काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालका युवापुस्ता, विशेषगरी जेनजी पुस्ताबीच नेकपाप्रतिको आकर्षण तीव्र रुपमा बढिरहेको दाबी गरेका छन् ।
जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभामा सम्बोधन गर्दै उनले एसिड पीडित मुस्कान खातुन जस्ता सचेत, सक्रिय र मुद्दामुखी युवाहरू पार्टीमा प्रवेश गरेको उदाहरण प्रस्तुत गरे । उनका अनुसार देशभर विभिन्न ठाउँका थुप्रै जेनजी युवाहरू नेतृत्व र जिम्मेवारीसहित नेकपामा जोडिँदैछन्, जसले पार्टीप्रति नयाँ पुस्ताको आशा र भरोसा प्रकट गर्दछ ।
नेपालले जेनजी पुस्ताले उठाएका मागहरू न्यायसंगत र समय–सापेक्ष रहेको उल्लेख गर्दै ती मागहरू सम्बोधन गर्न, सामाजिक समानता र समृद्ध राष्ट्र निर्माणका लक्ष्य पूरा गर्नकै लागि नेकपा निर्माण भएको बताए । उनले देश समृद्ध बनाउन राजनीतिक, सामाजिक र वर्गीय रूपमा सबै नेपाली एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
जनकपुर र सिरहा आफ्नो ‘मामाघर’ रहेको उल्लेख गर्दै उनले धनुषा–मधेशका गाउँ–बस्ती, जनजीवन र समस्याहरू आफूलाई राम्ररी थाहा रहेको बताए । मधेशको मुक्ति, पहिचान र अधिकारका लागि नेकपाले निरन्तर सङ्घर्ष गरिरहेको र यही सङ्घर्षले अन्ततः सबैलाई वास्तविक मुक्ति दिलाउने दाबी उनले गरे । साथै दलित, मुस्लिम, ज्येष्ठ नागरिक र पछाडि पारिएका वर्गका लागि आफ्नो पार्टी लगातार आवाज उठाउँदै आएको उनको भनाइ थियो ।
नेपालले जनकपुरको सम्मान, पहिचान र विकासका लागि नेकपाले देखाएको प्रतिबद्धता उल्लेखनीय रहेको बताए । रोजगारीको अभावमा कुनै नेपाली युवाले विदेशिनु नपरोस्, शिक्षा–स्वास्थ्य सबैको पहुँचमा होस् र देशभित्रै सम्मानजनक रोजगारीका अवसर विस्तार होस् भन्ने उद्देश्यले विभिन्न कम्युनिस्ट शक्तिहरू एकीकृत भएको उनले स्पष्ट पारे ।
उनका अनुसार यही साझा उद्देश्य र वैचारिक स्पष्टताका कारण देशभर नेपालीहरूको विश्वास र आकर्षण नेकपातर्फ बढ्दो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: