मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो ।
मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो सातामा परेको बेमौसमी वर्षाले पाक्दै गरेको धानमा क्षति पुगेका कारण उत्पादन घटेको प्रारम्भिक आकलन गरिएको छ । उनका अनुसार गत वर्ष जिल्लामा तीन लाख ३९ हजार ३ दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टनमा सीमित भएको छ ।
उत्पादनसँगै उत्पादकत्वमा पनि सामान्य गिरावट देखिएको छ । गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएको मोरङमा यस वर्ष प्रतिहेक्टर चार दशमलव ८५ मेट्रिक टन मात्रै उत्पादन भएको तथ्याङ्क छ । यस वर्ष जिल्लामा कुल ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।
कृषिविज्ञ राजेन्द्र उप्रेतीका अनुसार खेतीयोग्य जमिन आसपासका खोलानाला मासिँदै जाँदा पानीको निकास हुन नसकेको र त्यसको असर पाकेको धानमा परेका कारण उत्पादन घटेको हुनसक्छ । “धान उत्पादन राम्रो देखिए पनि थन्क्याउने समयमा परेको बेमौसमी वर्षाले ठूलो क्षति पुर्याएको छ,” उनले बताए ।
धान उत्पादन घटेसँगै बजार मूल्यमा समेत गिरावट आएको छ । बेलबारी नगरपालिका–११ भाङबारीका किसान वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा लगाएको धानखेतीमध्ये करिब ९० मन धान बेमौसमी वर्षाका कारण नोक्सान भएको बताए । उत्पादन घट्नुका साथै धानको मूल्य पनि घटेकाले किसान थप चिन्तित बनेको उनको भनाइ छ ।
खत्रीका अनुसार यस वर्ष धानको बजार मूल्य प्रतिमन एक हजार २०० देखि एक हजार ३०० रुपैयाँसम्म मात्र रहेको छ । गत वर्षको सोही अवधिमा धान प्रतिमन एक हजार ७०० देखि एक हजार ८०० रुपैयाँसम्म कारोबार भएको थियो ।
किसानहरू उत्पादन लागत बढ्दै जानु र बजार मूल्य घट्नुले धानखेतीप्रति निराशा बढ्दै गएको बताउँछन् । उनीहरूले बेमौसमी वर्षाबाट हुने क्षति न्यूनीकरण, उचित निकास व्यवस्थापन र न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: