Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

भारतमा अब सबै नयाँ स्मार्टफोनमा ‘सञ्चार साथी’ अनिवार्य

खबरडबली संवाददाता

काठमाडौँ । भारत सरकारले अब बिक्रीमा आउने हरेक नयाँ स्मार्टफोनमा सरकारी साइबर–सुरक्षा एप ‘सञ्चार साथी’ अनिवार्य रूपमा प्रि–इन्स्टल हुनैपर्ने व्यवस्था लागू गरेको छ। यस एपलाई प्रयोगकर्ताले हटाउन पनि नपाउनेछन्।

रोयटर्सका अनुसार स्मार्टफोन निर्माता कम्पनीहरू—एप्पल, सामसङ, भिभो, ओप्पो, साओमीलगायतलाई यो निर्णय ९० दिनभित्र कार्यान्वयन गर्न निर्देशन दिइएको छ। बजारमा भइसकेका वा गोदाममा रहेका मोडलहरूमा पनि सिस्टम अपडेटमार्फत एप थप्न भनिएको छ।

भारतमा १.२ अर्बभन्दा बढी मोबाइल प्रयोगकर्ता छन् र वर्षेनी १६ करोडभन्दा धेरै नयाँ फोन प्रयोगमा आउँछन्। यस कारण यो कदमलाई भारतको सबैभन्दा ठूलो साइबर–सुरक्षा अभियानको रूपमा हेरिएको छ।

यस वर्ष जनवरीमा सार्वजनिक ‘सञ्चार साथी’ एपले हराएका वा चोरी भएका फोन ट्र्याक तथा ब्लक गर्न सहयोग गर्छ। सरकारले हालसम्म ७ लाखभन्दा बढी हराएका मोबाइल यसमार्फत फेला परेको दाबी गरेको छ।

सरकारले यो कदम उपभोक्ता सुरक्षा र साइबर अपराध नियन्त्रणका लागि आवश्यक भएको बताइरहे पनि आलोचकहरूले भने व्यक्तिगत गोपनीयता र प्रयोगकर्ता स्वतन्त्रता सीमित हुने चेतावनी दिएका छन्। विशेषगरी एप्पलका लागि अनिवार्य प्रि–लोड नीति चुनौतीपूर्ण हुने विश्लेषकहरूको टिप्पणी छ।

यसअघि रूसले पनि सन् २०२५ देखि सरकारी एप सबै स्मार्टफोनमा अनिवार्य प्रि–लोड गर्ने निर्णय गरेकाे थियो। साइबर अपराध बढ्दै गएसँगै अन्य देशहरूले पनि यस्तै कदमकाे तयारी गरिरहेको उल्लेख गरिएको छ।भारतमा अब सबै नयाँ स्मार्टफोनमा ‘सञ्चार साथी’ अनिवार्य

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE