काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा युरोपेली नेताहरूसँग हुने भेटघाटलाई अत्यन्तै महत्त्वपूर्ण भएको उल्लेख गरे । गत महिना ट्रम्पले सार्वजनिक गर्नुभएको युद्ध अन्त्यसम्बन्धी योजनामा युक्रेनले केही भूभाग त्याग्नुपर्ने सङ्केत रहेको भन्दै आलोचना हुँदै आएको छ ।
यसैबिच, वासिङ्टनले किएभमाथि सम्झौतामा पुग्न दबाब बढाइरहेको बताइन्छ । उक्त प्रस्तावपछि अमेरिका र युक्रेनका युरोपेली साझेदारहरूबीच कूटनीतिक गतिविधि तीव्र भएको छ र युक्रेनी अधिकारीहरूले त्यसको संशोधित प्रस्ताव हालै वासिङ्टन पठाइसकेको जनाएका छन् ।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले संशोधित प्रस्तावमा अमेरिकाबाट औपचारिक प्रतिक्रिया नआए पनि आवश्यक सबै सङ्केतहरू प्राप्त भइरहेको बताए ।
“बर्लिनमा हुने शिखर वार्ता अत्यन्तै महत्त्वपूर्ण छ । हामी अमेरिकी र युरोपेली दुवै पक्षसँग आज र भोलि बर्लिनमै भेट गर्दैछौँ”, उनको भनाइ थियो ।
ह्वाइट हाउसका एक अधिकारीले एएफपीलाई बताएअनुसार ट्रम्पका दूत स्टिभ विटकफले शान्ति वार्ताको अवस्थाबारे छलफल गर्न यस सप्ताहन्तमा जेलेन्स्की र युरोपेली नेताहरूसँग भेट गर्नेछन् ।
जेलेन्स्कीले शान्ति योजनाले निष्पक्षता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै भने, “सबैभन्दा पहिले यो युक्रेनका लागि न्यायोचित हुनुपर्छ, किनकि युद्धको सुरुआत रुसले गरेको हो ।”
सन् २०२२ मा रुसले आक्रमण गरेयता दशौँ हजार मानिसको ज्यान लिएको युद्ध अझै जारी छ । पछिल्लो प्रयासकाबिच युक्रेनले नयाँ रूसी हवाई आक्रमणको रिपोर्ट गरेको छ ।
युक्रेनी वायु सेनाका अनुसार रुसले रातारात १३८ वटा ड्रोन र एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । खेरसनमा रहेको एक अस्पतालमा ड्रोन प्रहार हुँदा एक नर्ससहित दुई जना घाइते भएका छन् भने जापोरिझिया क्षेत्रमा भएको आक्रमणमा सात जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: