Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

भारतमा अब सबै नयाँ स्मार्टफोनमा ‘सञ्चार साथी’ अनिवार्य

खबरडबली संवाददाता

काठमाडौँ । भारत सरकारले अब बिक्रीमा आउने हरेक नयाँ स्मार्टफोनमा सरकारी साइबर–सुरक्षा एप ‘सञ्चार साथी’ अनिवार्य रूपमा प्रि–इन्स्टल हुनैपर्ने व्यवस्था लागू गरेको छ। यस एपलाई प्रयोगकर्ताले हटाउन पनि नपाउनेछन्।

रोयटर्सका अनुसार स्मार्टफोन निर्माता कम्पनीहरू—एप्पल, सामसङ, भिभो, ओप्पो, साओमीलगायतलाई यो निर्णय ९० दिनभित्र कार्यान्वयन गर्न निर्देशन दिइएको छ। बजारमा भइसकेका वा गोदाममा रहेका मोडलहरूमा पनि सिस्टम अपडेटमार्फत एप थप्न भनिएको छ।

भारतमा १.२ अर्बभन्दा बढी मोबाइल प्रयोगकर्ता छन् र वर्षेनी १६ करोडभन्दा धेरै नयाँ फोन प्रयोगमा आउँछन्। यस कारण यो कदमलाई भारतको सबैभन्दा ठूलो साइबर–सुरक्षा अभियानको रूपमा हेरिएको छ।

यस वर्ष जनवरीमा सार्वजनिक ‘सञ्चार साथी’ एपले हराएका वा चोरी भएका फोन ट्र्याक तथा ब्लक गर्न सहयोग गर्छ। सरकारले हालसम्म ७ लाखभन्दा बढी हराएका मोबाइल यसमार्फत फेला परेको दाबी गरेको छ।

सरकारले यो कदम उपभोक्ता सुरक्षा र साइबर अपराध नियन्त्रणका लागि आवश्यक भएको बताइरहे पनि आलोचकहरूले भने व्यक्तिगत गोपनीयता र प्रयोगकर्ता स्वतन्त्रता सीमित हुने चेतावनी दिएका छन्। विशेषगरी एप्पलका लागि अनिवार्य प्रि–लोड नीति चुनौतीपूर्ण हुने विश्लेषकहरूको टिप्पणी छ।

यसअघि रूसले पनि सन् २०२५ देखि सरकारी एप सबै स्मार्टफोनमा अनिवार्य प्रि–लोड गर्ने निर्णय गरेकाे थियो। साइबर अपराध बढ्दै गएसँगै अन्य देशहरूले पनि यस्तै कदमकाे तयारी गरिरहेको उल्लेख गरिएको छ।भारतमा अब सबै नयाँ स्मार्टफोनमा ‘सञ्चार साथी’ अनिवार्य

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोप अभियानमै ठूलो क्षति : ४१ करोड रुपैयाँ बराबरको खोप नष्ट

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सरकारले खरिद गरेका खोपहरू प्रभावकारी व्यवस्थापन हुन नसक्दा ठूलो परिमाणमा खेर जाने गरेको तथ्य सार्वजनिक भएको...

तीन वर्षपछि शरणार्थी घोटाला मुद्दा निर्णायक चरणमा

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंले अन्तिम सुनुवाइ सुरु गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा...

गुण्डागर्दीको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले गुण्डागर्दीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ स्थायी ठेगाना भई हाल कागेश्वरी म...

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...

षडानन्दमा ‘एक घर, एक धारा’ अभियान सफल हुँदै

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...

दशक बित्दा पनि आत्मनिर्भर बन्न सकेनन् मुगुका स्थानीय तह

मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...

पूर्वाधार अभावले थलिएको लाप्चा पर्यटन

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...

म्याग्दीको चिम खोला गाउँ

म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...

बिमा रकमका लागि चोरीको नाटक ? सुन पसल सञ्चालक प्रहरी फन्दामा

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...

दरबार हत्याकाण्ड मात्रै होइन, मदन भण्डारी र सुशील कोइरालाको मृत्युबारे पनि छानबिन होस् : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending