Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

खबरडबली संवाददाता

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गरेको जनाएको छ । 

सरकारी टेलिभिजनमार्फत प्रसारित वक्तव्यअनुसार यी शव स्थानीय मध्यस्थमार्फत, अन्तर्राष्ट्रिय रेड क्रस समितिको प्रत्यक्ष निगरानीमा विद्रोही हुथी पक्षलाई बुझाइएका हुन् ।

सरकारले जनाएअनुसार, यी शव हालै मारिब र अल-जाउफ प्रान्तमा भएका छिटपुट भिडन्तमा मारिएका हुथी सदस्यका थिए । विद्रोही हुथी पक्षले मध्यस्थमार्फत उनीहरूको पहिचान पुष्टि गरेपछि मात्र शव हस्तान्तरण गरिएको राज्य सञ्चालित साबा समाचार एजेन्सीले जनाएको छ । 

सरकारी वार्ता समिति प्रमुख याह्या काजमानले यो एकतर्फी कदम बन्दी, बेपत्ता पारिएका व्यक्ति तथा अपहरण पीडितको मुद्दा समाधानतर्फ प्रगति गर्न सरकारले देखाएको सदभावको अभिव्यक्ति भएको बताए । 

साथै, यसले केही दिनमै सुरु हुन लागेको बन्दी-बिनिमयसम्बन्धी नयाँ वार्ताको वातावरण सहज बनाउने अपेक्षा व्यक्त गरे ।  विद्रोही हुथी समूहले यसबारे हालसम्म प्रतिक्रिया दिएको छैन । गत हप्ता यमनका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत हान्स ग्रुन्डबर्गले ओमानको राजधानी मस्कटमा आयोजित मध्यस्थता बैठकमा सहभागी भएको जानकारी दिँदै, यमनका द्वन्द्वरत पक्षबिचको शान्ति वार्ता चाँडै पुनः सुरु हुने सङ्केत दिएका थिए ।

यमन सरकार र विद्रोही हुथी समूहले यसअघि सन् २०२० मा दुवै पक्षले करिब एक हजार कैदीको व्यापक आदान-प्रदान गरेका थिए । यमन सन् २०१४ उत्तरार्धदेखि नै गम्भीर गृहयुद्धको चपेटामा पर्दै आएको छ, जब विद्रोही हुथी समूहले राजधानी साना सहित देशका ठुलो भागमा नियन्त्रण कायम गरेको थियो । 

अप्रिल २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामपछि मोर्चागत भिडन्तमा उल्लेख्य कमी आए पनि समग्र राजनीतिक समाधान भने अझै अनिश्चित नै छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

बर्दियामा लागूऔषधसहित दुईजना पक्राउ

बर्दिया । बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा एक जना नाबालक र अर्का गुलरिया नगरपालि...

एनपिएल: चितवनमाथि पोखराको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending