Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

खबरडबली संवाददाता

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

लायन्स क्लब अन्तर्रास्ट्रिय डिष्ट्रीक्ट ३२५, आर नेपाल, क्लष्टर ५ का क्लबको आयोजनामा वरिष्ठ विशेषज्ञ डाक्टरहरुको उपस्थितमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ३ सय ९ जना पुरुष र ३ सय ५७ जना महिला गरेर ६ सय ६६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पंगेनीले जानकारी दिए । 

उनका अनुसार स्वास्थ्य शिविरमा २ सय ९३ जना मुटुरोगी, स्त्री तथा प्रसुतिसम्बन्धि रोगका ६८ जना, आँखा सम्बन्धि ८५ जना, दाँतसम्बन्धि ८५ जना, हाडजोर्नी सम्बन्धि ७५ जना, नाक, कान घाँटीका ७० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । ९२ जनाको भिडियो एक्सेरे र एकसय २० जनाको ईसिजी गरिएको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गरेका सबै बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराइएको थियो । लायन्स क्लब अन्तर्रास्ट्रिय डिष्ट्रीक्ट ३२५, आर नेपाल, क्लष्टर ५ का ३२ वटा क्लबहरुको संयोजन, मौलाकालिका अस्पतालको प्राविधिक सहयोग तथा कावासोती नगरपालिका ११ नं वडा कार्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । २०३२ पुस १४ गते स्थापना भएको विद्यालयले पुस १२–१४ गते स्वर्ण महोत्सव मनाउँदैछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

बर्दियामा लागूऔषधसहित दुईजना पक्राउ

बर्दिया । बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा एक जना नाबालक र अर्का गुलरिया नगरपालि...

एनपिएल: चितवनमाथि पोखराको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending