Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बेल्जियमद्वारा रूसी सम्पत्ति प्रयोग योजना अस्वीकार

खबरडबली संवाददाता

ब्रसेल्स । बेल्जियम सरकारले आगामी दुई वर्षका लागि युक्रेनको आर्थिक र सैन्य आवश्यकतामा सहयोग पुर्‍याउन फ्रिज गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने युरोपेली सङ्घ (इयु) को प्रस्ताव अस्वीकार गरेको छ । 

बेल्जियमले यो योजनाले गम्भीर वित्तीय तथा कानुनी जोखिम निम्त्याउने ठहर गर्दै यसलाई अत्यन्त जोखिमपूर्ण कदम भनेको छ । युक्रेनले सन् २०२६ र २०२७ का लागि करिब एक खर्ब ३० अर्ब युरो (एक खर्ब ५० अर्ब डलर) बराबरको बजेट र युद्धसम्बन्धी आवश्यकता हुने अनुमान गरेको छ ।

इयुले यस आर्थिक खाडल पूर्ति गर्ने प्रतिबद्धता जनाइसकेको छ, जसअन्तर्गत सन् २०२२ मा युद्ध सुरु भएदेखि हालसम्म एक खर्ब ७० अर्ब युरो (एक खर्ब ९७ अर्ब डलर) भन्दा बढी व्यय भइसकेको छ । फ्रिज गरिएका रूसी सम्पत्ति इयुका लागि सबैभन्दा ठुलो स्रोत मानिन्छ, जसमा सबैभन्दा ठुलो हिस्सा-करिब एक खर्ब ९४ अर्ब युरो-बेल्जियममा अवस्थित छ । 

जापानमा लगभग ५० अर्ब डलर बराबरको रकम राखिएको छ भने अमेरिका, बेलायत र क्यानाडामा पनि कम मात्रामा फ्रिज गरिएको सम्पत्ति रहेको छ । युरोपेली आयोगले बुधबारपछि ‘क्षतिपूर्ति ऋण’ मोडेलमार्फत युक्रेनका अत्यावश्यक आवश्यकता पूरा गर्न यी रूसी सम्पत्तिलाई बन्धकका रूपमा प्रयोग गर्ने प्रस्ताव सार्वजनिक गर्ने तयारी गरेको थियो । 

तर बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले ‘क्षतिपूर्ति ऋण’ विकल्पलाई सबैभन्दा खराब र अत्यधिक जोखिमपूर्ण ठहर गर्दै यसले अभूतपूर्व कानूनी विवाद निम्त्याउन सक्ने टिप्पणी गरे । रुसले यस योजनालाई ‘चोरी’ भनेर आलोचना गर्दै आएको छ । ब्रसेल्सस्थित नाटो मुख्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै प्रिभोटले इयुलाई युक्रेनका लागि अन्तर्राष्ट्रिय बजारबाट धन उधारो लिन आग्रह गरे । 

“यो परिचित, बलियो र अनुमानित मानकसहितको स्थापित विधि हो”, उनले भने । उनका अनुसार क्षतिपूर्ति ऋणले अत्यन्त संवेदनशील आर्थिक, वित्तीय र कानुनी जोखिम बोकेको छ, र आयोगले प्रस्तुत गरेको प्रस्तावले बेल्जियमका गम्भीर चिन्ता सम्बोधन गर्न सकेको छैन । “हामीलाई मात्र जोखिमको बोझ थोपर्ने प्रबन्ध स्वीकार्य हुँदैन”, प्रिभोटले जोड दिए । 

ब्रसेल्समा आधारित युरोक्लियर नामक ठुलो वित्तीय समाशोधन संस्थाले रुसले कानुनी चुनौती दिएमा वा उक्त कदमले यसको छवि र व्यापारिक हितमा असर परेमा गम्भीर कानुनी मुद्दा झेल्नुपर्ने स्थिति आउनसक्ने बेल्जियमलाई चिन्ता छ । प्रिभोटले आफ्नो चिन्ता अन्य इयु सदस्य राष्ट्रले पर्याप्तरूपमा नबुझेको गुनासो पनि व्यक्त गरे । 

“हामी साझेदार वा युक्रेनको विरोधमा छैनौँ । हामी केवल एक सदस्य राष्ट्रका रूपमा सम्भावित विनाशकारी जोखिमबाट जोगिन खोजिरहेका छौँ”, उनले स्पष्ट पारे । इयुले करिब एक खर्ब ४० अर्ब युरो (एक खर्ब ६३ अर्ब डलर) युक्रेनलाई ऋण स्वरूप उपलब्ध गराउने योजना बनाइरहेको छ । यी रकम जफत गरिने छैनन् र रुसले युद्धका कारण तिर्नुपर्ने क्षतिपूर्ति बुझाएपछि किएभले बाँकी ऋण फिर्ता गर्ने व्यवस्था प्रस्तावित छ । तर यदि मस्कोले क्षतिपूर्ति तिर्न अस्वीकार गर्यो भने सम्पत्ति यथावत् फ्रिज नै रहने छ ।

युरोपेली साझेदारले भने बेल्जियमका चिन्तालाई गम्भीरतापूर्वक लिइएको दाबी गरेका छन् । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले ‘चिन्ता उचित भए पनि, संयुक्तरूपमा जिम्मेवारी बाँड्ने हो भने समाधान सम्भव छ’ भने । डच विदेशमन्त्री डेभिड भ्यान वेलले ‘यी कोष युक्रेनी अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण छन्, अन्यथा उनीहरूले आगामी वर्ष अत्यन्त कठिन परिस्थिति सामना गर्नु पर्ने छ’ भन्दै बेल्जियम एक्लै नछोडिने स्पष्ट पारे । 

बेल्जियमले फ्रिज गरिएका सम्पत्तिबाट केही कर आय पाउँदै आएको छ र उठेको ब्याजलाई जी-७ राष्ट्रको युक्रेनसम्बन्धी ऋण कार्यक्रमका लागि प्रयोग गरिएको छ । तर युरोपेली केन्द्रीय बैँकले भने क्षतिपूर्ति ऋण योजनाले अन्तर्राष्ट्रिय बजारमा युरोपेली मुद्रा यूरोप्रति विश्वास कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेको छ । इयुका शीर्ष नेताले डिसेम्बर १८ मा ब्रसेल्समा हुने शिखर बैठकमा यस योजना तथा युक्रेनका आर्थिक-सैन्य आवश्यकताबारे विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ । रासस/एपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending