जर्मनी । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ ।
फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत वृद्धिभन्दा बढी हो । विश्लेषकहरूले अपेक्षा गरेका ०.५५ प्रतिशतको गिरावटको सट्टा यो धेरै सकारात्मक नतिजा हो । उत्पादन वृद्धिमा मुख्य योगदान निर्माण र मेसिनरी क्षेत्रले दिएका छन् ।
आईएनजीका अर्थशास्त्री कास्र्टेन ब्रेज्कीले भने,“दोस्रो लगातार महिनामा वृद्धि देखिनु औद्योगिक उत्पादनले अन्ततः तलबाट स्थिर हुँदै आएको सङ्केत हो ।”
तर अर्थतन्त्र मन्त्रालयले अझै सतर्क रहनुपर्ने बताए । मन्त्रालयका अनुसार घरेलु अर्डर भने बलियो छन्, तर विदेशी माग कमजोर छ । मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ, “सेप्टेम्बर र अक्टोबरमा उत्पादनको सकारात्मक प्रवृत्ति देखिए पनि वर्षको अन्त्यतिर औद्योगिक गतिविधिमा ठुलो वृद्धि अपेक्षित छैन ।”
डेस्टाटिसका अनुसार, निर्माण क्षेत्रमा उत्पादन अक्टोबरमा ३.३ प्रतिशतले बढेको छ भने मेसिनरी र उपकरण निर्माणमा २.८ प्रतिशतको वृद्धि देखिएको छ । तर सङ्कटग्रस्त मोटर उद्योगमा १.३ प्रतिशत गिरावट आएको छ ।
औद्योगिक अर्डर पनि अक्टोबरमा बढेको थियो, जसले भविष्यमा व्यवसाय गतिविधि बलियो हुने सङ्केत दिन्छ । यस वृद्धिमा जर्मनीले आफ्नो रक्षा सामग्रीको माग बढाएकोले ठूलो योगदान पु¥याएको छ ।
चान्सलर फ्रिड्रिक मर्जले दुई वर्षको मन्दीपछि अर्थतन्त्रलाई पुनः सक्रिय गर्न रक्षा र पूर्वाधारमा सार्वजनिक खर्च बढाएको छ । यद्यपि केही आलोचकहरूले यो कदम सुस्त गतिमा अघि बढिरहेको ठान्छन् ।
जर्मनी सरकारले २०२५ मा अर्थतन्त्रले मात्र ०.२ प्रतिशत वृद्धि गर्ने र २०२६ मा यस खर्च वृद्धिको फाइदा उठाउँदै आर्थिक गति लिने अनुमान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: