Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

खबरडबली संवाददाता

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गरेको जनाएको छ । 

सरकारी टेलिभिजनमार्फत प्रसारित वक्तव्यअनुसार यी शव स्थानीय मध्यस्थमार्फत, अन्तर्राष्ट्रिय रेड क्रस समितिको प्रत्यक्ष निगरानीमा विद्रोही हुथी पक्षलाई बुझाइएका हुन् ।

सरकारले जनाएअनुसार, यी शव हालै मारिब र अल-जाउफ प्रान्तमा भएका छिटपुट भिडन्तमा मारिएका हुथी सदस्यका थिए । विद्रोही हुथी पक्षले मध्यस्थमार्फत उनीहरूको पहिचान पुष्टि गरेपछि मात्र शव हस्तान्तरण गरिएको राज्य सञ्चालित साबा समाचार एजेन्सीले जनाएको छ । 

सरकारी वार्ता समिति प्रमुख याह्या काजमानले यो एकतर्फी कदम बन्दी, बेपत्ता पारिएका व्यक्ति तथा अपहरण पीडितको मुद्दा समाधानतर्फ प्रगति गर्न सरकारले देखाएको सदभावको अभिव्यक्ति भएको बताए । 

साथै, यसले केही दिनमै सुरु हुन लागेको बन्दी-बिनिमयसम्बन्धी नयाँ वार्ताको वातावरण सहज बनाउने अपेक्षा व्यक्त गरे ।  विद्रोही हुथी समूहले यसबारे हालसम्म प्रतिक्रिया दिएको छैन । गत हप्ता यमनका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत हान्स ग्रुन्डबर्गले ओमानको राजधानी मस्कटमा आयोजित मध्यस्थता बैठकमा सहभागी भएको जानकारी दिँदै, यमनका द्वन्द्वरत पक्षबिचको शान्ति वार्ता चाँडै पुनः सुरु हुने सङ्केत दिएका थिए ।

यमन सरकार र विद्रोही हुथी समूहले यसअघि सन् २०२० मा दुवै पक्षले करिब एक हजार कैदीको व्यापक आदान-प्रदान गरेका थिए । यमन सन् २०१४ उत्तरार्धदेखि नै गम्भीर गृहयुद्धको चपेटामा पर्दै आएको छ, जब विद्रोही हुथी समूहले राजधानी साना सहित देशका ठुलो भागमा नियन्त्रण कायम गरेको थियो । 

अप्रिल २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामपछि मोर्चागत भिडन्तमा उल्लेख्य कमी आए पनि समग्र राजनीतिक समाधान भने अझै अनिश्चित नै छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE