Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कांग्रेसद्वारा उदयपुरको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस

खबरडबली संवाददाता

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमितिका सभापति हिमाल कार्कीका अनुसार क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएका उम्मेदवारको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गरिएको हो।

आज बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ६ जना, समानुपातिकमा ४ जना र राष्ट्रिय सभामा ९ जानको नाम सिफारिस गरेको कार्कीले जानकारी दिए।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा डा. नारायण खड्का, विदुर बस्नेत र लक्ष्मी परियार रहेका छन्। खड्का निर्वतमान प्रतिनिधिसभा सदस्य पनि हुन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को लागि संजिव थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुंगानाको नाम सिफारिस गरिएको सभापति कार्कीले जानकारी दिए।

समानुपातिकतर्फ नारायणबहादुर कार्की, सत्यनारायण चौधरी, सिता राई र रामकुमारी साहको नाम सिफारिस गरिएको छ। यसैगरी, राष्ट्रिय सभा निर्वाचनको लागि जिल्लाबाट नौजनाको नाम सिफारिस भएको छ। जसमा हेरम्बबहादुर थापा, अर्जुनकुमार खड्का, प्रर्मिला राई, भोजराज खतिवडा, गोविन्द चाम्लिङ, जयजन्म राई, सुमन परियार, हिरामान मोते, सन्जा दनुवार छन्। सिफारिस भएका सबै पुरानै नेताहरु हुन्।

कार्कीले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक अनि राष्ट्रिय सभामा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका नामहरु आगामी दिनमा हुने स्थानीय तह र प्रदेश सभा निर्वाचनमा सिफारिस नगरिने बताए। उनले भने, ‘हामीले पार्टीमा योगदान, जनमतलगायत सबै पक्षको अध्ययन गरेर सिफारिस गरेका छौँ। भोलिका दिनमा हुने स्थानीय तह र प्रदेशसभा निर्वाचनमा अहिले सिफारिस भएका नामहरु सिफारिस हुने छैनन्।’

बैठकले पार्टी केन्द्रको केन्द्रीय १५ औं महाधिवेशन समयमै सम्पन्न गराउन जिल्लामा हुने सम्पूर्ण कामहरु समयमै गर्न पनि निर्णय गरेको छ। उनले भने, ‘क्षेत्रीय समितिहरुले कारवाहीमा परेका व्यक्तिको नाम सिफारिस गरेर जिल्लामा पठाएका छन्। त्यस्ता क्षेत्रीय समितिलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको छ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending