दाङ । नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिएका थिए ।
विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर भाडामा लिएको उक्त जग्गाको सम्झौता २०८१ असार ३० गते सकिएको छ । सम्झौताको म्याद गुज्रेको एक वर्ष भइसक्दा पनि त्यहाँबाट भाडा आउन सकेको छैन । सोही जग्गाबाट रु ५६ लाख ६५ हजार भाडा तिर्न बाँकी रहेको विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए ।
उनका अनुसार सुरुको तीन वर्षसम्म डाँगीले बाख्रा पालन गरे । त्यसपछि उनले बाख्रा पालन गर्न छाडेर योगी आदित्यनाथ फाउन्डेशनलाई दिए । अहिले त्यो जग्गा सोही फाउन्डेशनले नै प्रयोग गर्दै आएको छ । त्यहाँ अहिले गौशाला सञ्चालनमा रहेको छ । सम्झौता सकिएकै एक वर्ष भइसकेको छ । सम्झौता भएअनुसार मात्रै भाडा लिन मिल्ने र सम्झौताभन्दा पछिको भाडा नमिल्ने भएकाले भाडा पनि लिइएको छैन ।
“सम्झौतासम्मको मात्रै भाडा लिन मिल्छ, तर अहिलेसम्म पनि प्रयोग भइरहेको छ, सम्झौताको मिति सकिएकै एक वर्ष भइसकेको छ”, रजिष्ट्रार अधिकारीले भने, “पछिल्लो एक वर्षको हिसाब नै भएको छैन ।” डाँगीसँगै वार्षिक रु पाँच लाख ४४ हजार भाडा रकम दिने सम्झौता भएको थियो । त्यो भाडामा वार्षिक १० प्रतिशत वृद्धि गर्ने सम्झौता भएको थियो । विश्वविद्यालयको केन्द्रीय कार्यालय र आवासगृह नजिकै गौशाला सञ्चालन गरेकाले वरिपरि मरेका गाइको गन्धले बस्नै नसक्ने अवस्था हुने उपकुलपति धनेश्वर नेपालले बताए ।
यसरी अटेर गरे कानुनी कारबाही अगाडि बढाउनुपर्ने उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । उक्त गौशाला सञ्चालन गर्दा रु एक करोडभन्दा बढी लगानी भएको भन्दै त्यो लगानी दिएमा उपमहानगरपालिकालाई हस्तान्तरण गरिदिने गौशालाका सञ्चालक भरतनाथ योगीले बताए। यो विषयमा आफूले प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा गरिसकेको उनको भनाइ छ ।
गाई संरक्षण गर्ने कुरा पवित्र उद्देश्यले नै सुरु गरिएको भए पनि यसलाई सञ्चालन गर्न निकै चुनौति रहेको उनको भनाइ छ । अहिले गौशालामा काम गर्नका लागि सात कर्मचारी राखेको समेत उनले बताए। अहिले त्यहाँ करिब ३०० गाई छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...
मंसिर २५ गते, २०८२ - १८:०६
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...
मंसिर २५ गते, २०८२ - १८:०३
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - १७:५९
रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...
मंसिर २५ गते, २०८२ - १७:५३
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशास...




प्रतिकृया लेख्नुहोस्: