Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा निर्वाचन हुने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उनले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचनलाई केन्द्रमा राखेर सफलतापूर्वक सम्पन्न गर्ने पक्षमा होमिएको बताएका हुन् । 

उनले तोकिएको समयमै निर्वाचन सम्पन्न नभएमा देश अनिश्चय तथा अस्थिरताको दिशातर्फ जानसक्ने उल्लेख मन्त्री खनालले सुरक्षित एवम् भयरहित वातावरणबिच आम जनताको उल्लेखनीय सहभागितासहित निष्पक्ष चुनाव गराउन सरोकारवाता पक्षसँग छलफल भइरहेको जानकारी दिए ।

उनले अन्तरराष्ट्रिय जगत्ले नेपालको आर्थिक विकासप्रति राम्रो मूल्याङ्कन गरिरहेको जानकारी दिए। आर्थिक प्रगतिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै अर्थमन्त्री खनालले भने, “निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । उनीहरूमाथिको आक्रमण ठीक होइन । निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्छ ।”

सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट हुनेगरेको अनावश्यक टीकाटिप्पणीका कारण समाज र राष्ट्रलाई सेवा गरौँ भन्ने असल व्यक्ति एवम् सङ्घसस्थाहरू हतोत्साही हुनेगरेको उल्लेख गर्दै उनले भने, “यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिन सरकार तयार छ । विधि ठीक भएन भने सुधार गर्न सकिन्छ तर उद्यमीमाथि गलत कदम चालियो भने अर्थतन्त्रमा नकारात्मक असर पर्छ, सदैव देश र जनताका पक्षमा काम गरौँ ।”

मन्त्री खनालले राज्यका शक्तिशाली व्यक्तिहरुबाटै भ्रष्टाचार बढेपछि भएको जेनजी आन्दोलनको भावनालाई समेटेर सुशासन तथा सेवाप्रवाह पारदर्शी बनाउन सरकार क्रियाशील रहेको बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE