Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

जेलेन्स्की–म्याक्रोन भेट साेमबार पेरिसमा हुने

खबरडबली संवाददाता

पेरिस । रुस–युक्रेन युद्धको शान्ति सम्झौताका लागि चलिरहेको कूटनीतिक प्रयास तीव्र भएसँगै फ्रान्सले सोमबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पेरिसमा स्वागत गर्न तयारी पूरा गरेको छ ।

फ्रान्स २४ का अनुसार राष्ट्रपति जेलेन्स्की फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्दै युद्धपछिको सबैभन्दा कठिन राजनीतिक तथा सैन्य परिस्थितिमा रहेको युक्रेनका चुनौतीबारे गम्भीर छलफल गर्ने कार्यक्रम छ ।

शनिबार फ्रान्सेली राष्ट्रपति कार्यालय (एलिसी) का एक अधिकारीले म्याक्रोन र जेलेन्स्कीबीच ‘न्यायपूर्ण र स्थायी शान्तिका लागि आवश्यक सर्तहरू’ बारे गहन विचार–विमर्श हुने जानकारी दिएका थिए । अमेरिकामा युक्रेनका लागि तयार गरिएको शान्ति योजनाबारे छलफल गर्न एक उच्चस्तरीय युक्रेनी प्रतिनिधिमण्डल प्रस्थान गर्ने तयारीमा रहेका बेला यो भेटवार्ता तय गरिएको हो ।

यसैबीच, युक्रेनमा प्रमुख राजनीतिक हलचल सिर्जना भएको छ । राष्ट्रपति जेलेन्स्कीका निकट सहयोगी तथा अत्यन्त प्रभावशाली राजनीतिक हर्ताकर्ता मानिने राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यर्माकले भ्रष्टाचारविरोधी निकायहरूले उनको निवासमा छापा मारेको केही घण्टामै राजीनामा दिएका छन् । किएभले अमेरिकाको दबाबका बीच रूससँग शान्ति सम्झौता स्वीकार गर्नुपर्ने अवस्था झन् जटिल बन्दै गइरहेको छ ।

अधिकारीहरूका अनुसार यर्माकलाई प्रायः युक्रेनको दोस्रो सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा हेरिन्छ । हालै जेनेभामा अमेरिकी प्रतिनिधिसँग भएको वार्तामा उनले युक्रेनी टोलीको नेतृत्व गरेका थिए । तर शुक्रबार राष्ट्रपति जेलेन्स्कीले दैनिक टेलिभिजन सम्बोधनमार्फत यर्माकको राजीनामा घोषणा गरेपछि महत्त्वपूर्ण शान्ति वार्ताको पूर्वसन्ध्यामा किएभको राजनैतिक स्थिति थप अस्थिर बनेको छ ।

राष्ट्रपति जेलेन्स्कीले भने, “आज कसैलाई युक्रेनबारे प्रश्न गर्न दिन चाहन्नँ । त्यसैले केही आन्तरिक निर्णयहरू गरेका छौँ । पहिलो, राष्ट्रपतिको कार्यालयमा रिबुट हुनेछ । कार्यालय प्रमुख एन्ड्री यर्माकले राजीनामा पत्र बुझाउनुभएको छ ।” यर्माकले भने तत्काल सार्वजनिक प्रतिक्रिया दिएनन् । छापा चलिरहेको पुष्टि गर्दै उनले टेलिग्राममार्फत अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जानकारी दिएका थिए ।

युक्रेनको प्रमुख भ्रष्टाचारविरोधी संस्था राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो (एनएबियु) र विशेष भ्रष्टाचार विरोधी अभियोजक कार्यालय (एसएपिओ) दुवै छापामा संलग्न थिए । दुई हप्ताअघि यी निकायले युक्रेनको ऊर्जा पूर्वाधारमा भएको भनिएको ठूला किकब्याक योजनाबारे व्यापक अनुसन्धान सुरु गरेको घोषणा गरेका थिए । यही अनुसन्धानकै बीचमा छापा मारेको बताइन्छ ।

यस घोटालाले युक्रेनी सरकारका दुई मन्त्री पदमुक्त भएका छन् र राष्ट्रपति जेलेन्स्कीको मनोरञ्जन उद्योगमा कार्यरत पूर्व व्यापारिक सहकर्मी पनि यसको चपेटामा परेका छन् । तर यर्माकको हालैको महत्त्वपूर्ण उन्नति र वार्ता टोलीमा प्रमुख भूमिकाका कारण यो विकास राष्ट्रपति जेलेन्स्कीका लागि असाधारण रूपमा असहज परिदृश्य बनेको छ ।

आगामी केही दिनमै अमेरिकी पक्षसँग शान्ति वार्ताको अर्को चरण हुने अनुमान छ । तर यर्माकको स्थान कसले लिनेछ भन्ने प्रश्न अझै अनिश्चित छ । सिएनएनका अनुसार, राष्ट्रपति जेलेन्स्कीले शनिबारै चिफ अफ स्टाफका सम्भावित उत्तराधिकारीहरूसँग छलफल सुरु गर्ने तयारी रहेको बताएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending