Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

वामपन्थी र क्रान्तिकारीकाे एकतानै नेकपा हाे: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणले देशका अन्य प्रदेशहरूमा पनि प्रभाव पार्ने दाबी गरेका छन् । 

शनिबार जनकपुरमा आयोजित नेकपाको मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले मधेशले देखाएको राजनीतिक मोडलाई “देशव्यापी परिवर्तनको प्रारम्भ” उनले भने  । 

प्रचण्डका अनुसार मधेश प्रदेश सरकार गठनका क्रममा वर्षौंदेखि चल्दै आएको परम्परागत ‘तथाकथित समीकरण’ भत्केर नयाँ राजनीतिक सहकार्य बनेको छ । एमाले–काँग्रेस केन्द्रित पुरानो शक्ति संयोजनबाट अलग हुँदै नेकपा, मधेशवादी दल तथा नेपाली कांग्रेस मिलेर बनेको नयाँ सरकार नै आगामी राजनीतिक पुनर्संरचनाको संकेत भएको प्रचण्डकाे टिप्पणी थियो ।

‘मधेशबाट सुरु भएको नयाँ समीकरण अब देशका सबै प्रदेशमा फैलिनेछ,’ प्रचण्डले भने, ‘केही वर्षअघिदेखिको पुरानो समीकरण मधेशले तोडेको छ, अब यही परिवर्तनको सन्देश हिमाल–पहाड–तराईभरि विस्तार हुनेछ ।’

संयोजक प्रचण्डले जेनजी आन्दोलनलाई देशमा व्यापक आत्मसमिक्षा र राजनीतिक सुधारणाको अवसरका रूपमा व्याख्या गरे । गणतन्त्र स्थापना भएपछि पनि जनता अपेक्षित जीवनस्तरमा पुग्न नसकेकाले आन्दोलनले चेतावनी दिएको बताउँदै उनले अबको चरण ‘रुपान्तरणसहितको विकास’मा केन्द्रित हुने दाबी गरे । 

उनका अनुसार यही राजनीतिक समीक्षा र जिम्मेवारीबोधका आधारमा नेकपा लगायतका वामपन्थी, क्रान्तिकारी तथा अन्य कम्युनिस्ट घटकबीच बृहत एकता गरिएको हो । ‘सबै जनताको एकता र कम्युनिस्ट शक्तिको समायोजनले मात्र प्रतिगमन र प्रतिक्रियावादी तत्वलाई परास्त गर्न सकिन्छ,’ उनले भने । 

एमालेभित्रका देशभक्त शक्तिसमेत एकतामा आउने दाबी

प्रचण्डले एमालेभित्र रहेका वामपन्थी तथा देशभक्त धार पनि समयक्रममा नेकपाभित्र समाहित हुने विश्वास व्यक्त गरे । उनले राजनीतिक चरणमा विभाजित कम्युनिस्ट धारा एक ठाउँमा नआएसम्म मुलुक राजनीतिक रूपमा स्थिर र आर्थिक रूपमा समृद्ध नहुने दाबी गरे । 

मधेस प्रदेशका प्रमुख विकास आयोजनाहरू कम्युनिस्ट नेतृत्वको सरकारले सुरू गरेका कारण ती परियोजना निष्कर्षमा पुर्याउने जिम्मेवारी पनि कम्युनिस्ट सरकारकै हुने प्रचण्डले जिकिर गरे ।  उनले फास्ट ट्र्याक, हुलाकी सडक लगायतका आयोजना आफूले प्रधानमन्त्री छँदा अघि बढाएको उल्लेख गर्दै मधेसलाई देशको समृद्धि–केन्द्र बनाउने योजनामा जोड दिए । 

मधेसमा कृषि क्रान्तिको आवश्यकता

मधेसलाई “देशको अन्नभण्डार” का रूपमा चित्रण गर्दै प्रचण्डले आधुनिक कृषि क्रान्ति अब अपरिहार्य भएको बताए । 

सिँचाइ, बीउ, मलको सुनिश्चित व्यवस्था र कृषि–उद्योगको प्रवर्द्धनले मात्र मधेस समृद्ध हुने बताए । ‘जबसम्म मधेसमा कृषि आधुनिकीकरण हुँदैन, तबसम्म यो क्षेत्र समृद्धितर्फ उन्नत हुन सक्दैन,’ उनले भने । 

उनका अनुसार विदेशमा असाध्यै दुःख भोगिरहेका मधेसी युवालाई फर्काउन सकिने वातावरण पनि कृषि–उद्योगमै छ । कृषि उत्पादन, प्रशोधन र बजार प्रणाली विकास गर्न सकिए जनशक्ति, पूँजी र अवसर सबै मधेसमै केन्द्रित हुने उनले दाबी गरे । 

प्रचण्डले आफू मधेसी जनताको वोटबाट प्रधानमन्त्री बनेको स्मरण गर्दै मधेसी जनताप्रति अझैपनि गहिरो विश्वास र आत्मीयता रहेको उल्लेख गरे । ‘मधेस हाम्रा लागि भावनात्मक रूपमा पनि महत्वपूर्ण छ,’ उनले भने,
‘यहाँका जनताको मैनपावर, सम्भावना र मेहनत देश परिवर्तन गर्ने मूल आधार हो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अज्ञात व्यक्तिले चलाएकाे गोलीबाट दाङमा सुनचाँदी व्यवसायी घाइते

दाङ । दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते भएका ...

हेटौँडामा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँका ५३१ घरटहरा भत्के

मकवानपुर । हेटौँडा बजार क्षेत्रमा सुरु गरिएको सडक सीमा विस्तारीकरण अभियानअन्तर्गत ५३१ घरटहरा तथा विभिन्न संरचना भत्काइएका छन्। सडक डिभिजन कार्यालय हेट...

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडाैं । काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई...

वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र सुरु

पर्वत। दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ। विसं २०४९ मा मार्ग विस्तार गरिए पनि ...

चार करोडको लागतमा प्रहरी कार्यालय भवन निर्माण

जुम्ला । कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीले सुविधा सम्पन्न पक्की भवन प्राप्त गरेको छ। प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सु...

भारतको राजकीय भ्रमणमा पुटिन, यस्ता छन् एजेन्डा

काठमाडौं । दुई दिने भ्रमणका क्रममा यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारतको नयाँ दिल्लीमा रहेका छन् । विहिबार बेलुका दिल्ली पुगेका पुटिनलाई वि...

सरकारले कृषियोग्य जमिन छुट्याउने

काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ । कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न ला...

इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम

सुमात्रा । इन्डोनेसियाको सुमात्रा टापुमा थप भारी वर्षाको सम्भावना देखिएको छ, जसले पहिले नै बाढीबाट प्रभावित क्षेत्रहरूमा थप चुनौतीपूर्ण अवस्था सिर्जना...

वामपन्थी र क्रान्तिकारीकाे एकतानै नेकपा हाे: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणले देशका अन्य प्रदेशहरूमा पनि प्र...

जनताकाे मुक्ति, पहिचान र अधिकारका लागि नेकपा: नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालका युवापुस्ता, विशेषगरी जेनजी पुस्ताबीच नेकपाप्रतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending