काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतिर पुगेसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण गरेको छ ।
मङ्सिर १ देखि १४ गतेसम्म आयोगमा दर्ता प्रक्रिया पूरा गरेका दलहरूलाई आइतबार विशेष प्रक्रिया मार्फत् चुनाव चिन्ह प्रदान गरिएको हो ।
निर्वाचन आयोगमा हाल कुल १४३ राजनीतिक दल दर्ता रहेका छन् । तीमध्ये १०७ दलले निर्वाचन चिन्ह प्राप्त गरिसकेका छन् भने बाँकी केही दलले आवश्यक कागजी प्रक्रिया पूरा नगरेका वा निर्वाचनमा सहभागी नहुने जानकारी दिएका कारण चिन्ह नपाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा ११४ दल सहभागी हुने बुझिएको छ । सहभागी हुनेमध्ये ५ राजनीतिक दलले एउटै साझा चुनाव चिन्ह प्रयोग गर्दै संयुक्तरूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने योजना आयोगलाई पेश गरेका छन् । बाँकी १०२ दल भने आफ्नै-आफ्नै पहिचानका आधारमा एक्लै प्रतिस्पर्धामा उत्रिनेछन् ।
आयोगका अनुसार चुनाव चिन्ह वितरणसँगै मतदान सामग्री व्यवस्थापनदेखि मतदाता शिक्षासम्बन्धी कार्यक्रमलाई अझ सक्रिय बनाउँदै निर्वाचन तयारीलाई तीव्रता दिइएको छ । आगामी दिनमा उम्मेदवारी दर्ता, निर्वाचन प्रचारप्रसार र सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यहरू पनि समयतालिका अनुसार अघि बढाइने आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: