Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

गुल्मीमा कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

खबरडबली संवाददाता

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरुले सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् ।

सरोकारवाला संस्थाद्वारा कफी कृषकसँग कफीखेती विस्तारका लागि गरिएको छलफल तथा अन्तर्क्रियामा कृषकले सहयोगको अपेक्षा गरेका हुन् ।

कफी विकास केन्द्र आपचौर, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र कफी अनुसन्धान कार्यक्रमको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । कफी विकास केन्द्रमा गरिएको कार्यक्रममा जिल्लामा पछिल्लो समयमा किसानमा कफीखेतीमा आकर्षण बढ्दै जान थाले पनि आशातित रुपमा कफीका बगैँचा सुक्दै जान थालेको बताइएको छ ।

कार्यक्रममा कफीविज्ञ तथा सरोकारवालाले कफी नेपालको महत्वपूर्ण नगदेवाली भएको औँल्याउँदै तीनै तहका सरकारले कफीखेतीमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

जिल्लामा कफीको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी निकाय तथा कफी सहकारी भए पनि उनीहरुबीच आपसी समन्वयको अभाव रहेको स्थानीय रुद्र खरेलले बताए । कफीमा काम गर्ने कार्यालय धेरै हुँदा पनि कफीखेतीमा कृषकहरुको सहभागिता घट्दै जान थालेको खरेलको भनाइ थियो ।

कफी अनुसन्धान कार्यक्रम बलेटक्सारका प्रमुख जनार्दन गौतमले विश्वमै स्वादका आधारमा नेपाली कफी सातौँ स्थानमा पर्ने हुँदा नेपालको कफीको विश्व बजारमा राम्रो माग भएको जानकारी गराएका थिए ।

उनले बाँझो जमिनमा समेत कफीखेती गरेर राम्रो आम्दानी लिन सकिने हुँदा यस क्षेत्रमा किसानलाई थप प्रोत्साहित गर्नुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले गुल्मीलाई चिनाउने मुख्य आधार कफी नै भएको भन्दै यसको व्यावसायिक उत्पादन र प्रवर्द्धनका लागि स्थानीय स्तरबाट नै सबै जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका सहभागी कफी कृषकले कफीको व्यावसायिक उत्पादनका लागि स्थानीय पालिकाले कृषकलाई टिकाइ राख्ने वातावरण बनाउन बिरुवा, छहारी व्यवस्थापन र प्राविधिक विषयमा स्थानीय तहले अनुदानका थप कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिएका थिए । 

किसानले प्रत्येक पालिकाले वार्षिक रुपमा कम्तीमा पाँच हजार कफीका बिरुवा रोपण कार्यक्रम अघि बढाउनुपर्ने, कफी उत्पादक कृषकले कफीखेतीमा देखिएका समस्या, प्राविधिक ज्ञान र बजार विस्तारसँगै ५० रोपनी जग्गामा कफी लगाउने कृषकलाई स्थानीय तहले प्रोत्साहनका प्याकेज अघि बढाउनुपर्ने धारणा राखेका थिए । 

मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले मुसिकोट नगरपालिकाले कफी कृषकका लागि उपलब्ध गराउँदै आएको अनुदानमा वृद्धि गर्दै लगेको भन्दै आगामी दिनमा यसको विस्तारका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

गुल्मीभित्र रहेका कफी किसानको सहभागिता रहेको उक्त कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवाल, कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धिताल, कफी विकास केन्द्र आपचौरका प्रमुख राहुल पाण्डेयले जिल्लामा कफीखेतीको वर्तमान अवस्था र यसका चुनौतीका बारेमा जानकारी गराएका थिए । 

नेपालमा कफी जननी जिल्ला गुल्मीमा अहिले २४१ हेक्टर क्षेत्रफलमा कफीखेती हुँदै आएको छ । जिल्लामा गत वर्ष ३० मेट्रिक टन कफी उत्पादन भएकामा आठ टन ग्रिनबिन मात्र तेस्रो मुलुकमा निर्यात भएको थियो । जिल्लामा एक हजार ८०० भन्दा बढी कृषक कफीखेतीमा आबद्ध बनेका छन् ।

पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कफी विकास केन्द्र, कफी अनुसन्धान कार्यक्रम, कफी सहकारी संस्थालगायत स्थानीय तहले समेत कफीखेतीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ताप्लेजुङमा अवैध ६ सय केजी बढी माछा नष्ट

ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...

जेनजी प्रदर्शनमा आयोग जोगाउने सशस्त्र प्रहरी सम्मानित

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी इन्जिनियरको नियुक्ति लिएको आरोपमा मुद्दा

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

पाँचथरमा प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...

यस वर्ष बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

रामेछापका किसानमा जुनार खेतीमा आकर्षण

रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...

रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनमै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशास...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending