Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

दक्षिण कोरियाका राष्ट्रपति ऐतिहासिक ‘ब्लू हाउस’मा फर्कने प्रक्रिया सुरु

खबरडबली संवाददाता

सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उनको टोलीले सियोलस्थित ऐतिहासिक ब्लू हाउसबाट पुनः राष्ट्रपतिको दैनिक कामकारबाही सञ्चालन गर्ने भएको छ। यसका लागि सरकारले राष्ट्रपतिको कार्यालयसँग समन्वय गरी प्रक्रिया सुरु गरेको छ।

“उहाँका पूर्ववर्ती युन सुक योलले भवनलाई ‘साम्राज्यवादी’ अवशेष भएको भन्दै कार्यालयलाई अन्यत्र सारी त्यहीँबाट राष्ट्रपतिको रूपमा सेवामा सरिक हुँदै आउनुभएको थियो,” एक अधिकारीले मङ्गलबार बताए।

कोरियन भाषामा च्योङ वा डे भनिने ब्लू हाउसको छतमा करिब एक लाख ५० हजार हातले रङ्गिएको नीलो टाइलहरूले सजिएको छ र यो दक्षिण कोरियाली राष्ट्रपतिसँग लामो समयदेखि सम्बन्धित छ।

पहिले जापानको उपनिवेशकालीन शक्तिका प्रतिनिधिहरूले यसलाई ओगटेको थियो र यो स्थलले सात दशकसम्म दक्षिण कोरियाका राष्ट्रप्रमुखलाई सेवा गर्ने अवसर दिएको थियो।

पूर्व राष्ट्रपति युनले यसलाई आफ्नो घर र कार्यालयको रूपमा प्रयोग नगर्ने निर्णय गर्दै यसलाई सार्वजनिक सङ्ग्राहलयका रूपमा खुला गरी सट्टामा अलग स्थानमा सरेका थिए ।

अप्रिलमा असफल र छोटो ‘मार्शल ल’ लागू गरेपछि पदबाट हटाइएको थियो । त्यसको केही महिनापछि दक्षिण कोरियाली मतदाताहरूले नियमित समयअगावै गरिएको निर्वाचनमा राष्ट्रपतिका रूपमा लीलाई निर्वाचित गरेका थिए।

लीले निर्वाचित भएमा राष्ट्रपति कार्यालय र आवास दुवै ब्लू हाउसमा फर्काउने प्रतिज्ञा गरेका थिए । यो प्रक्रिया सोमबार सुरु भएको थियो र क्रिसमससम्म पूरा गरिने उनको कार्यालयले एएफपीलाई जनाएको छ।

सुरक्षा कारणले राष्ट्रपति आफ्नो नयाँ आवासमा आधिकारिक रूपमा सर्न केही समय लाग्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघिका शासकहरूलाई परेको दुर्भाग्य, हत्या, महाभियोग र जेल सजायले पनि योगदान पु¥याएको ब्लू हाउस लामो समयदेखि सार्वजनिक चासोको विषय रहँदै आएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending