काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।
पार्टीभित्र नेतृत्व संकट, स्पष्ट राजनीतिक लाइनको अभाव र निर्णयहीनताले छटपटिएको कांग्रेस अब संसद् पुनर्स्थापनाको मुद्दा लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन तयारीमा छ । तर यो कदमले नै कांग्रेसलाई झनै अलमलिएका, दिशाहीन शक्तिको रूपमा प्रस्तुत गरिदिएको छ भन्ने विश्लेषण बढ्दै गएको छ ।
पछिल्लो घटनाक्रमअनुसार कांग्रेसका पूर्वप्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित विघटित प्रतिनिधिसभाका ७ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट सर्वोच्च अदालतमा पेस गराएका छन् । पूर्वमहान्यायाधिवक्ता खम्म खातीमार्फत दर्ता प्रक्रिया अघि बढाइएकाले रिट सोमबार औपचारिक रूपमा दर्ता हुने बताइएको छ ।
यसअघि नेकपा एमालेले पनि संसद् पुनर्स्थापनाको माग गर्दै रिट दर्ता गराइसकेको छ । तर कांग्रेसको कदमलाई भने राजनीतिक वृत्तमा ‘अस्थिर चरित्र’ को अर्को प्रमाणका रूपमा हेरिएको छ । कारण स्पष्ट छ । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार कांग्रेसकै प्रत्यक्ष र परोक्ष सहयोगमा आयो, र सोही सरकारबाट प्रतिनिधिसभा विघटन सिफारिस भएको थियो, जसलाई राष्ट्रपतिले सदर पनि गरे । अहिले आएर सोही निर्णयविरुद्ध कांग्रेसका नेताहरू रिट बोकेर सर्वोच्चमा धाउनु नै पार्टीभित्र रणनीतिक अस्पष्टता र राजनीतिक दोधारेपनको पराकाष्ठा मानिएको छ ।
सर्वोच्च प्रशासनका अनुसार विघटनसम्बन्धी एमालेका र सार्वजनिक सरोकारका १७ रिट पहिले नै विचाराधीन छन् । अदालतले सबै रिटलाई एउटै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश देइसकेको अवस्थामा कांग्रेसको नयाँ रिटले कानुनी भार मात्र बढाउने र राजनीतिक रूपमा कांग्रेसलाई ‘के चाहिएको स्पष्ट छैन’ भन्ने सन्देश दिने विश्लेषण छ ।
राजनीतिबिद्हरू भन्छन्— “विघटनमा भूमिका हुने, त्यसपछि पुनर्स्थापनाका लागि रिट दर्ता गर्न धाउने—यही हो कांग्रेसको दिशाहीनता ।”
यसरी कदम–कदममा बेग्ला–बेग्लै धार र निर्णय निकाल्दै जाने प्रवृत्तिले कांग्रेस अहिले पनि देशको अस्थिरतामा योगदान दिइरहेको, र विकल्प दिन नसक्ने कमजोर शक्तिका रूपमा उभिन लागेको टिप्पणी बढ्दै गएको छ ।
कांग्रेस नेतृत्वले स्पष्ट लाइन नटोक्दै सर्वोच्च–संसद–सडकबीच डुलिरहेकाले यसले जनतामाझ पार्टीको विश्वसनीयता र राजनीतिक स्थैर्यप्रतिको प्रतिबद्धतामा गम्भीर प्रश्न उठाइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: