रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर २२ गते अधिकारीको सरुवा गरेको हो। उनी मंसिर १ गते मात्रै खाँडादेवी गाउँपालिकामा हाजिर हुन पुगेका थिए।
यसअघि खाडाँदेवी गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत शिशिर उपाध्याय ८ महिनामै सरुवा भए। त्यसअघिका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत पनि ७ महिनामै अन्यन्त्र सरुवा भएका थिए। प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने रामेछापका स्थानीय तहहरुमध्ये खाँडादेवी गाउँपालिका पनि एक हो।
प्रमुख प्रशासकीय अधिकृत टिक्दै नटिक्ने गाउँपालिका दोरम्वा शैलुङ पनि हो। यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निमित्तले चलाइरहेका देशभरका पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएकी थिइन्। उनले पठाएको अधिकृत हाजिर भएको दुई हप्ता पनि नबसी अन्यत्र सरुवा भए। अहिले यहाँ दुई वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा सोही गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुमार महत्तोले चलाउँदै आएका छन्।
जिल्लाका आठ स्थानीय तहहरुमध्ये उमाकुण्ड गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन्। यसअघि उमाकुण्ड आएका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी तीन महिना, जितबहादुर श्रेष्ठ तीन महिना, अभिजित सुनुवार दुई महिना र सुनिता अर्याल दुई महिनामै अन्यत्र सरुवा मिलाएर हिँडेका थिए।
सो गाउँपालिकामा हाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनेन्द्र भुजेल दुई हप्ताअघि हाजिर भएका छन्। उनी पनि यसअघि रामेछापको सुनापति र लिखु तामाकोशी गाउँपालिकामा केही समय काम गरेर बाहिरिएका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...
मंसिर २५ गते, २०८२ - १८:०६
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...
मंसिर २५ गते, २०८२ - १८:०३
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - १७:५९
रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...




प्रतिकृया लेख्नुहोस्: