भक्तपुर । सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा ३८ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ गते निर्माण सुरु भएको ७.५ किलोमिटर लामो सुर्यविनायक–साँगा सडक सुधार तथा विस्तार परियोजनामा ३४ महिनासम्म पनि जम्मा ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।
तीन वर्षमै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भए पनि दुई महिना मात्र बाँकी रहँदा अझै ६२ प्रतिशत निर्माण कार्य बाँकी रहेको आयोजनाका इन्जिनियर विवेक पाण्डेले जानकारी दिए ।
इन्जिनियर पाण्डेले तोकिएको समयमै काम पूरा गर्न नसकिने बताउँदै सूर्यविनायक–साँगा खण्डमा पर्ने घर–टहरा हटाउन र मुआब्जामा विवाद देखिएपछि निर्माण कार्यनै प्रभावित भएको उनले जानकारी दिए । सडक विस्तार आयोजना र ठेकेदार कम्पनीबिच निर्माण कार्यको म्याद थप गर्नेबारे छलफल भइरहेको जानकारी दिँदै इन्जिनियर पाण्डेले म्याद थप भएमा असार मसान्तसम्म सूर्यविनायक–साँगा खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न गर्न सकिने बताए ।
सडक विस्तारमा सुस्ताएसँगै काभ्रेपलाञ्चोकको धुलिखेल भक्तपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दैनिक यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ । सडक निर्माणको दोस्रो खण्ड साँगा–धुलिखेलको ८.३ किमी सडक अहिले तीव्र गतिमा कालोपत्रेको काम भइरहेको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: