Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेकपाकाे एकता सन्देशसभा दुई प्रदेशमा सम्पन्न: बाँकी कुनमा कहिले ?

खबरडबली संवाददाता
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी एकताको सन्देश आम जनसमुदायमा पुर्‍याउने उद्देश्यले शुक्रबार कैलालीको धनगढीमा एकता सन्देश सभा सफलता पूर्वक सम्पन्न गरेको छ । 
 
 सभाले पार्टीको एकताको महत्वलाई जोड दिँदै विभिन्न तहका नेता तथा कार्यकर्ताहरूलाई एकजुट हुने अपिल गरेको छ । त्यसपछि लुम्बीनिमा शनिबार सम्पन्न भएकाे हाे ।
अन्य प्रदेशहरूमा पनि यस्ता सभाहरूको आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सभालाई पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालसहितका वरिष्ठ नेताहरूले सम्बोधन गरिरहेका छन् । 
 
नेताहरुले एकताको सन्देशलाई आधार बनाएर पार्टीभित्रका वैचारिक बहसहरूलाई समन्वयात्मक ढङ्गले सुल्झाउनुपर्नेमा जोड दिइरहेका छन् । सभामा सहभागीहरूले एकताको पक्षमा नारा लगाउँदै उत्साहजनक सहभागिता जनाउँदै आएका छन् । 
 
पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार, एकता सन्देशलाई प्रदेशव्यापी रूपमा फैलाउन विभिन्न प्रदेशहरूमा सन्देश सभाहरूको कार्यक्रम तय भएको छ । यी सभाहरूमा पनि प्रचण्ड, नेपाल लगायतका नेताहरूको सम्बोधन रहनेछ । 
 
अब गण्डकी प्रदेशकाे पाेखरामा १४ गते, प्रदेश नं. १ (कोशी) विराटनगरमा १५ गते, उपत्यका विशेष प्रदेशकाे काठमाडाैंमा १७ गते, कर्णाली प्रदेशकाे सुर्खेतमा १८ गते, मधेश प्रदेशकाे जनकपुरमा २० गते, प्रवास प्रदेशहरू (संयुक्त भर्चुअल) २१ अनलाइनबाट २१ गते, संघीय सम्पर्क समन्वय प्रदेशकाे २२ गते काठमाडौंमा बाग्मती प्रदेशकाे हेटाैँडामा २३ गते रहेकाे छ ।
 
यी सभाहरूले पार्टीको एकताको सन्देशलाई ग्रामीण तथा शहरी क्षेत्रसम्म पुर्‍याउने लक्ष्य राखेको छ । पार्टीका नेताहरुले यी कार्यक्रमहरूबाट एकताको भावना मजबुत बन्ने र आगामी राजनीतिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending