काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणले देशका अन्य प्रदेशहरूमा पनि प्रभाव पार्ने दाबी गरेका छन् ।
शनिबार जनकपुरमा आयोजित नेकपाको मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले मधेशले देखाएको राजनीतिक मोडलाई “देशव्यापी परिवर्तनको प्रारम्भ” उनले भने ।
प्रचण्डका अनुसार मधेश प्रदेश सरकार गठनका क्रममा वर्षौंदेखि चल्दै आएको परम्परागत ‘तथाकथित समीकरण’ भत्केर नयाँ राजनीतिक सहकार्य बनेको छ । एमाले–काँग्रेस केन्द्रित पुरानो शक्ति संयोजनबाट अलग हुँदै नेकपा, मधेशवादी दल तथा नेपाली कांग्रेस मिलेर बनेको नयाँ सरकार नै आगामी राजनीतिक पुनर्संरचनाको संकेत भएको प्रचण्डकाे टिप्पणी थियो ।
‘मधेशबाट सुरु भएको नयाँ समीकरण अब देशका सबै प्रदेशमा फैलिनेछ,’ प्रचण्डले भने, ‘केही वर्षअघिदेखिको पुरानो समीकरण मधेशले तोडेको छ, अब यही परिवर्तनको सन्देश हिमाल–पहाड–तराईभरि विस्तार हुनेछ ।’
संयोजक प्रचण्डले जेनजी आन्दोलनलाई देशमा व्यापक आत्मसमिक्षा र राजनीतिक सुधारणाको अवसरका रूपमा व्याख्या गरे । गणतन्त्र स्थापना भएपछि पनि जनता अपेक्षित जीवनस्तरमा पुग्न नसकेकाले आन्दोलनले चेतावनी दिएको बताउँदै उनले अबको चरण ‘रुपान्तरणसहितको विकास’मा केन्द्रित हुने दाबी गरे ।
उनका अनुसार यही राजनीतिक समीक्षा र जिम्मेवारीबोधका आधारमा नेकपा लगायतका वामपन्थी, क्रान्तिकारी तथा अन्य कम्युनिस्ट घटकबीच बृहत एकता गरिएको हो । ‘सबै जनताको एकता र कम्युनिस्ट शक्तिको समायोजनले मात्र प्रतिगमन र प्रतिक्रियावादी तत्वलाई परास्त गर्न सकिन्छ,’ उनले भने ।
एमालेभित्रका देशभक्त शक्तिसमेत एकतामा आउने दाबी
प्रचण्डले एमालेभित्र रहेका वामपन्थी तथा देशभक्त धार पनि समयक्रममा नेकपाभित्र समाहित हुने विश्वास व्यक्त गरे । उनले राजनीतिक चरणमा विभाजित कम्युनिस्ट धारा एक ठाउँमा नआएसम्म मुलुक राजनीतिक रूपमा स्थिर र आर्थिक रूपमा समृद्ध नहुने दाबी गरे ।
मधेस प्रदेशका प्रमुख विकास आयोजनाहरू कम्युनिस्ट नेतृत्वको सरकारले सुरू गरेका कारण ती परियोजना निष्कर्षमा पुर्याउने जिम्मेवारी पनि कम्युनिस्ट सरकारकै हुने प्रचण्डले जिकिर गरे । उनले फास्ट ट्र्याक, हुलाकी सडक लगायतका आयोजना आफूले प्रधानमन्त्री छँदा अघि बढाएको उल्लेख गर्दै मधेसलाई देशको समृद्धि–केन्द्र बनाउने योजनामा जोड दिए ।
मधेसमा कृषि क्रान्तिको आवश्यकता
मधेसलाई “देशको अन्नभण्डार” का रूपमा चित्रण गर्दै प्रचण्डले आधुनिक कृषि क्रान्ति अब अपरिहार्य भएको बताए ।
सिँचाइ, बीउ, मलको सुनिश्चित व्यवस्था र कृषि–उद्योगको प्रवर्द्धनले मात्र मधेस समृद्ध हुने बताए । ‘जबसम्म मधेसमा कृषि आधुनिकीकरण हुँदैन, तबसम्म यो क्षेत्र समृद्धितर्फ उन्नत हुन सक्दैन,’ उनले भने ।
उनका अनुसार विदेशमा असाध्यै दुःख भोगिरहेका मधेसी युवालाई फर्काउन सकिने वातावरण पनि कृषि–उद्योगमै छ । कृषि उत्पादन, प्रशोधन र बजार प्रणाली विकास गर्न सकिए जनशक्ति, पूँजी र अवसर सबै मधेसमै केन्द्रित हुने उनले दाबी गरे ।
प्रचण्डले आफू मधेसी जनताको वोटबाट प्रधानमन्त्री बनेको स्मरण गर्दै मधेसी जनताप्रति अझैपनि गहिरो विश्वास र आत्मीयता रहेको उल्लेख गरे । ‘मधेस हाम्रा लागि भावनात्मक रूपमा पनि महत्वपूर्ण छ,’ उनले भने,
‘यहाँका जनताको मैनपावर, सम्भावना र मेहनत देश परिवर्तन गर्ने मूल आधार हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: