Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

एमाले महाधिवेशनमा साँढे दुईहजार प्रतिनिधि सहभागी हुने

खबरडबली संवाददाता

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि संख्या औपचारिकरूपमा टुंगिएको छ । 

प्रतिनिधि व्यवस्थापन समितिको सोमबार बसेको बैठकले महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधिको संख्या २ हजार ४६३ रहने निष्कर्ष निकालेको हो । यससँगै महाधिवेशनको तयारी अन्तिम चरणमा प्रवेश गरेको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए ।

समितिका अनुसार देशभरका विभिन्न संरचनाबाट प्रतिनिधि छनोट प्रक्रिया पूरा भइसकेको छ । स्थानीय तहदेखि प्रदेश, विशेष क्षेत्र तथा पार्टी निकायहरूले पठाएको नामावली समेटेर जम्मा २ हजार १ सय ५४ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । यी प्रतिनिधिहरू मध्ये केही प्रत्यक्ष निर्वाचित, केही विशेष क्षेत्रका कोटाबाट तथा केही पदेन सदस्यका रूपमा रहनेछन् । अधिकारीका अनुसार प्रतिनिधि छनोट प्रक्रियामा पारदर्शिता, समावेशिता र संगठनात्मक नियमावलीको कडाइका साथ पालना गरिएको छ ।

यसका साथै, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्य पनि महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ । यी सल्लाहकारहरूको सहभागिताले संगठन निर्माण, नीति–कार्यक्रम तथा आगामी कार्यदिशा तय गर्न अनुभवजन्य विचारहरू प्रस्तुत गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

समग्रमा, महाधिवेशनको हलमा जम्मा २ हजार ४६३ जना सहभागी हुने तय भएपछि आवश्यक भौतिक तयारी, सुरक्षा व्यवस्था, बसोबास तथा व्यवस्थापनका अन्य पक्षलाई अन्तिमरूप दिन पार्टी जुटेको अधिकारीले बताए । उनका अनुसार, यस्तो ठूलो संख्यामा प्रतिनिधि सहभागिता सुनिश्चित गर्न आवश्यक समन्वय, आवागमन व्यवस्थापन र कार्यक्रम सञ्चालनका एजन्टाहरू समेत सक्रिय हुँदैछन् ।

एमालेको ११औँ महाधिवेशनलाई पार्टीले संगठन मजबुती, नेतृत्व पुनर्गठन तथा राजनीतिक कार्यदिशा स्पष्ट पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । प्रतिनिधिहरू तय भएसँगै महाधिवेशनले कस्तो नयाँ नेतृत्व र नीति निर्माण गर्छ भन्ने विषयमा पनि राजनीतिक वृत्तमा चासो बढेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending