भोजपुर । पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।
धार्मिक, सांस्कृतिक तथा आन्तरिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रलाई आकर्षक रूपमा विकास गर्न स्थानीय तहले निरन्तर सक्रियता बढाएको हो ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरेपछि ठेक्का खारेज गरी नयाँ प्रक्रियाबाट थप संरचना निर्माण अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
ठेकेदारका कारण निर्माणको काम अधुरो बनेपछि आवश्यक संरचना निर्माण गर्न आम नागरिकलाई सहयोगका लागि आह्वान गरिएको अध्यक्ष राईले बताउए । यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्र विकासमा नागरिकस्तरबाट पनि सहयोग प्राप्त हुन थालेको अध्यक्ष राईको भनाइ छ ।
“केन्द्र सरकारसँग मिलेर हामीले यो धार्मिक क्षेत्रको संरक्षण थालेका हौँ”, अध्यक्ष राईले भने, “पोखरी संरक्षणसँगै घेराबारको काम सकिएको छ, पोखरी वरपर थप संरचना निर्माणका लागि स्थानीय नागरिकलाई सहयोगका लागि आग्रह गरेका छौँ, सहयोगसमेत प्राप्त भइरहेको छ ।”
गाउँपालिकाले च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर क्षेत्रलाई छिटो सम्पन्न गरी पौवादुङमालाई आकर्षक धार्मिक तथा आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिकाले सहयोगको लागि आह्वान गरेसँगै पोखरी परिसरमा फलामबाट निर्मित आराम बेन्च स्थापनाका लागि दलबहादुर थापा, काजीमान थापा, ज्ञानु राई, दिपेन पोमु, सन्तवीर लिम्बू (सन्तोष तिगेला), योगराज गाउँले, मनोज राई, दिपेनकुमार खत्री, सन्तोष चाम्लिङ, भक्तजङ राई, पवित्रा भुजेल, पुष्प धिमाल, गीता ढकाल र जनक सापकोटालगायतले सहयोग गरेका छन् ।
गाउँपालिकाले उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी निर्माण कार्यमा समेत निरन्तर साथ–सहयोगको अपेक्षा राखेको छ । पञ्चकन्या क्षेत्रको समग्र विकासका लागि पञ्चकन्या मन्दिर, भोजपुर लिजेन्ड पार्क, च्याङ्गे पोखरी चिल्ड्रेन पार्क, खुल्ला व्यायामशाला, ढुङ्गाका धार्मिक मूर्ति तथा अन्य भौतिक संरचना क्रमशः निर्माण हुँदैछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...
मंसिर २५ गते, २०८२ - १८:०६
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...
मंसिर २५ गते, २०८२ - १८:०३
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - १७:५९
रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...
मंसिर २५ गते, २०८२ - १७:५३
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशास...
मंसिर २५ गते, २०८२ - १७:४९
बेइजिङ । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ...
मंसिर २५ गते, २०८२ - १७:४६
ढाका । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास...
मंसिर २५ गते, २०८२ - १७:४४
भोजपुर । पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढि...




प्रतिकृया लेख्नुहोस्: