय विद्यालयले गाउँपालिकाले उपलब्ध गराउने रकमबाट मात्र पनि शिक्षक व्यवस्थापन गरेको पाइएको छ । वडा नं १ स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक कमानसिंह धामीले विद्यार्थीबाट कुनै शुल्क विद्यालयले नलिएको उल्लेख गर्दै विद्यालयमा कार्यरत दुई जना प्रावि शिक्षकले मासिक रु नौ हजार तलबभत्तामा काम गरिरहेको जानकारी दिए ।

शिक्षा शाखा प्रमुख कपाडीले गाउँपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा यसअघि विद्यालय समायोजन र शिक्षक दरबन्दी हेरफेर गर्दा अदालतले रोक लगाएको उल्लेख गर्दै कैयौँ विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी भएको जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending