महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनीका सशस्त्र नायव महानिरीक्षक (डिआइजी) कृष्ण ढकालका अनुसार सशस्त्रले गरेको नियमित चेकजाँचको क्रममा भारतको बिहार, सीतामढी–पटदौरा ग्राम पञ्चायत सिराहीपट्टीका २६ वर्षीय सरोजकुमार कुर्मीलाई पक्राउ गरेको हो ।
हलखोरीस्थित सशस्त्रको बोर्डर आउटपोष्टका सशस्त्र प्रहरी निरीक्षक सुनिलकुमार दासको कमाण्डमा रहेको गस्तीले नेपाल–भारत सीमाक्षेत्रस्थित मरुवाहीबाट हलखोरीतर्फ आउँदैगरेको दासलाई अवैध हतियारसहित शनिवार नियन्त्रणमा लिएको थियो ।
कुर्मी सवार रहेको बीआर ०६ एवाई ६१७२ नम्बरको मोटरसाइकल रोकेर तलाशी गर्दा मोटरसाइकलको सिटमुनि लुकाइराखिएको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली बरामद भएको ढकालले बताए ।
पक्राउ परेका भारतीय नागरिक कुर्मीलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...
मंसिर २१ गते, २०८२ - १८:५१
बर्दिया । बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना नाबालक र अर्का गुलरिया नगरपालि...
मंसिर २१ गते, २०८२ - १८:४९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा भएक...




प्रतिकृया लेख्नुहोस्: