काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ ।
बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता दिनभरि नै भरिभराउ देखिन्छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले तीन–चार दिनदेखि पार्टी कार्यालयमा भिडभाड बढेको बताए ।
“बिहान ८ बजेदेखि पार्टी कार्यालयमा नेता र प्रतिनिधिको चहलपहल हुन्छ”, उनले भने, “काठमाडौँ आएका प्रतिनिधिले एकापसमा पार्टी नेतृत्वबारे छलफल र उम्मेदवारका विषयमा छलफल गर्ने गरेका छन् ।” उनले पार्टी कार्यालयमा महाधिवेशनमा अन्य कामसमेत भइरहेकाले देशभरिबाट आएका प्रतिनिधिले पार्टी कार्यालयको रौनक नै थपेको बताए।
उनका अनुसार महाधिवेशनमा सहभागी हुने करिब ७५ प्रतिशतभन्दा बढी काठमाडौँ आइसकेका छन् । महाधिवेशनमा करिब दुई हजार दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरस्थित सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको तयारीको अन्तिम चरणमा पुगेको छ । एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १३ समिति गठन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - २०:२०
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...
मंसिर २६ गते, २०८२ - २०:१७
नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...
मंसिर २६ गते, २०८२ - २०:१४
बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...
मंसिर २६ गते, २०८२ - २०:०७
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...
मंसिर २६ गते, २०८२ - २०:०४
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...
मंसिर २६ गते, २०८२ - २०:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...
मंसिर २६ गते, २०८२ - १९:५७
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...
मंसिर २६ गते, २०८२ - १९:५१
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...
मंसिर २६ गते, २०८२ - १९:४६
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । ब...
मंसिर २६ गते, २०८२ - १९:३८
बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...




प्रतिकृया लेख्नुहोस्: