Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

गुल्मीमा २० करोड ६७ लाखको सुन्तला उत्पादन

खबरडबली संवाददाता

गुल्मी । जिल्लामा यस वर्ष रु २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस पटक जिल्लामा सुन्तलाको उत्पादन घटेको हो ।

गत वर्ष रु २४ करोड ५० लाखभन्दा बढीको सुन्तला उत्पादन भएकोमा यस पटक उत्पादन ३२ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपाने जानकारी दिए । जिल्लामा यस वर्ष रु २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएको सूचना अधिकारी न्यौपानेले बताए ।

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका कृषकले यस पटक अपेक्षा गरेअनुसार सुन्तला उत्पादन नभएको बताएका छन् । सुन्तलाखेतीबाट यहाँका कतिपय कृषकले वार्षिक रु पाँच लाखभन्दा बढीको सुन्तला बिक्री गर्दै आइरहेका छन् ।

जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक रु दश करोड मूल्य बराबरको सुन्तला मात्र जिल्ला बाहिर निर्यात हुने कार्यालयले जनाएको छ । गुल्मीबाट गत वर्ष रु १३ करोड बराबरको सुन्तला जिल्ला बाहिर निर्यात भएकोे थियो ।

सुन्तलाको उत्पादन घट्नुमा बेमौसमी वर्षा, कृषकहरुले बगैँचा व्यवस्थापनमा ध्यान नदिनु, सानैमा फल झर्ने समस्या, रोग/किराको प्रकोप बढ्नु, सुन्तलालाई उचित मलखाद तथा सिँचाइ नहुनुु, समयमा सुन्तलाको बोट काँटछाट नगर्नु जस्ता मुख्य कारण रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिए ।

यहाँका कृषकहरुले परम्परागत रुपमा सुन्तलाखेती गर्दैै आएका छन् । परम्परागत खेतीका कारण समय समयमा सुन्तलाका फेँद र जरा कुहिने समस्याका कारण सुन्तलाको उत्पादनमा कमी आउँदै जान थालेको धुर्कोट गाउँपालिकाका–२ पिपलधाराका कृषक शिवलाल खनालले बताए । सुन्तला बगैँचामा समयमै मलखादको व्यवस्थापन र सूक्ष्म तत्वको प्रयोग गर्नेहो भने उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।

जिल्लामा अधिकांश कृषकहरुले सुन्तला बगैँचामा बिजु बिरुवाहरु रहेका छन् । यहाँका सुन्तला बगैँचाहरुमा ९५ प्रतिशतभन्दा धेरै बिजु विरुवाका बोट छन् । कलमी बोटहरुले भन्दा बिजु बिरुवाले लामो समयसम्म फलदिने भएका कारण यहाँका कृषकले बिजु बिरुवाको प्रयोग गर्दै आएका छन् । 

जिल्लामा सुन्तलाको कूल ८८५ हेक्टर क्षेत्रफलमध्ये हाल ६१५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गर्दछ । व्यावसायिक रुपमा भने सुन्तलाखेती गर्ने कृषकको सङ्ख्या त्यति धेरै छैन ।

जिल्लाका ९३ वडामध्ये ३६ वडामा सुन्तला जातका फलफूल जोन कार्यक्रम लागू भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कृषि इन्जिनियर विष्णुप्रसाद पोख्रेलले बताए ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा तथा सत्यवतीको लिम्घा र रेसुङ्गाको अर्खलेलगायतका ठाउँमा चक्लाबन्दी गरी व्यावसायिक सुन्तलाखेती सुरु गरिएको छ ।

गुल्मीको सुन्तला निकै रसिलो र स्वादिलो हुनेभएका कारण बजारमा यहाँको सुन्तलाको राम्रो माग हुँदै आएको छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाबाट व्यापारी घरमै पुगेर सुन्तलाको बगैँचा खरिद गर्ने गर्दछन् । अहिले बजारमा गुल्मीको सुन्तलाको थोक मूल्य रु ४० देखि खुद्रा मूल्य रु १०० सम्म रहेको छ ।

सुन्तलाजात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनि सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रममार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ ।

सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँटलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले बताए।

जिल्लामा धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मीदरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने सुन्तलाको मुख्य पकेट क्षेत्रको रुपमा रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending