Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

खबरडबली संवाददाता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा विस्तार कार्यलाई तीव्रता दिने भएको छ ।

सडक विभागको आयोजना निर्देशनालय एडीबीले एक सार्वजनिक सूचना जारी गर्दै एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित विभिन्न सडक आयोजनाहरूको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

निर्देशनालयकाअनुसार पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत मुग्लिन बजारदेखि त्रिशुली पारी (गोरखा तर्फ) बाट मर्स्याङ्दी जलविद्युत आयोजनाभन्दा पश्चिमसम्म २ लेनको नयाँ सडक निर्माण गरिनेछ । साथै, सो स्थानभन्दा पश्चिम आबुँखैरेनीसम्मको हालको राजमार्गलाई चौडा गरी ४ लेनको बनाइने योजना रहेको छ ।

यस्तै महेन्द्र राजमार्ग अन्तर्गतको नारायणगढ–हेटौँडा सडक खण्डमा पनि व्यापक स्तरोन्नति हुने भएको छ। विशेष गरी गोन्द्राङ्ग–टिकौली जंगल क्षेत्रमा २ किलोमिटर लामो ‘फ्लाइओभर’  निर्माण गरिने भएको छ ।

गोन्द्राङ्ग–टिकौली जंगल मा २ किलोमिटरको फ्लाइओभर सहित राप्ती नदी पुलसम्म खुला तथा जंगल क्षेत्रमा ४ लेन सडक सहित विस्तार गरिनेछ । साथै बस्ती तथा बसोबास क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप १/१ लेनको सर्भिस लेन र शहरी क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप २/२ लेनको सर्भिस लेन, ड्रेन, फुटपाथ, पैदलयात्रु हिँड्ने पुल र सवारी साधन वारपार गर्ने पुलहरू निर्माण गरिने जनाएको छ । 

सडक विस्तार र स्तरोन्नतिको कार्य सुरु भइसकेको भन्दै आयोजना निर्देशनालयले सडकको सीमा अतिक्रमण गरी घर, टहरा तथा अन्य संरचना निर्माण नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

सहज निर्माण कार्यका लागि सडक क्षेत्रमा पर्ने विद्युत् पोल, ढल, खानेपानी एवम् अन्य सार्वजनिक संरचनाहरू स्थानान्तरण गर्न र थप संरचना नबनाउन सम्बन्धित सबैमा सूचनामार्फत आग्रह गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानव अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्न माग गर्दै नागरिक समाजकाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...

ताप्लेजुङमा अवैध ६ सय केजी बढी माछा नष्ट

ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...

जेनजी प्रदर्शनमा आयोग जोगाउने सशस्त्र प्रहरी सम्मानित

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी इन्जिनियरको नियुक्ति लिएको आरोपमा मुद्दा

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

पाँचथरमा प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...

यस वर्ष बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

रामेछापका किसानमा जुनार खेतीमा आकर्षण

रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending