काठमाडाैं । बेलायतवासी पूर्वब्रिटिस तथा समाजसेवी कमलबहादुर पुर्जाले नेपाललाई उठाउने अन्तिम घण्टी बजाउँदै कडा शब्दमा चेतावनी दिएका छन् “पहिले हामी आफैँ बदलिऔँ, नभए नेपाल कहिल्यै उठ्दैन।” सामाजिक सञ्जालबाट उनले बुधबार सार्वजनिक गरेको सन्देश कुनै साधारण टिप्पणी होइन । यो वर्षौंदेखि निदाएर बसेका नेपालीहरूलाई झस्काउने खालको तीब्र आह्वान हो।
पुर्जाले स्पष्ट भने “हामी बच्चा होइनौं। सही–गलत छुट्याउने क्षमता छ। तर त्यो प्रयोग गर्न नसक्नेहरूकै कारण देश बर्बाद छ। आफैँ बलियो बन्नुस्, तब मात्रै नेपाल बलियो बन्छ।”
उनले नेपाली राजनीतिलाई कठोर भाषामा चिर्चिरे “देश दैनिक आरोप–प्रत्यारोपले चल्दैन। नेतामा न दृष्टि छ, न योजना। देखिन्छ भने भ्रष्टाचार, स्वार्थ, र विभाजन मात्रै। परिवर्तन ल्याउनेलाई नै भ्रष्टहरू रोक्छन्, किनकि परिवर्तन आए भने उनीहरूको लाभ, उनको साम्राज्य, उनको दम्भ भत्किन्छ।”
विदेशीएजेन्टको नाममा गरिने आरोपप्रत्यारोपलाई उनले ठाडै हानिदिए “नेपालजस्ता देश विदेशी सहयोग बिना एक दिन पनि टिक्दैनन् भन्ने बुझ्न नसक्नेहरूलाई के भन्ने? स्वास्थ्यदेखि शिक्षा, बजेटदेखि सडक सबै विदेशी सहयोगमै टिकेको देश हो यो। काम गर्न नसक्नेहरूले अरूलाई एजेण्ट भन्छन्, यही हाम्रो दुर्भाग्य।”
नेपालीहरूले जहाँ–जहाँ पुगे पनि पुरानै गन्हाउने बानी बोकेर नहिँड्न आग्रह गर्दै उनले थपे “नेताहरूले विकसित देशबाट सिक्न नचाहेको देख्दा लाज लाग्छ। आधुनिक सोच किन भित्र्याउँदैनन्? किन परिवर्तनसँग डराउँछन्? कसैले काम गर्न खोज्यो भने त्यसैलाई धक्काउने, बदनाम गर्ने हाम्रो प्रवृत्ति नै देश खुम्च्याइरहेको छ।”
रविलामिछानेको प्रसंग उठाउँदै उनले कटु सत्य बोले “उनीहरू त्यही मान्छेको डर गर्छन् जसले साँचो अर्थमा प्रणाली हल्लाउँछ। इमानदार मान्छे सत्तामा पुगे भने धेरै भ्रष्टहरूको मुखुण्डो खुल्छ।”
पुर्जाले जनतालाई पनि नरमाइला शब्दमा होइन, कठोर रूपमा सम्बोधन गरे “गलत नेतामै भोट हालिरहेर फेरि उनीहरूलाई गाली गर्ने जनतासमेत दोषी हुन्। त्यसैले नेताहरू जनतालाई ‘भेंडा’ भन्छन् व्यवहार नै त्यही छ।”
त्यो व्यवहार बदल्न उनले सीधा सन्देश दिए । “पहिले आफैँ बदल। सही–गलत छुट्याऊ। जिम्मेवार नागरिक बन्छु भने मात्र देश उठ्छ।”
नेपाल विदेशी अनुदानमै अडेको वास्तविकता खुलेरै राख्दै उनले भने “वार्षिक बजेटदेखि खानेपानीसम्म, अस्पतालदेखि स्कुलसम्म सबै बाहिरी सहयोगले चलिरहेको देशमा अहंकार देखाउनु हास्यास्पद हुन्छ।”
अन्त्यमा पुर्जाले भावपूर्ण तर कडा शैलीमा निष्कर्ष टेके “यदि साँच्चिकै नेपाल बदल्न चाहन्छौ भने इमानदार, निडर र सत्यनिष्ठलाई साथ देऊ। हर्का साम्पाङजस्ता साहसी नेताको आवश्यकता अब यतिबेला छ नत्र देशले बच्ने सम्भावना दिनदिनै क्षीण हुँदैछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: