Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

अमेरिकाको नयाँ राडारले भेनेजुएला निगरानी

खबरडबली संवाददाता

एजेन्सी । ट्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री कमला पर्साद–बिसेसरले बुधबार संयुक्त राज्य अमेरिकाले द्वीपमा जडान गरेको नयाँ राडार प्रणालीको उद्देश्य लागुऔषध तस्करी नियन्त्रण गर्नुका साथै वासिङ्टनले प्रतिबन्ध लगाएको भेनेजुएलाको कच्चा तेलको अवैध आवागमन रोक्ने रहेको बताएकी छन् । 

हालका महिनाहरूमा वासिङ्टनले भेनेजुएलाको तटदेखि केही दूरीमा रहेको ट्रिनिडाड एन्ड टोबागोसँग सैन्य सहकार्य तीव्र बनाउँदै आएको छ । काराकासले यसलाई आक्रामक सङ्केत भन्दै कडा आपत्ति जनाएको छ । विशेषगरी अमेरिकी निर्देशित मिसाइल विध्वंसक सहभागी रहेको सैन्य अभ्यासलाई ‘उक्साहटमूलक’ भन्दै मदुरो प्रशासनलाई अपदस्थ गर्न अमेरिकी प्रयासको हिस्सा भएको काराकासले आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टनले मदुरो सरकारमाथिको दबाब अझ बढाएको छ । ट्रम्प प्रशासनले भेनेजुएलालाई लागुऔषध गिरोह संलग्न राज्यका रूपमा चित्रित गर्दै उसको राजनीतिक वैधतालाई अस्वीकार गर्ने नीति अघि बढाएको छ ।

ट्रम्पको दृढ समर्थक मानिने प्रधानमन्त्री पर्साद–बिसेसरले नोभेम्बर २७ मा टेलिभिजन कार्यक्रममार्फत अमेरिकाले नयाँ विमानस्थलमा राडार जडान गर्ने पुष्टि गरेकी थिइन् । बुधबार जारी गरिएको उनको नयाँ वक्तव्यमा अमेरिकी राडारको मुख्य लक्ष्य प्रतिबन्धित भेनेजुएलाली कच्चा तेलसँग जोडिएका अवैध गतिविधिहरू पत्ता लगाएर थाम्ने रहेको पुनः उल्लेख गरिएको छ ।

'पछिल्लो राडारले भेनेजुएलाबाट हाम्रो भूमिभित्र आइरहेका लागुऔषध, हतियार, गोलाबारुद, अवैध आप्रवासी तथा प्रतिबन्ध छल्ने उद्देश्यले भइरहेको कच्चा तेलसम्बन्धी तस्करी गतिविधि पहिचान गर्न मद्दत गर्दछ,' प्रधानमन्त्रीले विज्ञप्तिमा भनेकी छन् । 

ट्रम्प प्रशासनले सन् २०१९ मा आफ्नो पहिलो कार्यकालमै भेनेजुएलाको तेलमाथि कडा प्रतिबन्ध लगाएको थियो । दोस्रो कार्यकालसम्म आइपुग्दा ती प्रतिबन्धहरू जस्ताको तस्तै राखिएको छ । पर्साद–बिसेसरले भनिन्, 'नयाँ उपकरणहरूले ट्रिनिडाड एन्ड टोबागोको हवाई तथा समुद्री निगरानी क्षमता उल्लेखनीय रूपमा बढाइसकेको छ, जसले हामीलाई पहिले उपलब्ध नभएको सुरक्षा स्तर प्रदान गर्दछ ।'

काराकासले प्रधानमन्त्री पर्साद–बिसेसरलाई अमेरिकाको भेनेजुएला विरोधी योजनामा सहभागी भएको आरोप लगाउँदै आलोचना गरेको छ । भेनेजुएलामा सैन्य हस्तक्षेपका लागि ट्रिनिडाड एन्ड टोबागोको भू-भाग प्रयोग गर्ने अमेरिकी योजनामा आफूहरूको संलग्नता रहेको भन्दै उठेको आरोपलाई प्रधानमन्त्रीले अस्वीकार गरेकी छन् । 

यसैबिच गत अगस्टदेखि वासिङ्टनले क्यारिबियन क्षेत्रमा विश्वकै सबैभन्दा ठुलो विमानवाहक सहित युद्धपोतहरूको ठुलो बेडा तैनाथ गरेको छ । लागुऔषध तस्करीविरुद्धको अभियान शीर्षकमा चलाइएका कम्तीमा २२ वटा समुद्री आक्रमणले ८३ जनाको ज्यान लिएको पुष्टि भइसकेको छ ।

अन्तर्राष्ट्रिय कानुनी विशेषज्ञहरूले यस्ता प्रहारहरूलाई सम्भावित रूपमा अवैध तथा गैरन्यायिक हत्याको श्रेणीमा पर्न सक्ने चेतावनी दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending