Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदलिनुपर्छ: प्रचण्ड

खबरडबली संवाददाता

दाङ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरु जनतासँग आत्मालोचना गर्न आएको बताएका छन् । 

लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले बिगतका कमीकमजोरी खोतल्ने र त्यसलाई सच्चाउने प्रतिबद्धता गर्न आफूहरु आएको बताए । 

उनले भने, 'हामीले समीक्षा गरेर नै एकताबद्ध भएका हौँ । यो एकता सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ । यो आत्मालोचना सभा पनि हो । हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेका हौँ ।'

लुम्बिनी प्रदेशस्तरीय एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदलिनुपर्ने आवश्यकता देखिएको उल्लेख गरे । जेन जेड आन्दोलनले विगतमा आफूहरूले गरेको कामको समीक्षा गर्न दबाब बढाएको उनको भनाइ छ । 

हजारौँ जेन जेड युवाहरूले नेकपालाई अभिभावक मानेर पार्टी प्रवेश गरिरहेको उनले बताए । आफूहरू बदलिएर जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्दै प्रचण्डले विगतका कमजोरी सच्चाएर जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाए । 

माधव नेपालसँगको एकता हठात् वा अकस्मात् नभएको उनले बताए । नेकपाका सहसंयोजक माधव नेपालसँगको सहकार्य झण्डै ४० वर्ष पुरानो भएको उनले भने । 

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दर्जन बढी वामपन्थी घटकहरूबीच भएको एकताको बचाउ गर्दै प्रचण्डले माधव नेपालसँग विगतदेखि नै सहकार्य गर्दै आएको उल्लेख गरे । 

एकीकृत समाजवादी लगायतका घटकहरूसँग एउटा चुनाव जित्नका लागि मात्र एकता नगरेको जिकिर गर्दै उनले जेन जेड आन्दोलनपछि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता महसुस भएकाले एकताको कदम चालिएको बताए । 

प्रचण्डले भने, "आजको कुरा होइन, २०४१/०४२ सालतिर कमरेड माधवकुमार नेपाल र म लगायत धेरै पञ्चायतविरोधी आन्दोलनको बारेमा संवाद र सहकार्य गर्ने गर्थ्यौं । ०४२ सालदेखि ०४६ सालमा, अनि जनयुद्ध सुरु भएपछि पनि हामी लगातार संवादमा भइ नै राख्यौं ।"

माधव नेपालसँगको एकता अकस्मात् वा हठात् नभएको भन्दै बचाउ गर्दै उनले थपे, "संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको प्रक्रियामा पनि हामीले सहकार्य गर्यौं । हाम्रो संवाद, सहकार्य आजको होइन, केही महिना वा वर्ष अगाडिको मात्रै होइन, झण्डै ४०–४१ वर्ष अगाडिदेखि लगातार भएका सहकार्य, संवाद र आन्दोलनका बीचबाट एकताको एउटा नयाँ परिस्थिति सिर्जना भएको हो । हठात् भएको कसैलाई लागेको छ भने त्यो होइन ।"

केही घन्टाभित्र देश जल्ने अवस्था आउनेगरी देश कसरी कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने उनले जोड दिए । यस एकताले वामपन्थी शक्तिहरूको नयाँ ऊर्जा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending