काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार दोस्रो पटक उपाधि निर्णायकमा स्थान बनाएको हो ।
टस हारेर ब्याटिङ आमन्त्रित सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको योगफल टेकेको थियो । उसका लागि ओपनर विनोद भण्डारीले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ५२ बलमा तीन चौका र दुई छक्कासहित ६३ रन बनाए । त्यस्तै शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन योगदान गरे। हरमित सिंहले १४ रन जोड्दा डा. इशान पाण्डे र मुख्तार अहमदले क्रमशः १३ र १० रन बनाए ।
विराटनगरका बलरमध्ये प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गेले दुई–दुई विकेट लिएका थिए । सूर्य तामाङ र साम हिजलेटले एक–एक विकेट हात पारे भने कप्तान सन्दीप लामिछाने भने विकेटविहीन रहे । १५६ रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगर १४ ओभर १ बलमै अलआउट हुँदै ७८ रनमा समेटिएको थियो ।
उसका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । मर्चेन्ट डे लाङ्गेले १५ रन थपे भने बसिर अहमदले १२ रन योगदान गरे । सुदूरपश्चिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्कट कुगलेइजन, हरमित सिंह र अविनास बोहराले समान दुई–दुई विकेट निकाले । त्यस्तै दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक–एक विकेट लिँदै विराटनगरलाई सस्तैमा समेट्न मद्दत गरे ।
पहिलो क्वालिफायरमा हार व्यहारेको विराटनगरले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बुधबार एलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम यसपटक पनि लगातार दोस्रो वर्ष फाइनल यात्रा दोहोर्याएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...
मंसिर २४ गते, २०८२ - १७:५७
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुए...
मंसिर २४ गते, २०८२ - १७:५५
पेरिस । यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मङ्गलबार जानकार...




प्रतिकृया लेख्नुहोस्: