Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

बेल्जियमद्वारा रूसी सम्पत्ति प्रयोग योजना अस्वीकार

खबरडबली संवाददाता

ब्रसेल्स । बेल्जियम सरकारले आगामी दुई वर्षका लागि युक्रेनको आर्थिक र सैन्य आवश्यकतामा सहयोग पुर्‍याउन फ्रिज गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने युरोपेली सङ्घ (इयु) को प्रस्ताव अस्वीकार गरेको छ । 

बेल्जियमले यो योजनाले गम्भीर वित्तीय तथा कानुनी जोखिम निम्त्याउने ठहर गर्दै यसलाई अत्यन्त जोखिमपूर्ण कदम भनेको छ । युक्रेनले सन् २०२६ र २०२७ का लागि करिब एक खर्ब ३० अर्ब युरो (एक खर्ब ५० अर्ब डलर) बराबरको बजेट र युद्धसम्बन्धी आवश्यकता हुने अनुमान गरेको छ ।

इयुले यस आर्थिक खाडल पूर्ति गर्ने प्रतिबद्धता जनाइसकेको छ, जसअन्तर्गत सन् २०२२ मा युद्ध सुरु भएदेखि हालसम्म एक खर्ब ७० अर्ब युरो (एक खर्ब ९७ अर्ब डलर) भन्दा बढी व्यय भइसकेको छ । फ्रिज गरिएका रूसी सम्पत्ति इयुका लागि सबैभन्दा ठुलो स्रोत मानिन्छ, जसमा सबैभन्दा ठुलो हिस्सा-करिब एक खर्ब ९४ अर्ब युरो-बेल्जियममा अवस्थित छ । 

जापानमा लगभग ५० अर्ब डलर बराबरको रकम राखिएको छ भने अमेरिका, बेलायत र क्यानाडामा पनि कम मात्रामा फ्रिज गरिएको सम्पत्ति रहेको छ । युरोपेली आयोगले बुधबारपछि ‘क्षतिपूर्ति ऋण’ मोडेलमार्फत युक्रेनका अत्यावश्यक आवश्यकता पूरा गर्न यी रूसी सम्पत्तिलाई बन्धकका रूपमा प्रयोग गर्ने प्रस्ताव सार्वजनिक गर्ने तयारी गरेको थियो । 

तर बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले ‘क्षतिपूर्ति ऋण’ विकल्पलाई सबैभन्दा खराब र अत्यधिक जोखिमपूर्ण ठहर गर्दै यसले अभूतपूर्व कानूनी विवाद निम्त्याउन सक्ने टिप्पणी गरे । रुसले यस योजनालाई ‘चोरी’ भनेर आलोचना गर्दै आएको छ । ब्रसेल्सस्थित नाटो मुख्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै प्रिभोटले इयुलाई युक्रेनका लागि अन्तर्राष्ट्रिय बजारबाट धन उधारो लिन आग्रह गरे । 

“यो परिचित, बलियो र अनुमानित मानकसहितको स्थापित विधि हो”, उनले भने । उनका अनुसार क्षतिपूर्ति ऋणले अत्यन्त संवेदनशील आर्थिक, वित्तीय र कानुनी जोखिम बोकेको छ, र आयोगले प्रस्तुत गरेको प्रस्तावले बेल्जियमका गम्भीर चिन्ता सम्बोधन गर्न सकेको छैन । “हामीलाई मात्र जोखिमको बोझ थोपर्ने प्रबन्ध स्वीकार्य हुँदैन”, प्रिभोटले जोड दिए । 

ब्रसेल्समा आधारित युरोक्लियर नामक ठुलो वित्तीय समाशोधन संस्थाले रुसले कानुनी चुनौती दिएमा वा उक्त कदमले यसको छवि र व्यापारिक हितमा असर परेमा गम्भीर कानुनी मुद्दा झेल्नुपर्ने स्थिति आउनसक्ने बेल्जियमलाई चिन्ता छ । प्रिभोटले आफ्नो चिन्ता अन्य इयु सदस्य राष्ट्रले पर्याप्तरूपमा नबुझेको गुनासो पनि व्यक्त गरे । 

“हामी साझेदार वा युक्रेनको विरोधमा छैनौँ । हामी केवल एक सदस्य राष्ट्रका रूपमा सम्भावित विनाशकारी जोखिमबाट जोगिन खोजिरहेका छौँ”, उनले स्पष्ट पारे । इयुले करिब एक खर्ब ४० अर्ब युरो (एक खर्ब ६३ अर्ब डलर) युक्रेनलाई ऋण स्वरूप उपलब्ध गराउने योजना बनाइरहेको छ । यी रकम जफत गरिने छैनन् र रुसले युद्धका कारण तिर्नुपर्ने क्षतिपूर्ति बुझाएपछि किएभले बाँकी ऋण फिर्ता गर्ने व्यवस्था प्रस्तावित छ । तर यदि मस्कोले क्षतिपूर्ति तिर्न अस्वीकार गर्यो भने सम्पत्ति यथावत् फ्रिज नै रहने छ ।

युरोपेली साझेदारले भने बेल्जियमका चिन्तालाई गम्भीरतापूर्वक लिइएको दाबी गरेका छन् । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले ‘चिन्ता उचित भए पनि, संयुक्तरूपमा जिम्मेवारी बाँड्ने हो भने समाधान सम्भव छ’ भने । डच विदेशमन्त्री डेभिड भ्यान वेलले ‘यी कोष युक्रेनी अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण छन्, अन्यथा उनीहरूले आगामी वर्ष अत्यन्त कठिन परिस्थिति सामना गर्नु पर्ने छ’ भन्दै बेल्जियम एक्लै नछोडिने स्पष्ट पारे । 

बेल्जियमले फ्रिज गरिएका सम्पत्तिबाट केही कर आय पाउँदै आएको छ र उठेको ब्याजलाई जी-७ राष्ट्रको युक्रेनसम्बन्धी ऋण कार्यक्रमका लागि प्रयोग गरिएको छ । तर युरोपेली केन्द्रीय बैँकले भने क्षतिपूर्ति ऋण योजनाले अन्तर्राष्ट्रिय बजारमा युरोपेली मुद्रा यूरोप्रति विश्वास कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेको छ । इयुका शीर्ष नेताले डिसेम्बर १८ मा ब्रसेल्समा हुने शिखर बैठकमा यस योजना तथा युक्रेनका आर्थिक-सैन्य आवश्यकताबारे विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ । रासस/एपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE