मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो ।
मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो सातामा परेको बेमौसमी वर्षाले पाक्दै गरेको धानमा क्षति पुगेका कारण उत्पादन घटेको प्रारम्भिक आकलन गरिएको छ । उनका अनुसार गत वर्ष जिल्लामा तीन लाख ३९ हजार ३ दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टनमा सीमित भएको छ ।
उत्पादनसँगै उत्पादकत्वमा पनि सामान्य गिरावट देखिएको छ । गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएको मोरङमा यस वर्ष प्रतिहेक्टर चार दशमलव ८५ मेट्रिक टन मात्रै उत्पादन भएको तथ्याङ्क छ । यस वर्ष जिल्लामा कुल ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।
कृषिविज्ञ राजेन्द्र उप्रेतीका अनुसार खेतीयोग्य जमिन आसपासका खोलानाला मासिँदै जाँदा पानीको निकास हुन नसकेको र त्यसको असर पाकेको धानमा परेका कारण उत्पादन घटेको हुनसक्छ । “धान उत्पादन राम्रो देखिए पनि थन्क्याउने समयमा परेको बेमौसमी वर्षाले ठूलो क्षति पुर्याएको छ,” उनले बताए ।
धान उत्पादन घटेसँगै बजार मूल्यमा समेत गिरावट आएको छ । बेलबारी नगरपालिका–११ भाङबारीका किसान वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा लगाएको धानखेतीमध्ये करिब ९० मन धान बेमौसमी वर्षाका कारण नोक्सान भएको बताए । उत्पादन घट्नुका साथै धानको मूल्य पनि घटेकाले किसान थप चिन्तित बनेको उनको भनाइ छ ।
खत्रीका अनुसार यस वर्ष धानको बजार मूल्य प्रतिमन एक हजार २०० देखि एक हजार ३०० रुपैयाँसम्म मात्र रहेको छ । गत वर्षको सोही अवधिमा धान प्रतिमन एक हजार ७०० देखि एक हजार ८०० रुपैयाँसम्म कारोबार भएको थियो ।
किसानहरू उत्पादन लागत बढ्दै जानु र बजार मूल्य घट्नुले धानखेतीप्रति निराशा बढ्दै गएको बताउँछन् । उनीहरूले बेमौसमी वर्षाबाट हुने क्षति न्यूनीकरण, उचित निकास व्यवस्थापन र न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: