काठमाडाैं । बेलायतवासी पूर्वब्रिटिस तथा समाजसेवी कमलबहादुर पुर्जाले नेपाललाई उठाउने अन्तिम घण्टी बजाउँदै कडा शब्दमा चेतावनी दिएका छन् “पहिले हामी आफैँ बदलिऔँ, नभए नेपाल कहिल्यै उठ्दैन।” सामाजिक सञ्जालबाट उनले बुधबार सार्वजनिक गरेको सन्देश कुनै साधारण टिप्पणी होइन । यो वर्षौंदेखि निदाएर बसेका नेपालीहरूलाई झस्काउने खालको तीब्र आह्वान हो।
पुर्जाले स्पष्ट भने “हामी बच्चा होइनौं। सही–गलत छुट्याउने क्षमता छ। तर त्यो प्रयोग गर्न नसक्नेहरूकै कारण देश बर्बाद छ। आफैँ बलियो बन्नुस्, तब मात्रै नेपाल बलियो बन्छ।”
उनले नेपाली राजनीतिलाई कठोर भाषामा चिर्चिरे “देश दैनिक आरोप–प्रत्यारोपले चल्दैन। नेतामा न दृष्टि छ, न योजना। देखिन्छ भने भ्रष्टाचार, स्वार्थ, र विभाजन मात्रै। परिवर्तन ल्याउनेलाई नै भ्रष्टहरू रोक्छन्, किनकि परिवर्तन आए भने उनीहरूको लाभ, उनको साम्राज्य, उनको दम्भ भत्किन्छ।”
विदेशीएजेन्टको नाममा गरिने आरोपप्रत्यारोपलाई उनले ठाडै हानिदिए “नेपालजस्ता देश विदेशी सहयोग बिना एक दिन पनि टिक्दैनन् भन्ने बुझ्न नसक्नेहरूलाई के भन्ने? स्वास्थ्यदेखि शिक्षा, बजेटदेखि सडक सबै विदेशी सहयोगमै टिकेको देश हो यो। काम गर्न नसक्नेहरूले अरूलाई एजेण्ट भन्छन्, यही हाम्रो दुर्भाग्य।”
नेपालीहरूले जहाँ–जहाँ पुगे पनि पुरानै गन्हाउने बानी बोकेर नहिँड्न आग्रह गर्दै उनले थपे “नेताहरूले विकसित देशबाट सिक्न नचाहेको देख्दा लाज लाग्छ। आधुनिक सोच किन भित्र्याउँदैनन्? किन परिवर्तनसँग डराउँछन्? कसैले काम गर्न खोज्यो भने त्यसैलाई धक्काउने, बदनाम गर्ने हाम्रो प्रवृत्ति नै देश खुम्च्याइरहेको छ।”
रविलामिछानेको प्रसंग उठाउँदै उनले कटु सत्य बोले “उनीहरू त्यही मान्छेको डर गर्छन् जसले साँचो अर्थमा प्रणाली हल्लाउँछ। इमानदार मान्छे सत्तामा पुगे भने धेरै भ्रष्टहरूको मुखुण्डो खुल्छ।”
पुर्जाले जनतालाई पनि नरमाइला शब्दमा होइन, कठोर रूपमा सम्बोधन गरे “गलत नेतामै भोट हालिरहेर फेरि उनीहरूलाई गाली गर्ने जनतासमेत दोषी हुन्। त्यसैले नेताहरू जनतालाई ‘भेंडा’ भन्छन् व्यवहार नै त्यही छ।”
त्यो व्यवहार बदल्न उनले सीधा सन्देश दिए । “पहिले आफैँ बदल। सही–गलत छुट्याऊ। जिम्मेवार नागरिक बन्छु भने मात्र देश उठ्छ।”
नेपाल विदेशी अनुदानमै अडेको वास्तविकता खुलेरै राख्दै उनले भने “वार्षिक बजेटदेखि खानेपानीसम्म, अस्पतालदेखि स्कुलसम्म सबै बाहिरी सहयोगले चलिरहेको देशमा अहंकार देखाउनु हास्यास्पद हुन्छ।”
अन्त्यमा पुर्जाले भावपूर्ण तर कडा शैलीमा निष्कर्ष टेके “यदि साँच्चिकै नेपाल बदल्न चाहन्छौ भने इमानदार, निडर र सत्यनिष्ठलाई साथ देऊ। हर्का साम्पाङजस्ता साहसी नेताको आवश्यकता अब यतिबेला छ नत्र देशले बच्ने सम्भावना दिनदिनै क्षीण हुँदैछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: