कम्बोडिया । कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्धविराम गर्ने सहमति भएको बताएपनि थाइ प्रधानमन्त्रीले यसलाई खण्डन गर्दै लडाईँ जारी रहेको बताएका छन् ।
औपनिवेशिक कालको ८०० किलोमिटर (५०० माइल) लामो सीमामा सीमाङ्कन विवादका कारण जारी द्वन्द्वले लगभग आठ लाख मानिसहरूलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन्।
“लडाइँ जारी रहेकोमा मलाई दुःख लागेको छ । म यहाँ छ दिनदेखि बस्दै आएको छु,” ६३ वर्षीय सिन लीपले आइतबार कम्बोडियाको सीमावर्ती प्रान्त बेन्तेय मिनचेयस्थित एक उद्धार केन्द्रमा एएफपीसँग बताए ।
“म लडाईँ बन्द होस् भन्ने चाहन्छु,” आफ्नो घर र गाईवस्तुको बारेमा चिन्तित उनले भने । आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ जसमा १४ थाई सैनिक र ११ जना कम्बोडियाली नागरिक रहेका छन् ।
दुवै पक्षले एक–अर्कालाई झडप भड्काएको, सर्वसाधारणमाथि आक्रमण गरेको र आत्मरक्षाको लागि लडिरहेको दाबी गरेका छन् ।
यसअघि युद्धविराम र थपसम्झौताको समर्थन गरेका ट्रम्पले शुक्रबार दक्षिणपूर्वी एसियाली छिमेकीहरू लडाइँ रोक्न सहमत भएको बताएका थिए ।
थाई नेताहरूले युद्धविरामको कुनै सम्झौता नभएको बताएका छन् र दुवै देशका सरकारले आइतबार बिहान झडप जारी रहेको बताएका छन्।
थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरसन्त कोङसिरीले कम्बोडियाले शनिबार रातिदेखि कैयौँ सीमावर्ती प्रान्तहरूमा बमबारी गरेको बताए । प्रवक्ता कोङसिरीले कम्बोडियाले कैयौँ सीमावर्ती प्रान्तहरूमा आइतबार पनि बमबारी र गोलाबारी गरेको जानकारी दिए ।
त्यसैगरी, कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचिताले थाइल्यान्डले मध्यरातदेखि नै सीमावर्ती क्षेत्रमा मोर्टार र बम प्रहार जारी राखेको बताएका छन्। ट्रम्पको बाचा अनुसार युद्धविरामको सम्झौता पूरा नभएपछि कम्बोडियाले शनिबार थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको छ ।
कम्बोडियाको बेन्तेय मिन्चेयेमा उद्धार स्थलमा अस्थायी पालमुनि बसिरहेकी एक शरणार्थी चेभ सोकुनले थाइल्यान्डमा रहेका आफ्ना श्रीमान् घर फर्कन चाहेको एएफपीसँग बताएका छन्।
सोकुन र उनका छोराले जुलाईमा भएको घातक झडपका क्रममा दशौं हजार अन्य कम्बोडियाली आप्रवासी कामदारहरूसँगै थाइल्यान्ड छोडेका थिए, तर उनकी श्रीमती आफ्नो ‘सहयोगी थाई मालिक’ सँग मालीको रूपमा काम गर्न बसेका थिए ।
प्रान्तको सीमापारि ३८ वर्षीय संगीत शिक्षक वट्टानाचाई कामङ्गमले एएफपीसँग भने, “आइतबार बिहानै अँध्यारो आकाशमा कैयौँ रकेट चलेको देखिन्थ्यो ।” लडाइँकाबीच थाई सेनाले सा काइओ र त्राट प्रान्तका केही भागहरूमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रातभर कफ्र्यु लगाएको छ । संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय समूह आसियानको अध्यक्षका रूपमा मलेसियाले जुलाईमा युद्धविरामको मध्यस्थता गरेका थिए।
गत अक्टोबरमा ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको संयुक्त घोषणालाई समर्थन गर्दै युद्धविरामलाई लम्ब्याउन सहमति जनाएपछि नयाँ व्यापार सम्झौताको घोषणा गरेका थिए तर थाई सैनिकहरू सीमामा बारुदी सुरुङमा घाइते भएपछि थाइल्यान्डले अर्को महिना यो सम्झौता स्थगित गरेको थियो।
ट्रम्पले गत हप्ता युद्धविरामलाई पुनः सही मार्गमा ल्याउन आफूले ‘केही फोन कल’ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चर्नभिराकुलले शनिबार टेलिफोन गरेर ट्रम्पले युद्धविराम गर्ने वा नगर्ने भन्ने कुरा उल्लेख नगरेको बताएका थिए । अनुतिनले ट्रम्पले अमेरिका–थाइल्यान्ड व्यापार वार्तालाई सीमा द्वन्द्वसँग जोड्ने कुनै सङ्केत नदेखिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: