Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

जेलेन्स्की–म्याक्रोन भेट साेमबार पेरिसमा हुने

खबरडबली संवाददाता

पेरिस । रुस–युक्रेन युद्धको शान्ति सम्झौताका लागि चलिरहेको कूटनीतिक प्रयास तीव्र भएसँगै फ्रान्सले सोमबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पेरिसमा स्वागत गर्न तयारी पूरा गरेको छ ।

फ्रान्स २४ का अनुसार राष्ट्रपति जेलेन्स्की फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्दै युद्धपछिको सबैभन्दा कठिन राजनीतिक तथा सैन्य परिस्थितिमा रहेको युक्रेनका चुनौतीबारे गम्भीर छलफल गर्ने कार्यक्रम छ ।

शनिबार फ्रान्सेली राष्ट्रपति कार्यालय (एलिसी) का एक अधिकारीले म्याक्रोन र जेलेन्स्कीबीच ‘न्यायपूर्ण र स्थायी शान्तिका लागि आवश्यक सर्तहरू’ बारे गहन विचार–विमर्श हुने जानकारी दिएका थिए । अमेरिकामा युक्रेनका लागि तयार गरिएको शान्ति योजनाबारे छलफल गर्न एक उच्चस्तरीय युक्रेनी प्रतिनिधिमण्डल प्रस्थान गर्ने तयारीमा रहेका बेला यो भेटवार्ता तय गरिएको हो ।

यसैबीच, युक्रेनमा प्रमुख राजनीतिक हलचल सिर्जना भएको छ । राष्ट्रपति जेलेन्स्कीका निकट सहयोगी तथा अत्यन्त प्रभावशाली राजनीतिक हर्ताकर्ता मानिने राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यर्माकले भ्रष्टाचारविरोधी निकायहरूले उनको निवासमा छापा मारेको केही घण्टामै राजीनामा दिएका छन् । किएभले अमेरिकाको दबाबका बीच रूससँग शान्ति सम्झौता स्वीकार गर्नुपर्ने अवस्था झन् जटिल बन्दै गइरहेको छ ।

अधिकारीहरूका अनुसार यर्माकलाई प्रायः युक्रेनको दोस्रो सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा हेरिन्छ । हालै जेनेभामा अमेरिकी प्रतिनिधिसँग भएको वार्तामा उनले युक्रेनी टोलीको नेतृत्व गरेका थिए । तर शुक्रबार राष्ट्रपति जेलेन्स्कीले दैनिक टेलिभिजन सम्बोधनमार्फत यर्माकको राजीनामा घोषणा गरेपछि महत्त्वपूर्ण शान्ति वार्ताको पूर्वसन्ध्यामा किएभको राजनैतिक स्थिति थप अस्थिर बनेको छ ।

राष्ट्रपति जेलेन्स्कीले भने, “आज कसैलाई युक्रेनबारे प्रश्न गर्न दिन चाहन्नँ । त्यसैले केही आन्तरिक निर्णयहरू गरेका छौँ । पहिलो, राष्ट्रपतिको कार्यालयमा रिबुट हुनेछ । कार्यालय प्रमुख एन्ड्री यर्माकले राजीनामा पत्र बुझाउनुभएको छ ।” यर्माकले भने तत्काल सार्वजनिक प्रतिक्रिया दिएनन् । छापा चलिरहेको पुष्टि गर्दै उनले टेलिग्राममार्फत अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जानकारी दिएका थिए ।

युक्रेनको प्रमुख भ्रष्टाचारविरोधी संस्था राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो (एनएबियु) र विशेष भ्रष्टाचार विरोधी अभियोजक कार्यालय (एसएपिओ) दुवै छापामा संलग्न थिए । दुई हप्ताअघि यी निकायले युक्रेनको ऊर्जा पूर्वाधारमा भएको भनिएको ठूला किकब्याक योजनाबारे व्यापक अनुसन्धान सुरु गरेको घोषणा गरेका थिए । यही अनुसन्धानकै बीचमा छापा मारेको बताइन्छ ।

यस घोटालाले युक्रेनी सरकारका दुई मन्त्री पदमुक्त भएका छन् र राष्ट्रपति जेलेन्स्कीको मनोरञ्जन उद्योगमा कार्यरत पूर्व व्यापारिक सहकर्मी पनि यसको चपेटामा परेका छन् । तर यर्माकको हालैको महत्त्वपूर्ण उन्नति र वार्ता टोलीमा प्रमुख भूमिकाका कारण यो विकास राष्ट्रपति जेलेन्स्कीका लागि असाधारण रूपमा असहज परिदृश्य बनेको छ ।

आगामी केही दिनमै अमेरिकी पक्षसँग शान्ति वार्ताको अर्को चरण हुने अनुमान छ । तर यर्माकको स्थान कसले लिनेछ भन्ने प्रश्न अझै अनिश्चित छ । सिएनएनका अनुसार, राष्ट्रपति जेलेन्स्कीले शनिबारै चिफ अफ स्टाफका सम्भावित उत्तराधिकारीहरूसँग छलफल सुरु गर्ने तयारी रहेको बताएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending